क्यान्डी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

"क्यान्डी" लेख यहाँ रिडाइरेक्ट हुन्छ। कृपया लेखको अरू उपयोगका लागि क्यान्डी (स्पष्टता) हेर्नुहोला।

क्यान्डी
මහ නුවර
கண்டி
—  शहर  —
Kandy lake.jpg



क्यान्डी is located in Sri Lanka
क्यान्डी
क्यान्डी
निर्देशाङ्क: ७°१७′४७″ उत्तर ८०°३८′६″ पूर्व / ७.२९६३९° उत्तर ८०.६३५००° पूर्व / 7.29639; 80.63500निर्देशाङ्क: ७°१७′४७″ उत्तर ८०°३८′६″ पूर्व / ७.२९६३९° उत्तर ८०.६३५००° पूर्व / 7.29639; 80.63500
देश Flag of Sri Lanka.svg श्रीलङ्का
प्रदेश मध्य प्रदेश
जिल्ला क्यान्डी
क्यान्डी नगरपालिका निगम १८६५
सरकार
 - प्रकार नगरपालिका निगम
 - अङ्ग क्यान्डी नगरपालिका निगम
 - मेयर महिन रवाट्टी
क्षेत्रफल
 - जम्मा १,९४० किमी (७४९ वर्ग मी)
 - जमीन १,९१७ किमी (७४०.२ वर्ग मी)
 - पानी २३ किमी (८.९ वर्ग मी)
अवनति ५०० मि (१,६४० फिट)
जनसङ्ख्या (२००१)
 - जम्मा ११०,०४९
 जनघनत्व ५६.७/किमी (१४६.९/वर्ग मी)
मूलबासी नाम Kandyan
समय क्षेत्र श्रीलङ्का समय (युटिसी+०५:३०)
वेबसाइट kandycity.org

क्यान्डी (सिन्हाला: මහ නුවර Maha Nuvara, pronounced [mahaˈnuʋərə]; तमिल: கண்டி kaṇṭi, pronounced [ˈkaɳɖi] श्रीलङ्काको मध्य भागमा अवस्थित सहर हो । यो शहर कोलम्बोबाट १ सय १५ किलोमिटर टाढा तथा समुद्री सतहदेखि ४ सय ६५ मिटर उचाइमा छ । यो श्रीलङ्काको पुरानो केन्द्रीय राजधानी हो। यसको वास्तविक नाम महा नुवारा अर्थात् महाननगर हो। चौधौं शताब्दीमा स्थापना भएको यो सहरका पुराना महलहरूमा औपनिवेशिक झलक देख्न पाइन्छ। यो सहरको डाल्दा मालिगावा ( टेम्पल अफ टुथ) विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ। यहाँ गौतम बुद्धको एउटा दाँत राखिएको विश्वास गरिन्छ। प्रत्येक वर्ष जुलाई-अगस्टमा यहाँ आयोजना हुने क्यान्डी पेराहेरा कार्यक्रममा उक्त दाँत मानिसहरूको दर्शनका लागि निकालिन्छ। कार्यक्रमका क्रममा बजाइने बाजा, नृत्य एवं हात्तीहरूको लस्कर विश्वभर परिचित छ । यो सहरमा हेर्नलायक थुप्रै कुरा छन । यात्राको सुरुवात टेम्पल अफ टुथबाट सुरु गर्न सकिन्छ जुन विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ । यहाँ गौतम बुद्धको एउटा दाँत राखिएको छ । प्रत्येक वर्ष जुलाई-अगस्टमा यहाँ आयोजना हुने क्यान्डी पेराहेरा कार्यक्रममा उक्त दाँत मानिसहरूको दर्शनका लागि निकालिन्छ । कार्यक्रमका क्रममा बजाइने बाजा, नृत्य एवं हात्तीहरूको लस्कर विश्वभर परिचित छ । मन्दिरसँगै रहेको महलको एक भागमा पुरातन संग्रहालय बनाइएको छ । टेम्पल टुथको नजीकै क्यान्डी ताल छ । क्यान्डीलाई राम्रोसँग हेर्न भ्यु टावर जानुपर्छ । यहाँ प्राकृतिक सुन्दरताका साथै मनैदेखि शान्ति महसुस हुन्छ । क्यान्डीमा बेलुकीको समयमा संचालन हुने कल्चरल शो हेर्न छुटाउनु हुँदैन जसको सुरुवात पाँच वटा फरक-फरक बाजाबाट सुरु हुन्छ । गुरूलाई समर्पण गरिएको कोब्रा डान्ससँगै अन्त्य हुने यो कार्यक्रममा रोमाञ्चकारी आगोको खेल पनि देखाइन्छ । यसमा कलाकारहरूले कोइलामा हिँड्ने र बलिरहेको अगुल्टो शरीरमा लगाउने खेल पनि देखाउँछन् । पत्थरप्रेमी माइनिङ वर्कसप हेर्न बिर्सनु हुँदैन । दम्बुलाको गुफा मन्दिर पनि दर्शनयोग्य छ जुन पौराणिक अजन्ता अलोराको समयको मानिन्छ । यो गुफालाई भगवान् बुद्धको जीवन्त मूर्तिद्वारा सजीव बनाइएको छ । क्यान्डीबाट कोलम्बो जाने बाटोबाट बाहिर निस्कनासाथ पिरदेनिया बोटानिकल बगैंचा छ । १ सय ४७ हेक्टरमा फैलिएको यो बगैंचामा ४ हजारभन्दा बढी प्रजातिका रुख-बिरुवा छन । त्यहाँको बम्बु संग्रहालय वर्णनयोग्य छ । एलिफेन्ट आर्फनेजमा हात्तीले बोतलबाट दूध पिएको, खाना खाएको र पानीमा पौडिएको दृश्य हेर्न सकिन्छ । क्रिकेट स्टेडियम पनि पर्यटकका लागि लोकपि्रय छ ।

