हात्ती
हात्ती | |
---|---|
![]() | |
अफ्रिकी हात्ती | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: |
हात्ती विशाल शरीर भएको स्तनधारी जनावर हो। हाल विश्वमा अफ्रिकी झाडीमा पाइने हात्ती, अफ्रिकी जङ्गलमा पाइने हात्ती र एसियाली हात्ती (भारतीय हात्ती, श्रीलङ्काली हात्ती) गरी तीन प्रकारका हात्तीहरू अस्तित्वमा रहेका छन्। हात्तीका यी तीन प्रजातिहरू बाहेक अरु सबै प्रजाति तथा वर्गहरू पृथ्वीबाट लोप भइसकेका छन्। प्राचिन कालमा हिउपर्ने क्षेत्रहरूमा पाइने विशाल हिम हात्तीहरू हिम युगको अन्त्यसगै लोप भएका थिए। तर यीनीहरू जस्तै देखिने साना हिम हात्तीहरू सन् २००० बीसीको अन्त्य सम्मपनि अस्तित्वमा रहेको अध्ययनहरूले पुष्टी गरेको छ।
हाल अस्तित्वमा रहेका जमीनमा पाइने जनावरहरू मध्ये हात्ती सबैभन्दा ठूलो जनावर हो। हात्तीहरूको गर्भधारण अवधि २२ महिनाको हुन्छ, यो अवधि जमीनमा पाइने अन्य सबै जनावरको भन्दा धेरै हो। साधारणतया एउटा हात्तीको छावा जन्मदाकै अवस्थामा १२० किलोग्राम (२६० पाउन्ड) तौल भएको हुन्छ। हत्तीहरूको औशत आयू ५० देखि ७० वर्षको हुन्छ, तर अहिलेसम्मको अभिलेख अनुसार हात्ती ८२ वर्षसम्म पनि बचेको पाइएको छ। त्यस्तै अहिलेसम्म पाइएको मध्ये सबैभन्दा ठूलो हात्ती सन् १९५६मा अंगोलामा मारिएको थियो। अन्य अफ्रिकन हात्तीहरू भन्दा करिब १ मिटर अग्लो उक्त भाले हात्तीको तौल २४,००० पाउन्ड (११००० किलोग्राम), उचाइ ३.९६ मिटर (१३ फिट) थियो। यीनीहरू स्मरणशक्ति र बुद्धिका लागि प्रसिद्ध छन्, हात्तीहरूको बुद्धि प्रागऐतिहासिक मानव, ह्वेल र डल्फिन बराबर भएको विश्वास गरिन्छ। यतिञ्जेल सम्मका अध्ययनहरू अनुसार, स्वस्थ वयस्क हात्तीको कुनै प्राकृतिक शिकारिहरू छैनन् तर सिंहले हात्तीका छावाहरू र कमजोर हात्तीहरूलाई शिकार गर्न सक्छ। यसका अलावा मानव घुसपैठ र अवैध शिकारले यिनीहरूलाई सङ्कटमा पारेको छ।
स्वरूप[सम्पादन गर्नुहोस्]
वासस्थान[सम्पादन गर्नुहोस्]
वर्गिकरण[सम्पादन गर्नुहोस्]
हात्तीका प्रजातिहरू[सम्पादन गर्नुहोस्]
चित्र दीर्घा[सम्पादन गर्नुहोस्]
-
अफ्रिकन हात्ती
-
-
-
-
-
एशियन हात्ती

