भारतीय हात्ती

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भारतीय हात्ती
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण e
Subgenus: {Placeholder error message.
प्रजाति: {Placeholder error message..
उपप्रजाति: {Placeholder error message.. .
त्रिपद नाम

(जार्ज् क्युव्ये, सन् १७९८)

भारतीय हात्ती एसियाली हात्तीको तीन प्राप्त उप-प्रजाति मध्ये एक हो जुन भारतमा बसोबास गर्छ। यस प्रजातिको हात्तीको सङ्ख्या अघिल्लो तीन पुस्ता देखि ५०% ले घटेका कारण सन् १९८६ मा यस प्रजातिको हात्तीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा सङ्कटापन्न बन्यजन्तुको सूचीमा सूचीकृत गरिएको थियो।[१] यी हात्तीहरू मुख्य रूपमा बासस्थान गुमाउने, सिकारी र विखण्डनको खतरामा रहेका छन्।[२]

शारीरिक विवरण[सम्पादन गर्ने]

Elephas maximus indicus (skull) at Göteborgs Naturhistoriska Museum 2368.jpg

सामान्यतया एसियाली हात्ती अफ्रीकी हात्ती भन्दा साना प्रजातिका हात्ती हुन्। यस हात्तीको टाउकोको भागमा थुप्रै मात्रामा धब्बाहरू हुन्छन्।[३] यस हात्तीको सुँणको माथिल्लो भागमा एक धब्बा हुन्छ। यस प्रजातिको हात्तीको भाले जाति तुलनामा पोथी जाति साना हुन्छन् भने पोथीको भालेको भन्दा सानो दारा अथवा दारा नभएको हन्छ।[४] भारतीय हात्तीको काँध देखि तल सम्मको कुल उचाइ २ देखि ३.५ मिटर (६.६ देखि ११.५ फिट) हुन्छ भने यस प्रजातिको तौल २,००० देखि ५,००० किलोग्राम (४,४०० देखि ११,००० पाउण्ड) हुन्छ। यस हात्तीको १९ जोडा करङका भाटा हुन्छन्। यस प्रजातिको ठूलो हात्ती ३.४३ मिटर (११.३ फिट) सम्म अग्लो हुन्छ। सन् १९८५ मा भारतीय हात्ती प्रजातिको दुई ठूला हात्तीहरू नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा भेटिएका थिए जसलाई राजा गज र कान्छा नाम दिइएको थियो।[५] ती दुई ठूला हात्तीहरू सँगसँगै निकुञ्जमा देखिएका थिए भने तिनीहरू कहिलेकाँही पोथी हात्ती रहेको ठाउँमा पनि भेटिएका थिए। ती दुई हात्ती मध्ये राजा गजको काँध देखि तल सम्मको लम्बाइ ३.४३ मिटर (११.३ फिट) थियो भने त्यसको तौल अन्यको हात्तीको तुलनामा धेरै थियो।[६] सामान्यतया भारतीय हात्तीको छोटो कान हुन्छ तर अफ्रिकी हात्तीको तुलनामा यसको खप्परको चौडाइ फराकिलो हुन्छ।

वितरण तथा बासस्थान[सम्पादन गर्ने]

Wild elephants, Munnar.jpg
An elephant herd at Jim Corbett National Park.jpg
Indian Elephants.jpg
Elephant Gobi.jpg

भारतीय हात्ती सामान्यतया एसियाका भूभागहरू; भारत, नेपाल, म्यानमार, थाइल्याण्ड, मलाय प्रायद्विप, लाअोस, चीन, कम्बोडिया र भियतनाममा बसोबास गर्छन्।[७] यी प्रजातिहरू पाकिस्तानका केही क्षेत्रहरूबाट लोप भएका छन्। यी प्रजातिहरू सामान्यतया सुख्खा र अधिक घाँस हुने क्षेत्रहरूमा बसोबास गर्छन्। सन् १९९० को दशकमा यस प्रजातिको जनशाङ्खिक विवरण यस प्रकार छ;

