श्रीलङ्काली हात्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्रीलङ्काली हात्ती
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
गण: Proboscidea
परिवार: Elephantidae
वंश: Elephas
प्रजाति:
उपप्रजाति:
E. m. maximus
त्रिपद नाम
Elephas maximus maximus
कार्ल लिनियस, सन् १७५७
श्रीलङ्काली हात्तीको बासस्थान दायरा

श्रीलङ्काली हात्ती एसियाली हात्तीको तीन प्राप्त उप-प्रजाति मध्ये एक हो जुन श्रीलङ्कामा बसोबास गर्छ। यस प्रजातिको हात्तीको सङ्ख्या अघिल्लो तीन पुस्ता देखि ५०% ले घटेका कारण सन् १९८६ मा यस प्रजातिको हात्तीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घद्वारा सङ्कटापन्न वन्य जन्तुको सूचीमा सूचीकृत गरिएको थियो। यी हात्तीहरू मुख्य रूपमा वासस्थान गुमाउने, सिकारी र विखण्डनको खतरामा रहेका छन्। [१]

यस प्रजातिको हात्ती एसियाली उप-प्रजाति अन्तर्गत पर्दछ जसलाई पहिलोपटक सन् १९५८ मा स्विडेनका जीव वैज्ञानिक कार्ल लिनियसले वर्णन गरेका थिए। श्रीलङ्काली हात्ती हाल श्रीलङ्काको उत्तर, पूर्व र दक्षिण पूर्वमा सुख्खा क्षेत्रमा बसोबास गर्छन्। यी हात्तीहरू उडावालवी राष्ट्रिय निकुञ्ज, याला राष्ट्रिय निकुञ्ज, लुनुगामवेरा राष्ट्रिय निकुञ्ज, विल्पट्टु राष्ट्रिय निकुञ्ज र मिननेरिया राष्ट्रिय निकुञ्जमा रहेका छन् भने यस प्रजातिका हात्तीहरू निकुञ्ज क्षेत्र बाहिर पनि बसोबास गर्छन्।[२] एसियाको श्रीलङ्कामा हात्तीहरूको सबैभन्दा अधिक घनत्व रहेको अनुमान गरिएको छ। हात्तीको बसोबास बस्तीहरू स्थायी खेतीमा रूपान्तरणको कारण मानव-हात्तीबीच सङ्घर्ष बढ्दो छ।[३]

शारीरिक विवरण[सम्पादन गर्नुहोस्]

सामान्यतया एसियाली हात्ती अफ्रिकी हात्तीभन्दा साना प्रजातिका हात्ती हुन्। यस हात्तीको टाउकोको भागमा थुप्रै मात्रामा धब्बाहरू हुन्छन्।[४] यस हात्तीको सुँडको माथिल्लो भागमा एक धब्बा हुन्छ। यस प्रजातिको हात्तीको भाले जातिको तुलनामा पोथी जाति साना हुन्छन्।

श्रीलङ्काली हात्ती २ देखि ३.५ मिटर (६.६ देखि ११.५ फिट) को हुन्छ र काँधको उचाइसम्म पहुँच हुने हात्तीमध्ये सबैभन्दा ठूलो उप-प्रजाति हो। यस हात्तीको तौल २,००० देखि ५,५०० किलोग्राम (४,४०० देखि १२,१०० पाउन्ड) हुन्छ भने यसको १९ जोडी करङहरू हुन्छन्। कान, टाउको, सुँड र पेटमा ठूलो र अधिक धब्बाहरूसँगै यस हात्तीको छालाको रङ खैरो हुन्छ।[५] यस प्रजातिको हात्तीको भाले जातिको ७% हात्तीहरूमा मात्र लामो दारा हुने गरेको छ।

सन् २०१३ जुलाईमा पुड्के श्रीलङ्काली हात्ती उदावालावे राष्ट्रिय निकुञ्जमा देखिएको थियो जसको कुल उचाइ मात्र १.५ मिटर (५ फिट) थियो।[६]

वितरण र बासस्थान[सम्पादन गर्नुहोस्]

श्रीलङ्काली हात्ती मुख्यतया श्रीलङ्काको सुख्खा क्षेत्रको तल्लो भूभागमा आफ्नो बासस्थान दायरा बनाइ बस्ने गर्छ जहाँ यी हात्तीहरू उत्तर, दक्षिण, पूर्व, उत्तर-पश्चिमी, उत्तर-मध्य र दक्षिण-पूर्वी श्रीलङ्कामा अधिक मात्रामा भेटिन्छन्। [७] यी हात्तीहरूको बासस्थान दायरा केही क्षेत्रहरूमा ५० किलोमिटरभन्दा कम रहेको छ जुन यी हात्तीहरूको लागि पर्याप्त रहेको छैन। [८]

पूर्व सीमाक्षेत्र[सम्पादन गर्नुहोस्]

ऐतिहासिक रूपमा यस प्रजातिका हात्तीहरू समुद्री सतहदेखि सबैभन्दा अग्लो पर्वत शृङ्खलाहरूमा व्यापक रूपमा वितरण भएको थियो। यी हात्तीहरू सुख्खा क्षेत्रमा तल्लो भूभाग देखि ओसिलो क्षेत्रका साथै भिजेको जङ्गलहरूमा पनि बसोबास गर्ने गर्थे। सन् १५०५ देखि सन् १९४८ सम्म औपनिवेशिक अवधिमा ओसिलो क्षेत्रलाई व्यावसायिक रूपमा प्रयोग गरी यी क्षेत्रहरूलाई मानव बस्तीको रूपमा परिणत गरिएको थियो।[९] सन्‌ १८३० सम्म हात्तीहरू यति धेरै थिए कि तिनीहरूको विनाशलाई सरकारले प्रोत्साहन गर्दै हात्तीको सिकार गर्नेहरूलाई सरकारले नगद दिन सुरु गरेको थियो। १९औँ शताब्दीको उत्तरार्धमा, मोन्टेन क्षेत्रका जङ्गलहरूमा ठूलो मात्रामा कफीचिया खेती गर्न वन विनास गरिएको थियो। पछि पहाडमा हात्तीको सङ्ख्या उन्मूलन गरिएको थियो। बेलायती शासनको क्रममा धेरै हात्तीहरूलाई सिकारीहरूले मारेका थिए। बेलायती सेनाका एक जना मेजरले १५०० भन्दा बढी हात्तीहरू मारेकोमा सम्मान र पुरस्कार दिइएको थियो भने दुई जनाले आधा सङ्ख्यामा हात्तीको सिकार गरेका कारण ख्यातिप्राप्त गरेका थिए।[१०] अन्य धेरै रोमाञ्चकारीहरूले यसै अवधिमा लगभग २५०-३०० जनावरहरूको सिकार गरेका थिए। सन् १८२९ देखि सन् १८५५ बीचमा बेलायती शासकको निर्देशनमा ६,००० भन्दा बढी हात्तीहरू समातिए र मारिएका थिए।

२०औँ शताब्दीको सुरुवात तिर हात्तीहरू अझै टापुको धेरै भागमा वितरण भएका थिए। रुहुना राष्ट्रिय निकुञ्जको नामले चिनिने क्षेत्र रेसिडेन्ट स्पोर्ट्सम्यान हात्ती सिकार केन्द्र बनेको थियो जुन तात्कालिक समयमा बेलायतका बासिन्दाहरूको मनोरञ्जनको लागि आरक्षित क्षेत्र थियो।[११]

जनसङ्ख्या प्रवृत्ति[सम्पादन गर्नुहोस्]

श्रीलङ्कामा जङ्गली हात्तीको जनसङ्ख्याको आकार निम्नानुसार रहेको अनुमान गरिएको थियो:

  • १९औँ शताब्दीको सुरुमा १२,००० देखि १४,०००;[११]
  • २०औँ शताब्दीको सुरुमा १०,०००;[१२]
  • सन् १९२० को आसपासमा ७,००० देखि ८,०००;
  • सन् १९६९ मा १,७४५ र २,४५५ को बीचमा;[१३]
  • सन् १९८७ मा २,५०० र ३,४३५ को बीचमा;[१३]
  • जुन १९९३ मा १,९६७ जुन पाँच क्षेत्रहरूमा खण्डित भएको थियो;[१४]
  • सन् २००० मा ३,१५० र ४,४०० को बीचमा;[१५]
  • सन् २००६ मा ३,१५०;
  • सन् २००७ मा २,९००-३,०००;
  • सन् २०११ मा ५,८७९, सुख्खा मौसममा पानीको स्रोतनजिक हात्तीहरू गणनाको आधारमा।[३]

व्यवहार[सम्पादन गर्नुहोस्]

हात्तीहरूलाई शाकाहारीको रूपमा वर्गीकृत गरिएको छ भने हात्तीले प्रति दिन १५० किलोग्राम (३०३ पाउन्ड) बोटबिरुवाका खाद्य पदार्थ खाने गर्दछ। सामान्य रूपमा यी हात्तीहरूले विभिन्न किसिमका खाद्य बोटहरू खाने गर्दछन्।[१६] श्रीलङ्काको उत्तरपश्चिम क्षेत्रमा सन् १९९८ जनवरीदेखि सन् १९९९ डिसेम्बरसम्म हात्तीहरूको भोजन व्यवहार अवलोकन गरिएको थियो। अध्ययन अनुसार हात्तीहरूले २७ प्रजातिहरूको ३५ वर्गको ११६ किसिमका बोटबिरुवाहरू खाने गरेको देखिएको थियो।[१७][१८] आधा भन्दा बढि बोटबिरुवाहरू गैर रूख प्रजातिहरू हुन् जसमा झाडी, जडीबुटी, घाँस वा लहराहरू पर्दछन्।

यस प्रजातिका हात्तीको पोथी जाति र छावाहरू सामान्यतया साना हुन्छन्। सबै एसियाली हात्तीहरू जस्तै श्रीलङ्काका उप-प्रजातिहरू दृश्य, ध्वनिक र रासायनिक सङ्केतहरूको प्रयोग गरेर सञ्चार गर्दछ। यस प्रजातिको हात्तीको कम्तिमा १४ विभिन्न ध्वनी र ध्वनिक सङ्केतहरू वर्णन गरिएको छ।[१९]

खतरा[सम्पादन गर्नुहोस्]

श्रीलङ्कामा सशस्त्र द्वन्द्वको क्रममा हात्तीहरू जमिनमा गाडिएका बमहरू तथा विष्फोटक पदार्थहरू विष्फोट हुँदा मरेका थिए। सन् १९९० देखि सन् १९९४ सम्म श्रीलङ्काली जङ्गल हात्तीहरू गोली हानेर तथा विष्फोटक पदार्थ विष्फोट भएर २६१ हात्तीहरू मारिएका थिए। धेरै हात्तीहरू सेनाले बनाएको पासोमा परि लङ्गडो भएका थिए।

हाल श्रीलङ्कामा हात्तीको दाराका लागि सिकार गर्ने दुर्लभतालाई विचार गर्दा, हस्तिहाडको लागि सिकार गर्नु ठूलो खतरा होइन। यद्यपि, हस्तिहाडमा केही व्यापार अझै जारी छ। क्यान्डी सहरलाई त्यस्तो अवैध व्यापारको लागि केन्द्रको रूपमा पहिचान गरिएको थियो। हात्तीहरूलाई सबैभन्दा ठूलो खतरा मानव जातिको जनसङ्ख्या वृद्धि र त्यसको आपूर्तिका लागि जमिनको माग हो जसका कारण वन विनाश गरिन्छ। मानव विकासले हात्तीको बासस्थान दायराको महत्त्वपूर्ण विस्तारको नोक्सान हाल जारी छ साथै सिँचाइ र विकास परियोजनाहरूले हात्तीको बासस्थान दायरा सिँचित कृषि र बस्तीमा रूपान्तरण गर्न अग्रसर गर्दछ।[२०]

सन् १९९९ देखि सन् २००६ को अन्त्यको बीचमा हरेक वर्ष करीव १०० जङ्गली हात्तीहरू सिकार भएका थिए। हात्तीहरूले बालीनाली र घरहरूमा क्षति पुर्‍याउने हुँदा यिनलाई घरहरू र बालीनाली सुरक्षित राख्न सिकार गरिएका थिए। यी हात्तीका अन्य खतराहरू सिकारी, वन फँडानी, खडेरी र भोकमरी हो। खडेरी मौसममा धेरै हात्तीहरूले आहारका लागि कृषि जमिनमा क्षति पुर्‍याउँछन्। उत्तर पश्चिमी श्रीलङ्कामा करीव ८० हात्तीहरू मारिएका थिए, दक्षिण र पूर्वमा ५० र अन्य देशका अन्य भागहरूमा सन् २००६ मा मात्र १६० हात्तीको मृत्यु भएको थियो।

संरक्षण[सम्पादन गर्नुहोस्]

वन्यजन्तु संरक्षण विभागको हात्ती संरक्षण रणनीति भनेको सम्भव भएसम्म उपयुक्त वासस्थानको दायरामा धेरै व्यावहारिक जनसङ्ख्याको संरक्षण गर्नु हो।

केगलेको पिन्नावाला हात्ती हेरचाक केन्द्रमा घाइते हात्तीहरूको उपचार गरिन्छ भने माउ नभएका छावाहरूलाई राम्रो हेरचाह दिइन्छ। यहाँ करीव ७० हात्तीहरू बस्छन् भने यहाँ प्रजनन स्थलको पनि निर्माण गरिएको छ। यो केन्द्रलाई सन् १९७५ मा स्थापना गरिएको थियो।

उदावलावे राष्ट्रिय निकुञ्जको उडावाला हात्ती हेरचाह केन्द्र एक पुनर्वास केन्द्र हो जहाँ अनाथ हात्तीका छावाहरूलाई वनमा छोड्न उपयुक्त नहुँदा सम्म हेरचाह गरिन्छ। यो केन्द्रलाई सन् १९९५ मा स्थापना गरिएको थियो।

संस्कृतिमा हात्ती[सम्पादन गर्नुहोस्]

सिन्हालीश्रीलङ्काली तमिलहरूको वंशावली चिह्नको रूपमा हात्तीहरू दुई हजार वा सो भन्दा बढी समयदेखि एउटा साझा तत्त्व रहिआएको छ र यो बेलायती औपनिवेशिक शासनमा पनि प्रचलित थियो। श्रीलङ्कामा सन् १८७५ देखि सन् १९४८ सम्म निसाना छाप र सरकारी झण्डाहरूमा हात्ती समावेश थियो र आज पनि धेरै श्रीलङ्काली संस्थाहरूले हात्तीलाई आफ्नो निसाना छाप र झण्डाहरूमा प्रयोग गर्छन्।

हात्ती र मानवबिच दुई हजार वर्षभन्दा बढि समयदेखि महत्त्वपूर्ण सांस्कृतिक सहजीवनको निरन्तरता रहेको छ - कुनै धार्मिक अनुष्ठान, पूजा तथा महोत्सवमा हात्तीलाई सम्मिलित नगरी पूरा भएको ठहर गरिन्थिएन। श्रीलङ्कामा ठूला बौद्ध स्तुप र हिन्दू मन्दिरहरूको आफ्नै हात्ती थियो।

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Choudhury, A.; Lahiri Choudhury, D.K.; Desai, A.; Duckworth, J.W.; Easa, P.S.; Johnsingh, A.J.T.; Fernando, P.; Hedges, S.; Gunawardena, M.; Kurt, F. (२००८), "Elephas maximus", The IUCN Red List of Threatened Species 2008: e.T७१४०A१२८२८८१३, डिओआई:10.2305/IUCN.UK.2008.RLTS.T7140A12828813.en 
  2. Linnaei, C. (1760) Elephas maximus In: Caroli Linnæi Systema naturæ per regna tria naturæ, secundum classes, ordines, genera, species, cum characteribus, differentiis, synonymis, locis. Tomus I. Halae Magdeburgicae. Page 33
  3. ३.० ३.१ Fernando, P., Jayewardene, J. Prasad, T., Hendavitharana, W. Pastorini, J. (2011). Current Status of Asian Elephants in Sri Lanka. Gajah 35: 93–103.
  4. Shoshani, J. (२००६), "Taxonomy, Classification, and Evolution of Elephants", in Fowler, M. E.; Mikota, S. K., Biology, medicine, and surgery of elephants, Wiley-Blackwell, पृ: 3–14, आइएसबिएन 0813806763 
  5. Jayewardene, J. (१९९४), The elephant in Sri Lanka, Colombo: Wildlife Heritage Trust of Sri Lanka। 
  6. "A Dwarf Elephant With Outsized Attitude", WBUR's The Wild Life (अङ्ग्रेजीमा), २०१४-१२-२२, अन्तिम पहुँच २०१९-०४-०६ 
  7. Santiapillai, C., Fernando, P., Gunewardene, M. (2006) A strategy for the conservation of the Asian elephant in Sri Lanka. Gajah: Journal of the IUCN/SSC Asian Elephant Specialist Group. Number 25: 91–102
  8. Jayewardene, J. (२०१२), "Elephants in Sri Lankan History and Culture", Living Heritage Trust, अन्तिम पहुँच २०१२-०८-०२ 
  9. Sukumar, R. (1993). The Asian Elephant: Ecology and Management Second edition. Cambridge University Press. आइएसबिएन ०५२१४३७५८X
  10. Katugaha, H. I. E. (1997). Tuskers of Ruhuna National Park, Sri Lanka. Gajah: Journal of the IUCN/SSC Asian Elephant Specialist Group. Number 18: 67–68
  11. ११.० ११.१ "Elephants in Sri Lanka", eleaid, अन्तिम पहुँच २९ अगस्ट २०१५ 
  12. Wanigasundara, M. (१९९१), "Sri Lanka - Elephants slaughtered in civil war", Gajah 6: 16–17। 
  13. १३.० १३.१ Kotagama, S. (१९९१), "Sri Lanka - Enhancing the survival of elephants", Gajah 6: २४। 
  14. Hendavitharana, W.; Dissanayake, S.; de Silva, M.; Santiapillai, C. (१९९४), "The Survey of elephants in Sri Lanka", Gajah 12 (1–30)। 
  15. Kemf, E.; Santiapillai, C. (२०००), Asian elephants in the wild, Gland, Switzerland: WWF। ढाँचा:Pn
  16. Samansiri, K. A. P., Weerakoon, D. K. (२००७), "Feeding Behaviour of Asian Elephants in the Northwestern Region of Sri Lanka", Gajah: Journal of the IUCN/SSC Asian Elephant Specialist Group (2): 27–34। 
  17. de Silva, Shermin; Wittemyer, George (२०१२), "A Comparison of Social Organization in Asian Elephants and African Savannah Elephants", International Journal of Primatology 33 (5): 1125–1141, आइएसएसएन 0164-0291, डिओआई:10.1007/s10764-011-9564-1 
  18. de Silva, Shermin; Ranjeewa, Ashoka D. G.; Kryazhimskiy, Sergey (२०११), "The dynamics of social networks among female Asian elephants", BMC Ecology 11: 17, आइएसएसएन 1472-6785, डिओआई:10.1186/1472-6785-11-17, पिएमआइडी 21794147, पिएमसी 3199741 
  19. de Silva, Shermin (२०१०), "Acoustic communication in the Asian elephant, Elephas maximus maximus", Behaviour 147 (7): 825–852, आइएसएसएन 1568-539X, डिओआई:10.1163/000579510X495762 
  20. Alahakoon, J., Santiapillai, C. (1997). Elephants: Unwitting victims in Sri Lanka's civil war. Gajah: Journal of the IUCN/SSC Asian Elephant Specialist Group. Number 18: 63–65

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]