इतिहास[सम्पादन गर्ने]

ऐतिहासिक रेकर्डहरू तथा पुराना विवरणहरूका अनुसार यस क्यान्दी सहरमा पहिले सन् १३५७ देखि १३७४ सम्म भीकरमबहु तृतीयले राज्य गर्दथे । त्यतिबेलाको त्यो राज्यलाई गम्पोला भनिने गर्दथ्यो भने त्यतिबेला यो सहरलाई सेन्कदगालपुर भन्ने गरिन्थ्यो ।

भूगोल[सम्पादन गर्ने]

अर्थतन्त्र[सम्पादन गर्ने]

यातायात[सम्पादन गर्ने]

स्वास्थ सुरक्षा[सम्पादन गर्ने]

यो सहरमा रहेको टिचिङ् हस्पिटल, क्यान्दी श्रीलङ्काकै दोस्रो ठूलो औषधालयीक संस्था हो । यो मेडिकल संस्था श्रीलङ्काको सरकारी मान्यतामा आधारित रहेर सरकारी स्वामित्वमा रहने गरीकन स्थापना वा संचालन भएको थियो ।[१]

खेलकुद[सम्पादन गर्ने]

क्यान्दी सहरमा जन्मेका विभिन्न चर्चित खेलाडीहरूले विभिन्न खेलहरू जस्तैः क्रिकेट, फुटबल, रग्वी, पौडी, एथलेटिक्स, गल्फ, हक्की, बक्सिङ तथा बास्केटबल जस्ता खेलहरूमा अनेक किर्तिमहरू राखेका छन् । यो सहरकाले श्रीलङ्काका अन्तर्राष्ट्रिय क्रिकेट टोलीका समेत कप्तान उत्पादन गरेको छ । यस्तै श्रीलङ्काको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट छाप छाड्ने खेलाडीहरू पनि यो सहरमा जन्मिएका छन् । यो सहरको प्रमुख खेलका रूपमा भने क्रिकेट, रग्वी तथा एथलेटिक्सलाई लिन सकिन्छ ।

श्रीलङ्कामा रग्वीको त्यत प्रसिद्धिता नरहे पनि यो क्षेत्रमा रग्वी खेल निकै चर्चित तथा प्रसिद्ध रहेको छ । किनभने यो सहरमा रहेको स्थानीय रग्वी युनियन क्लब क्यान्दी स्पोर्ट्स क्लब (रग्वी)ले यस क्षेत्रको क्षेत्रीय रग्वी च्याम्पियनसिपमा राष्ट्रिय स्तरीय पर्दशनी गर्ने गर्दछ ।यो सहरमा अन्तर्राष्ट्रिय स्तरको सिङ्गर श्रीलङ्का एअरलाइन्स रग्वी ७ नामक रग्वी प्रतियोगिता हुने गर्छ । जुन रग्वी युनियन प्रतियोगिता विश्व स्तरीय चर्चित रहेको छ ।[२]

