सामग्रीमा जानुहोस्

रत्नपुरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रत्नपुरा

රත්නපුර
இரத்தினபுரி
नगर
देश श्रीलङ्का
प्रान्तसबरागम्वा
जिल्लारत्नपुरा
सरकार
  प्रकारनगर परिषद्
  मेयरनिलान्थ रोशन गोडाहेना
क्षेत्रफल
  जम्मा२० किमी (८ वर्ग माइल)
उन्नतांश
१३० मिटर (४३० फिट)
जनसङ्ख्या
 (२०११)
  जम्मा५२१७०
  घनत्व२,४७४/किमी (६४१०/वर्ग माइल)
वासिन्दाराट्नियानस्
समय क्षेत्रयुटिसी+०५:३० (श्रीलङ्काको समय)
वेबसाइटआधिकारिक वेबसाइट

रत्नपूरा (सिंहली: රත්නපුර; तमिल: இரத்தினபுரி) श्रीलङ्काको एक प्रमुख सहर हो । यो रत्नपसरा सहर सबरागम्वा प्रान्तको राजधानी सहर हो । साथै यो सहर श्रीलङ्काको रत्न व्यापारको प्रमुख व्यापारीक केन्द्र पनि हो ।

रत्नपुरा को संस्कारी अर्थको रूपमा रत्नहरूको सहर भनेर पनि लिइने गरिन्छ । जस अन्तर्गत रत्न को शाब्दिक अर्थ बहुमुल्य धातु रत्न हुन्छ भने पूरा को शाब्दिक अर्थ नगर शहर भन्ने हुन्छ । यसरी पनि रत्नपुरालाई रत्नहरूको सहर भनिने गरिन्छ ।

सन् १९०१ मा रत्नपुराका जनसङ्ख्या ४,०८४ थियो भने सन् २०११ मा बढेर ५२,१७० पुगेको थियो । यहाँका जनताहरूले मुख्यगरि क्रमशः बौद्ध, हिन्दू, इसाई तथा इस्लाम धर्म मान्ने गर्दछन् ।

आजभन्दा झन्दै २००० वर्ष अगाडि भारतका बोध-गया, भरनासी तथा पतलिपुराबाट बौद्ध सन्यासीहरू आएर यो ठाउँमा भित्रीएका थिए । ती सन्यासीहरूले त्यतिबेला भित्राएका संस्कार र संस्कृतिहरू अझै पनि रत्नपुरामा जिवितै रहेको छ । त्यस्तै तिनीहरूले संकृत तथा पाली भाषामा आफ्नो अध्यापन गर्ने गर्दथे ।

यो सहरमा नगरपालिकाको परिषद अनुसारको नियम लागू हुने गर्दछ । जसको अवलोकन मेयरले गर्ने गर्दछ । यो सहरको नगरपालिको परिषद्का लागि जम्मा १६ सिटमा मतदान हुने गर्दछ । भने २००६ को एक तथ्यांकअनुसार यो सहरमा कुल मतदाताको संख्या जम्मा २९,१५९ रहेको थियो ।

रत्न व्यापार

[सम्पादन गर्नुहोस्]

यो सहरका मानिसहरू रत्न व्यापारमा पनि आधारित रहने गर्दछन् । यस सहरमा बढी मात्रामा ठूलाठूला रत्न व्यापारीहरू पनि बसोबास गर्ने गर्द छन् । दैनिक रूपमा यो सहरबाट ठूलो रूपमा अन्य छिमेकी सहर तथा बाह्य राष्ट्रमा रत्न वा पत्थरको व्यापार हुने गर्दछ । प्रमुखरूपमा यो सहरको रत्न व्यापारको पहिलो स्थानमा थाइल्यान्ड रहेको छ ।

यो रत्नपुरा सहरमन कृषि क्षेत्र पनि विकसित रूपमा तीव्र गतिमा अगाडि बढिरहेको छ । यहाँ बृहत मात्रामा चिया तथा रबर खेती गर्ने गरिन्छ । त्यसैले पनि यो सहर चिया तथा रबरका लाग राष्ट्रव्यापी चर्चित रहेको छ । यस्तै यहाँका किसानहरूले आम्दानीका निम्ति धान खेती गर्ने गर्दछन् । साथै यो सहर अत्यान्तै स्वादिलो फलफूल जस्तैः आँप तथा मेवाका लागि पनि प्रसिद्ध रहेको छ । प्राय धेरै मात्रा सहरको बजारहरूमा स्थानीय लोकल तरकारीको व्यापार हुने गर्दछ ।

रत्नपुरा रहरमा ए ४ हाइवे रहेको छ । जसले राजधानी सहर कोलम्बोसँग रत्नपुरालाई जोड्ने गर्दछ । तथा यहीँ मार्गबाट कोलम्बो देखि कल्मुनइ पनि जोड्ने गर्दछ । यसबाहेक यो सहरमन ए ८ नामक हाइवे पनि रहेको छ जसले यो सहरलाई पनादुरासँग जोड्ने गर्दछ ।

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]