बाँदर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बाँदर

बाँदर दुई खुट्टाले उभिएर हिँड्नसक्ने जंगलमा बस्ने हेर्दा मानिस जस्तै देखिने स्तनधारी जनावर हो। बाँदरहरू धेरै प्रजातीका हुन्छन्। ढेडु अथवा गुनी पनि एक बाँदरकै प्रजाती हो। बाँदर अरू जनावरहरू भन्दा धेरै बुद्धीमान भएको कुरा विज्ञानले पनि सिद्ध गरि सकेको छ। परापूर्व कालमा मान्छे पनि एक बाँदर नै हो। पछि आएर मान्छेले आफुलाई विकसीत बनाउदै ल्याएकाले मान्छे आज बाँदर भन्दा अलग प्राणी भयो। बाँदरले मानीसले गर्न सक्ने र मानिसले गर्न नसक्ने सबै काम गर्न सक्छ। बाँदरको आफ्नै भाषा हुन्छ यसले मान्छेको भाषा बोल्न सक्दैन। रामायणकालमा भगवान श्रीरामलाई बाँदरहरूले नै सीताको खोजीमा ठूलो साथ दिएको कथा उल्लेख छ। भगवान रामका बाँदर सेनाका सेनापती हनुमान थिए। रामायणको कथाहरूबाट यो थाह हुन आउछकी बाँदर र मान्छेको धेरै पुरानो इतिहास छ। बाँदर मिलनसार पनि हुन्छ र रिसालु पनि हुन्छ बाँदरलाई घरमा ल्याएर पालेमा बाँदरबाट धेरै काम लिन पनि सकिन्छ।

हेर्नुहोस्[सम्पादन गर्ने]