क्यान्दी सहरमा विभिन्न खाले तीनवटा फर्स्ट क्लासका क्रिकेट टिम तथा क्लबहरू रहेका छन् । सरसेन्स स्पोर्ट्स क्लब, क्यान्दी क्रिकेट क्लब, क्यान्दी युथ क्रिकेट क्लब यो सहरका प्रमुख तीन क्रिकेट क्लबहरू अन्तर्गत प्रदछन् । यो सहरमा प्रिमियर ट्रफि क्रिकेट प्रतियोगिता चर्चित रहेको छ । हक्की तथा भलिबल खेललाई श्रीलङ्काको राष्ट्रिय खेलकुदका रूपमा लिने गरिन्छ । तर हक्की तथा भलिबलकै दाजोमा यो क्यान्दी सहरका फुटबल खेल पनि उत्तिकै प्रसिद्ध रहेको छ ।

पर्यटकिय स्थल[सम्पादन गर्ने]

  • टेम्पल अफ टुथ :-यसलाई डाल्दा मालिगावाका नामले पनि चिनिन्छ । भगवान् बुद्धको दाँत रहेकाले पनि उक्त स्थान बौद्ध धर्मावलम्वीहरूका लागि अत्यन्त पवित्र मानिन्छ । यो मन्दिर सत्रौं शताब्दीमा निर्माण गरिएको हो । भर्खरै त्यहाँ सुनको छाता थपिएको छ । यो मन्दिरमा दैनिक बिहान, दिउँसो र बेलुकी पूजाआजा हुन्छ ।
  • गाडाल डेनिया मन्दिर :- यो मन्दिर सन् १३४४मा बनेको हो । मन्दिर सहरबाट १५ किलोमिटर टाढा अग्लो स्थानमा छ । द्रबिडियन कलाले सजिएको यो मन्दिरले मुख्यतः गाउँले परिवेशको झझल्को दिन्छ ।
  • पेराडेनिया बगैंचा :- प्रकृतिप्रेमीहरूलाई आनन्द प्रदान गर्ने यो प्राकृतिक बगैंचा चौधौं सताब्दीमा राजा विक्रमा बहु तेस्रोको पालामा निर्माण गरिएको थियो । त्यहाँको मुख्य आकर्षण सुनगाभा घर हो जहाँ ३ सयभन्दा विभिन्न प्रजातिका सुनगाभा छन । त्यहाँ मसलाका रुखको बगैंचा पनि छ जसबाट रुखहरूको जानकारीका साथै ती मसलाका रुखबाट आयुर्वेदिक औषधि निर्माण हुने कुराको जानकारी पनि पाउन सकिन्छ ।
  • एम्बिक मन्दिर :- चौधौं शताब्दीमा भगवान् कतरगामालाई समर्पण गर्दै निर्माण गरिएको यो मन्दिर काष्ठकलाको नमुना नै हो । पूर्णरूपमा काठबाट बनाइएका घरहरूमा नर्तक, संगीत, कुस्ती, पौराणिक जनावर एवं चराका चित्र कुँदिएका छन । नजीकै प्राचीन आराम घर छ जुन ढुंगा छापिएका स्तम्भहरूले निर्माण गरिएका छन ।
  • लन्काटिकला मन्दिर :- लन्काटिकला मन्दिर चौधौं शताब्दीमा निर्माण भएको हो । यो अग्लो ढुंगामा बनाइएको छ । यसलाई पान्हाल्गला पनि भनिन्छ । यो मन्दिरबाट वरिपरि रहेका मनोरम पहाडहरू, विभिन्न प्रजातिका बिरुवा एवं धान खेतको दृश्य हेर्न सकिन्छ ।
  • क्नुकल पहाड :- क्नुकल पहाड शृंखला नब्बे स्क्वायर माइलमा फैलिएको छ । यो माउन्टेनमा ३ हजार फिटभन्दा अग्ला ३५ वटा चुचुरा छन। यो पहाड दुम्बारा उपत्यकाभन्दा माथि छुट्टै छ । यो बिरुवा र जनावरले सम्पन्न ठाउँ हो ।
  • हन्थाना पहाड :- हन्थाना पहाडले क्यान्डीलाई बाहिरबाट पूरै ढाकेको छ । यो नदी एवं खोलानालाको स्रोत पनि हो । हन्थाना पहाड पदयात्रा गर्नेहरूका लागि उपयुक्त गन्तव्य हो ।