  • भारतीय हात्तीको जनसङ्ख्या भारतमा २७,७८५ देखि ३१,३६८ रहेको छ जहाँ यस प्रजातिहरू मुख्य ४ क्षेत्रमा बसोबास गर्छन्;
    • उत्तरपश्चिममा— हिमालयको तल्लो भूभाग उत्तराखण्ड र उत्तर प्रदेशमा कतरनियाघाट बन्यजन्तु आरक्ष केन्द्र देखि यमुना नदी सम्म।
    • उत्तरपूर्वीमा — नेपालको पूर्वी सिमाना देखि पश्चिम आसाम,
    • मध्ये भागमा — उडिसा र झारखण्ड देखि पश्चिम बङ्गालको दक्षिणी भूभाग सम्म र कहिलेकाँही छत्तीसगढ सम्म।[८]
    • दक्षिण भागमा — यस प्रजातिका आठ हात्तीहरू दक्षिणी भूभागबाट खण्डित छन्। कर्नाटकको पश्चिमी घाटको भाँडा, भद्रा- मल्नाद , ब्रह्मागिरी - नीलगिरिस - पूर्वी घाट , निलाम्बुरको - मौन उपत्यका - कोइम्बाटोर , अनामालाई - परम्बीकुलम र पेरियार - श्रीविल्लीपुथुरमा
  • नेपालमा १०० देखि १२५ को सङ्ख्यामा जहाँ यी हात्तीहरू नेपालको तराई देखि भारत नेपाल सिमानामा पनि भेटिन्छन्। सन् २००२ मा यस प्रजातिको हात्तीको सङ्ख्या नेपालमा १०६ देखि १७२ सम्म थियो जहाँ यी हात्तीहरू मुख्यतया नेपालको बर्दिया राष्ट्रिय निकुञ्जमा बसोबास गर्थे।
  • बङ्गलादेशमा १५० देखि २५०, जहाँ यी हात्तीहरू खण्डित भईकिन पनि चट्टग्राम पहाडमा बाँचेका थिए।
  • भुटानमा २५० देखि ५००, यी हात्तीहरू भारत भुटानको सिमानामा पाइएका थिए।
  • म्यानमारमा ४,००० देखि ५,०००, जहाँ यस प्रजातिका हात्तीहरू आराकान योमा, म्यानमारको मध्ये भूभाग पिजु योमामा र शान प्रदेशमा भेटिएका थिए।

व्यवहार[सम्पादन गर्ने]

Wild Elephant by N A Nazeer.jpg

भारतीय हात्तीलाई ठूलो प्रजातिको शाकाहारी रूपमा वर्गीकृत गरिएको छ भने यस हात्तीले प्रति दिन १५० किलोमिटर (३०३ पाउण्ड) बोटबिरुवाका खाद्य पदार्थ खाने गर्दछ। सामान्य रूपमा यी हात्तीहरूले विभिन्न किसिमका खाद्य बोटहरू खाने गर्दछन्।[९] भारतको दक्षिणी क्षेत्रका १,१३० वर्ग किलोमिटर (४४० वर्ग माइल) मा यी हात्तीहरूको भोजन व्यवहारमा अवलोकन गरिएको थियो।[१०] [११]हात्तीहरूले २७ प्रजातिहरूको बोटबिरुवा लगायत ३५ प्रजातिका बोटबिरुवाहरू खाने गर्छन्। आधा भन्दा बढि बोटबिरुवाहरू गैर रूख प्रजातिहरू हुन् जसमा झाडी, जडिबुटी, घाँस वा लहराहरू पर्दछन्।[१२] यी हात्तीहरू प्राय अग्लो घाँसमा चरिरहेको देखिन्छन्।[१३]

खतरा[सम्पादन गर्ने]

Mudumalai forest elephant.jpg
Elephas maximus calf injured (Nagarhole, 2010).jpg
Chopsticks.jpg

हाल एसियाली हात्तीहरूका प्रमुख खतरा भनेको हात्तीको बासस्थान क्षेत्रको विनाश, गिरावट र बिखण्डन हो जुन मानव जनसङ्ख्याको बृद्धिबाट उत्पन्न भएको हो।[१४] मानिस र हात्तीहरू बीच द्वन्द्व बड्छ जब हात्तीहरूले मानव द्वारा लगाइएका बालीनालीमा नोक्सान पुर्‍याउँछन्।[१५][१६] भाले हात्तीको दाराका लागि हात्तीको अवैध शिकार एसियाका केही भागहरूमा गरिँदै आएको छ।[१७] भाले हात्तीलाई दाराका लागि सिकार गरिएको कारण भाले हात्तीको जनसङ्ख्या घट्दो क्रममा छ भने यसले लिङ्ग अनुपातमा पनि असन्तुलन ल्याएको छ।[१८][१९][२०]

संरक्षण[सम्पादन गर्ने]

