तिमिङ्गल
| ह्वेल | |
|---|---|
दक्षिणी राइट ह्वेल | |
| जानकारी | |
| सिटेसियाको वर्गीकरण
|
|
| ह्वेलका परिवारहरू |
|



तिमिङ्गल ठुला, समुन्द्री स्तनधारी जलचर हुन् । अन्य स्तनधारी जस्तै, यिनिहरू पनि वायुमण्डलबाट अक्सिजन लिने गर्छन्, केही मात्रामा रौं हुन्छन् र यिनिहरूको पनि तातो रगत हुन्छ।
मुख्यतया तिमिङ्गलहरू दुई प्रकारका हुन्छन् र यिनको लगभग १०० प्रजाती हुन्छ।[१] तिमिङ्गलहरू सिटेसिया इन्फ्राअडर अन्तर्गत पर्छन् जस अन्तर्गत डल्फिन र पर्पैजेज पनि पर्दछन्। सिटेसिया इन्फ्राअडर अन्तर्गतका दुई पार्भोअडरहरू माइस्टिसिटी (बेलिन तिमिङ्गल) र ओडन्टोसिटी (तुथेड तिमिङ्गल) लगभग ३ करोड ४० लाख वर्ष अघि तिर बिभजित भए। तिमिङ्गलहरू यी दुई पार्भोअडर अन्तर्गत ८ वटा परिवारमा विभाजित छन्, ती हुन; बेलैनोप्टेरिडी (रोरक्वायल), बेलैनिडी (राइट तिमिङ्गल), सिटोथेरिडी (पिग्मी राइट तिमिङ्गल), एस्क्रिक्टिडी (खैरो ह्वेल), मोनोडन्टिडी (बेलुगास र नरह्वेल्स), फाइसेटेरिडी ( स्पम तिमिङ्गल), कोजिडी (ड्वार्फ र पिग्मी स्पम तिमिङ्गल) र जिफिडी (बिकेड तिमिङ्गल) । तिमिङ्गलहरू आकारमा २.६ मिटर (८.५ फिट) र १३५ किलोग्राम (ड्वार्फ स्पम तिमिङ्गल) देखी २९.९ मिटर (९८ फिट) र १९० मेट्रिक टन (निलो तिमिङ्गल) सम्म हुन्छन्।
मानिसहरू "ह्वेल" शब्दलाई फरक फरक ढङ्गले प्रयोग गर्छन्। केहि मानिसहरू गुँज र पर्पैजेज(Porpoises) समेत सम्पुर्ण सिटेसियन (Cetacean)हरू लाई ह्वेल भन्छन्। यी मानिसहरूले गुँज र पर्पैजेज पनि तिमिङ्गल हुन भन्छन्,किनकि यिनिहरू पनि सिटासियन हुन् भने अरूले डल्फिन र पर्पैजेजलाई तिमिङ्गलसँग छुट्याउछन किनकि तिमिङ्गलहरू आकारमा ठुला हुन्छन्। वास्तवमा तिमिङ्गल र गुँजलाई छुट्याउने या नछुट्याउने भन्ने विषयमा स्पष्ट आधार छैन्।
धेरै देशहरूमा तिमिङ्गल मार्न नपाइने नियम छ। तर केही देशहरू जस्तैः आइसल्यान्ड, जापान मा यस्तो नियम छैन्। ह्वेलहरू मासु र तेलको लागि मारिन्छन्।
प्रजनन
[सम्पादन गर्नुहोस्]एउटा परिपक्व पोथी तिमिङ्गलले प्रत्येक २ वा ३ वर्षमा एउटा बच्चा जन्माउछन्। यिनिहरूको गर्भअबस्था लगभग १ वर्ष सम्म रहन्छ र बच्चाहरू १ वर्ष भन्दा बढी समयसम्म आमा सँगै रहन्छन्। तिमिङ्गलहरू ७ देखि १०वर्षको उमेरमा प्रजननको लागि परिपक्व हुन्छन्। यस्तो प्रकारको प्रजननबाट थोरै सन्तति त उत्पादन हुन्छन् तर मृत्युदर चाहिँ घट्छ। सिकारको प्रभावले गर्दा तिमिङ्गलहरूको जनसङ्ख्या वृद्धि बिस्तारै भइ रहेको छ।[२]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Mead, James G. and Brownell, Robert L. Jr. 2005. Order Cetacea (pp. 723-743). In Wilson, Don E. and Reeder, DeeAnn M. (eds) Mammal species of the world: a taxonomic and geographic reference. 3rd ed, Baltimore: Johns Hopkins University Press, 2 vols. ISBN 978-0-8018-8221-0. OCLC 62265494
- ↑ Blue Whale assessment and status report
अन्य वेबसाइट
[सम्पादन गर्नुहोस्]- ARKive - images and movies of whales, dolphins and porpoises अभिलेखिकरण २०१६-०४-२६ = Archive.today
- American Cetacean Society
- Scottish Cetacean Research & Rescue – some interesting things in Taxonomy
- Cetacea.org homepage अभिलेखिकरण २००८-०७-०३ वेब्याक मेसिन
- Walker's Mammals of the World Online - Cetaceans अभिलेखिकरण २००४-१०-११ वेब्याक मेसिन
- Whales, dolphins, porpoises and cetaceans forum अभिलेखिकरण २००८-१२-१० वेब्याक मेसिन

