चौँरी गाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चौंरीगाईबाट अनुप्रेषित)

चौंरी र याक फरक हुन, याकको लागि याक हेर्नुहोस।

चौंरी गाई गाइबस्तु लगायतका जनावरहरूको समुह बोभाईन (bovine) प्रजातिको लामो-लामो रौं हुने जनावर हो। पहाडी गाई र याकबीच गर्भधारण गराउँदा, अथवा पहाडी गोरुसँग नाकको प्रजनन भएर बसेको गर्भबाट चौंरीको जन्म हुन्छ तसर्थ यो याक वा नाक भन्दा भिन्न हो। चौंरी मुख्यत: दक्षिणी मध्य एसियाका देशहरू नेपाल, तिब्बतको पठार देखि उत्तरमा मंगोलिया तथा रुसका हिमाली प्रदेशमा पाईने गर्छ। चौंरी गाई धेरै संख्यामा घरपालुवा जनावरको रूपमा पाईएता पनि कम र असुरक्षित संख्यामा जंगली रूपमा पनि पाईने गर्छ। यसलाई मानिसहरूले मुख्यतया हिमाली क्षेत्रमा सामान ढुवानी तथा दुध उत्पादनको लागि पाल्ने गरेको पाइन्छ।

‍‍याक-चौंरी र अन्य शब्दहरू[सम्पादन गर्नुहोस्]

पहाडी गाई र याकबीच गर्भधारण गराउँदा, अथवा पहाडी बहरसित नाकको प्रजनन भएर बसेको गर्भबाट चौंरीको जन्म हुन्छ। चौंरी भन्दा धेरै नै ठूलो हुने भएकोले याक छुट्याउन कठिन् भने हुदैन। याक र स्थानीय गाइ जन्मने चौंरीलाई ‘उराङ' र पहाडी गोरुसँग नाकको सन्सर्गबाट जन्मने सन्तानलाई ‘डिम्जो' वा 'झोप्क्यो' भनिन्छ। डिम्जो त सामन्य चौरी जस्तै दूधालु हुन्छ्, तर झोप्क्यो (भाले) भने नपुंशक हुन्छ र भारी बोक्न काम लाग्छ। सजिलोको लागि, सबै माथि भनिएका ठिमाहा पोथीहरू चौंरी हुन।