Elephant Raju at Indira Gandhi Zoological Park, Visakhapatnam.jpg

वन्यजन्तु व्यवस्थापन प्रयासलाई आर्थिक सहयोग दिन भारत सरकारको पर्यावरण र वन मन्त्रालयले सन् १९९२ मा प्रोजेक्ट एलिफान्ट सुरू गरेको हो। यस परियोजनाको उद्देश्य हात्तीहरू आवास र बसाइँसराइ क्षेत्रलाई संरक्षण गर्दै हात्तीको प्राकृतिक वासस्थानमा व्यावहारिक संरक्षणको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्नु थियो। यस प्रजातिको हात्तीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा सङ्कटापन्न बन्यजन्तुको सूचीमा सूचीकृत गरिएको थियो।[२१][२२]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Shoshani, J.; Eisenberg, J. F. (१९८२), "Elephas maximus", Mammalian Species (182): 1–8, जेएसटिओआर 3504045, डिओआई:10.2307/3504045 
  2. Choudhury, A.; Lahiri Choudhury, D. K.; Desai, A.; Duckworth, J. W.; Easa, P. S.; Johnsingh, A. J. T.; Fernando, P.; Hedges, S.; Gunawardena, M.; Kurt, F., Karanth, U. Lister, A., Menon, V., Riddle, H., Rübel, A. & Wikramanayake, E. (IUCN SSC Asian Elephant Specialist Group) (२००८), "Elephas maximus", The IUCN Red List of Threatened Species (IUCN) 2008: e.T७१४०A१२८२८८१३, डिओआई:10.2305/IUCN.UK.2008.RLTS.T7140A12828813.en, अन्तिम पहुँच २९ अक्टोबर २०१८ 
  3. Shoshani, J. (2006). "Taxonomy, Classification, and Evolution of Elephants". In Fowler, M. E., Mikota, S. K. (eds.). Biology, medicine, and surgery of elephants. Wiley-Blackwell. pp. 3–14. ISBN 0-8138-0676-3. https://books.google.com/books?hl=en&lr=&id=oCpiZA61tyQC&oi=fnd&pg=PA3&ots=2IMfIdn35g&sig=9LKyLo77Kb4BehHoiX_CSJsREXs#v=onepage&q&f=false. 
  4. Pillai, N.G. (१९४१), "On the height and age of an elephant", Journal of the Bombay Natural History Society 42: 927–928। 
  5. Furaha tenVelde, P. (१९९७), "The wild elephants of the Royal Bardia National Park, Nepal", Gajah: Journal of the IUCN/SSC Asian Elephant Specialist Group (17): 41–44। 
  6. Ben S. Roesch, "Living Stegodont or Genetic Freak?", मूलबाट ८ नोभेम्बर २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०६-१८ 
  7. Sukumar, R. (1993). The Asian Elephant: Ecology and Management Second edition. Cambridge University Press. आइएसबिएन ०-५२१-४३७५८-X
  8. "Elephant Reserves", ENVIS Centre on Wildlife & Protected Areas, अन्तिम पहुँच १८ अप्रिल २०१७ 
  9. "Elephant Corridors of India" 
  10. Samansiri, K. A. P., Weerakoon, D. K. (2007). Feeding Behaviour of Asian Elephants in the Northwestern Region of Sri Lanka. Gajah: Journal of the IUCN/SSC Asian Elephant Specialist Group. Number 2: 27–34
  11. Pradhan, N.M.B., Wegge, P., Moe, S.R., Shrestha, A.K. (2008). Feeding ecology of two endangered sympatric megaherbivores: Asian elephant Elephas maximus and greater one-horned rhinoceros Rhinoceros unicornis in lowland Nepal. Wildlife Biology 14: 147–154.
  12. Sukumar, R. (1989). Ecology of the Asian elephant in southern India. l. Movement and habitat utilization patterns Archived 20 July 2011 at the वेब्याक मेसिन.. Journal of Tropical Ecology 5: 1–18.
  13. Baskaran, N., Desai, A. A. (1996). Ranging behaviour of the Asian elephant (Elephas maximus) in the Nilgiri Biosphere Reserve, South India. Gajah: Journal of the IUCN/SSC Asian Elephant Specialist Group 15: 41–57.
  14. Roy, M. Baskaran, N., Sukumar, R. (2009). The Death of Jumbos on Railway Tracks in Northern West Bengal. Gajah: Journal of the IUCN/SSC Asian Elephant Specialist Group 31: 36–39.
  15. Islam, M.–A. (2006). Conservation of the Asian elephant in Bangladesh. Gajah: Journal of the IUCN/SSC Asian Elephant Specialist Group 25: 21–26.
  16. Vigne, L., Martin, E. (2002). Myanmar’s ivory trade threatens wild elephants. Gajah: Journal of the IUCN/SSC Asian Elephant Specialist Group 21: 85–86.
  17. Shand, M. (२१ जुलाई २०१२), "The agonising blows that expose the evil secrets of Thailand's elephant tourism con: The Duchess of Cornwall's brother tells how baby elephants are brutally starved and tortured", Daily Mail (London), अन्तिम पहुँच २२ जुलाई २०१२ 
  18. "Tourism driving illegal elephant trade in Burma and Thailand – video", guardian.co.uk (London), २४ जुलाई २०१२। 
  19. Umashanker, K. (२०१९), "Mother elephant uproots transformer that electrocuted her baby in Andhra", The Hindu, अन्तिम पहुँच २०१९-०७-२७ 
  20. Koshy, J. (२०१९), "Human-elephant conflicts: power poles should have spikes to keep away jumbos, says panel", The Hindu, अन्तिम पहुँच २०१९-०७-२७ 
  21. "Project Elephant", wildlifeofindia.org, अन्तिम पहुँच ३० जनवरी २०१६ 
  22. "Project Elephant", Government of India, अन्तिम पहुँच ३० जनवरी २०१६ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]