  • उडावाटे केले :- उडावाटे केले पहिलो पुरानो जंगल हो जुन डलडा मालिगावामाथि छ । यसलाई राजा क्यान्डीको हराएको जंगल पनि भनिन्छ । यहाँ विभिन्न खालका रुख छन् जसमा पंखा बनाउने रुख, मसला, ओलिभ, पाम, सुपारी एवं मारा आदिका रुख प्रमुख मानिन्छन ।
  • डाल्दा मालिगावा :- भगवान् बुद्धको दाँत रहेकाले पनि उक्त स्थान बौद्ध धर्मावलम्वीहरूका लागि अत्यन्त पवित्र मानिन्छ। यो मन्दिर सत्रौं शताब्दीमा निर्माण गरिएको हो। भर्खरै त्यहाँ सुनको छाता थपिएको छ। यो मन्दिरमा दैनिक बिहान, दिउँसो र बेलुकी पूजाआजा हुन्छ।
  • गाडाल डेनिया मन्दिर :- यो मन्दिर सन् १३४४मा बनेको हो। मन्दिर सहरबाट १५ किलोमिटर टाढा अग्लो स्थानमा छ। द्रबिडियन कलाले सजिएको यो मन्दिरले मुख्यतः गाउँले परिवेशको झझल्को दिन्छ।
  • पेराडेनिया बगैंचा :- प्रकृतिप्रेमीहरूलाई आनन्द प्रदान गर्ने यो प्राकृतिक बगैंचा चौधौं सताब्दीमा राजा विक्रमा बहु तेस्रोको पालामा निर्माण गरिएको थियो। त्यहाँको मुख्य आकर्षण सुनगाभा घर हो जहाँ ३ सयभन्दा विभिन्न प्रजातिका सुनगाभा छन्। त्यहाँ मसलाका रुखको बगैंचा पनि छ जसबाट रुखहरूको जानकारीका साथै ती मसलाका रुखबाट आयुर्वेदिक औषधि निर्माण हुने कुराको जानकारी पनि पाउन सकिन्छ।
  • एम्बिक मन्दिर :- चौधौ शताब्दीमा भगवान् कतरगामालाई समर्पण गर्दै निर्माण गरिएको यो मन्दिर काष्ठकलाको नमुना नै हो। पूर्णरूपमा काठबाट बनाइएका घरहरूमा नर्तक, संगीत, कुस्ती, पौराणिक जनावर एवं चराका चित्र कुँदिएका छन्। नजीकै प्राचीन आराम घर छ जुन ढुंगा छापिएका स्तम्भहरूले निर्माण गरिएका छन्।
  • लन्काटिकला मन्दिर :- लन्काटिकला मन्दिर चौधौं शताब्दीमा निर्माण भएको हो। यो अग्लो ढुंगामा बनाइएको छ। यसलाई पान्हाल्गला पनि भनिन्छ। यो मन्दिरबाट वरिपरि रहेका मनोरम पहाडहरू, विभिन्न प्रजातिका बिरुवा एवं धान खेतको दृश्य हेर्न सकिन्छ।
  • क्नुकल पहाड :- क्नुकल पहाड शृंखला नब्बे स्क्वायर माइलमा फैलिएको छ। यो माउन्टेनमा ३ हजार फिटभन्दा अग्ला ३५ वटा चुचुरा छन्। यो पहाड दुम्बारा उपत्यकाभन्दा माथि छुट्टै छ। यो बिरुवा र जनावरले सम्पन्न ठाउँ हो।
  • हन्थाना पहाड :- हन्थाना पहाडले क्यान्डीलाई बाहिरबाट पूरै ढाकेको छ। यो नदी एवं खोलानालाको स्रोत पनि हो। हन्थाना पहाड पदयात्रा गर्नेहरूका लागि उपयुक्त गन्तव्य हो।
  • उडावाटे केले: उडावाटे केले पहिलो पुरानो जंगल हो जुन डलडा मालिगावामाथि छ। यसलाई राजा क्यान्डीको हराएको जंगल पनि भनिन्छ। यहाँ विभिन्न खालका रुख छन् जसमा पंखा बनाउने रुख, मसला, ओलिभ, पाम, सुपारी एवं मारा आदिका रुख प्रमुख मानिन्छन्।

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "गृह पृष्ठ", kandy-hospital.health.gov.lk। 
  2. मरिकर, हफिज, "क्यान्दीमा खेलकुद एक झलक", सन्दी लीडर, अभिगमन मिति २२ जुन २०११ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]