कफी
कालो कॉफी | |
प्रकार | तातो वा चिसो |
---|---|
उत्पत्ति भएको देश | इथियोपिया |
स्थापना | १५औँ शताब्दी (पेय पदार्थ) |
रङ | गाढा खैरो, कालो, हल्का खैरो |
कॉफी एक वनस्पति तथा यसबाट बनाइने पेयपदार्थ हो। कॉफीको बोट दस मिटर सम्म अग्लो हुन सक्छ तर सामान्यतया छोटो पारिन्छ। कफीको उत्पति अफ्रिकाको इथियोपियामा भएको थियो र हाल यसको खेति दक्षिण अमेरिका, मध्य अमेरिका र दक्षिणपूर्व एसियामा हुन्छ। धेरै देशको अर्थतन्त्रमा यसको ठुलो भुमिका रहेको छ।
इतिहास[सम्पादन गर्ने]
कॉफी विश्व परिवेशमा[सम्पादन गर्ने]
कॉफी खेती विश्वका सय भन्दा बढी देशमा गरिएको छ । ब्राजिल सबैभन्दा बढी कॉफी उत्पादन गर्ने देश हो । अमेरिका कॉफी बढी खपत गर्ने देश हो । युरोप कॉफीको प्रति व्यक्ति उपभोगका हिसाबमा अगाडि छ ।
नेपालमा कॉफी उत्पादन[सम्पादन गर्ने]
वि.सं. १९९५ मा नेपालमा हिरा गिरीद्वारा कॉफी भित्र्याइएको थियो । वि.सं. २०३२ सालमा नगदे बालीको स्तरमा कफी खेतीका लागि प्रोत्साहन गरिए पछि वि.सं. २०४७ सालमा कृषकहरूको सङ्गठन स्थापित भयो । वि.सं. २०४९ को ऐन अनुसार राष्ट्रिय चिया तथा कॉफी विकास बोर्डको स्थापना भयो ।
मध्य पहाडका ४० जिल्लाहरूमा कॉफी खेती गरिएको छ । केही जिल्लाहरूमा भने व्यवसायिक रूपमा खेती गरेको पाइन्छ - यसमा ललितपुर, गुल्मी, पाल्प, स्याङ्जा, कास्की, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र अर्घाखाँची जील्लाहरु पर्दछन् भने अन्य जिल्लाहरूमा पनि यसको विस्तार भइरहेको छ ।
रुपन्देहीको मणिग्राममा पहिलो कॉफी प्रशोधन केन्द्र "नेपाल कॉफी कम्पनी प्रा.लिं" को २०४० मा स्थापना भएसँगैँ अन्तराष्ट्रिय बजारमा नेपाली कॉफीको बिक्री वितरण सुरु भयो । आर्थिक वर्ष २०५२/५३ मा १६ टन कॉफी हॉलैंड पठाइएको थियो ।
नेपालमा अरेबिका जातको कफीको उत्पादन गरिन्छ । करिब ८०० मिटर उचाइमा विषादीको प्रयोग बिना नै कॉफी खेती हुने भएकाले विश्व बजारमा ऑरगॅनिक, र चिसो हावापानीमा उत्पादित कॉफीको रूपमा चिनिन्छ ।
नेपाल सरकारले कॉफी निती २०६६ पास गराएको व र कॉफी नीति कार्यान्वयन निर्देशिका २०६६ स्वीकृत गराएको छ ।
मानव स्वास्थ्य र कॉफी[सम्पादन गर्ने]
अन्य[सम्पादन गर्ने]
पेय कॉफीको दानाहरूबाट बनाइन्छ। कॉफीमा पाइने कॅफिन भनिने एक मनोस्फूर्तिदायक वा साइकोॲक्टिव (मस्तिष्कलाई प्रभावित गर्ने) उत्तेजक औषधिय गुण हुनाले यसले मानिसलाई ताजा रहन मद्दत गर्दछ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- चिया कफी, स्मारिका २०६८, प्रकाशक: राष्ट्रिय चिया तथा कफी विकास बोर्ड (नयाँ बानेश्वर, काठमाडौ)
बाह्य लिङ्कहरु[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा कफी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |