सालक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सालक[१]
सामयिक शृङ्खला: Paleocene–Recent
Sunda Pangolin, Manis javanica
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
स्तनधारी प्राणी
उपवर्ग:
अधिगण:
गण:
Pholidota

Weber, 1904
कुल:
Manidae

Gray, 1821
वंश:
Manis

Linnaeus, 1758
Species

Manis culionensis
Manis gigantea
Manis temminckii
Manis tricuspis
Manis tetradactyla
Manis crassicaudata
Manis pentadactyla
Manis javanica

सालक(अङ्ग्रेजी: Pangolin, उच्चारण/[invalid input: 'icon']ˈpæŋɡəlɪn/) एक लोपोन्मुख वन्यजन्तु हो। यो जनावर प्राय नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू-भागमा पाइन्छ। यसको शरीरमा ठुलाठुला कत्लाले ढाकको हुन्छ। यस बाहेक खबटा मुनि पहेँला जगरजस्ता रौं पनि उम्रेका हुन्छन्। यि रौं कत्लाको बीचबाट बाहिर निस्केको देखिन्छ र रौं धेरै हुँदा सालक सुनौलो पहेँलो रंगको देखिन्छ। यसले पुच्छरको सहायताबात रुखको हाँगामा झुन्डिन सक्छ।

यो जनावरले आफुलाई खतरा महसुस भएमा त्यसबाट जोगिन गुँडुल्किएर भकुण्डो जस्तै डल्लो पर्छ। यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले एकै ठाउँमा टाँसिएर गुँडुल्किरहन सक्छ।

विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् ।तर पनि धादिङको थाङसिङ बेसी, काभ्रेको बलथली, काठमाडौँको नागार्जुन साथै रामेछापका केही स्थानमा सेतो सालक पनि पाइने वन्यजन्तुविज्ञ बताउँछन्।२ हजार ५ सय मिटर उचाइको सालको जंगलमा भेटिने सालकको दाँत हुँदैन । तर, ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यसले जिब्रोले धमिरा र कमिलाको प्रायः धमिरा र कमिला खान्छ। राति आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्छ। कतैबाट आक्रमणको चाल पाउँदा डल्लो परेर बस्छ ।

बासस्थान[सम्पादन गर्ने]

सालक मध्य पहाडी क्षेर्त्रको ओसिलो भेकमा पाइन्छ। नेपालमा यिनीहरू चुरे पहाडको छेउँछाउँमा भेटिन्छन्। महाभारत पर्वत र यस श्रृङ्खलाका भित्री खोँचहरू जस्तै : धादिङ, काभ्रेपलाञ्चोक,गोर्खा, रामेछाप, संखुवासभा र सिन्धुली आदि जिल्लाका पारिला भीरहरू, नदी किनार र बेसीहरूमा पनि पाइएका छन्। धादिङको केवलपुर थानसिङबीचको बेँसीमा, काभ्रेको बलथलीमा र सिन्धुलीको नाकाझोजीमा करीब दर्ुइ फिट लामा, त्यस्तै काठमाडौैंको नागार्जुन क्षेत्रमा पनि सेता सालक पाइने कुरा स्थानीयबासीहरू बताउँदछन्।

आहारा[सम्पादन गर्ने]

सालकले मुख्य रूपमा धमिरा खान मन पराउँछ। तर यसले कमीला लगायत साना कीराहरू पनि खान्छ । खास गरेरधमिरालाई नियन्त्रण गर्न सक्ने अर्को जीव हो सालक । सालक धमिराको शत्रु हो । यौटा सालकले वर्षमा ७ करोडभन्दा बढी धमिरा र कीरा कमिला खान्छ । सालक विश्वमै लोपोन्मुख प्रजातिको जंगली जीव हो । सालकले किसानहरूको बालीनाली नोक्सान गर्ने कीरा, कमिला र धमिरा खान्छ । हामीलाई नोक्सान गर्न सक्ने कीरा धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा लिने हुँदा सालक मानव समुदायका लागि हितकारी जीव हो । तर केही वर्षयता यो जीव संकटमा छ । आकारमा न्याउरी मुसोजस्तो देखिने सालकका शरीरभर बाक्ला र कडा कत्ला हुन्छ । रातिमा मात्रै चर्न निस्कने हुनाले यसलाई कमैले देख्ने गरेका छन् । राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । [२]

सालक लोप हुने कारण[सम्पादन गर्ने]

साइटिसले यसको व्यापार व्यवसायलाई दण्डनीय बनाएको छ । तर केही वर्षअघिसम्म मासुका लागि मारिने सालक पछिल्लो समय कत्लाका लागि विदेश चोरी निकासी हुने गरेको छ । तस्करहरू सालकको पिछा गर्दै यसलाई मारेर छाला र कत्ला बेच्छन् । कैयौँ तस्कर समातिएका पनि छन् । यसले गर्दा सालकको संख्या घट्दै गएको छ । सालक एसियाको नेपाल, चीन, भारतश्रीलङ्काका साथै अफ्रिकामा पाइन्छ । यो धादिङ लगायत नेपालका विभिन्न जिल्लामा फेला परेको छ । नेपालमा समुद्र सतहदेखि दुई हजार मिटर उचाइको क्षेत्रमा सालक भेटिएको छ । काठमाडौँ उपत्यका, धादिङ, चितवन, सुर्खेत, बर्दियालगायत ४३ जिल्लामा यसबारे अध्ययन थालिएको छ । विश्वमा ८ जातिका सालक छन् । तीमध्ये नेपालमा दुई जातिका मात्र पाइन्छन् । यहा पाइने सालक कालो र तामे रंगका हुन् । आईयूसीएनले सालकलाई जोखिमपूर्ण र लोपोन्मुखजीवको सूचीमा राखेको छ । यसको संरक्षणमा चेतना जगाउन हरेक वर्ष सालक दिवस पनि मनाइन्छ । सालक मारेमा वा यसको अंगको व्यापार गरेमा ४० देखि ७५ हजार रुपैयाँसम्म जरिवाना, एकदेखि १० वर्षसम्म कैद या दुवै सजाय हुन सक्ने निकुञ्ज ऐनमा व्यवस्था छ ।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Schlitter, Duane A. (१६ नोभेम्बर २००५), Wilson, Don E., and Reeder, DeeAnn M., eds, सम्पादक, Mammal Species of the World (3rd संस्करण), Baltimore: Johns Hopkins University Press, 2 vols. (2142 pp.), पृ: 530–531, आइएसबिएन 978-0-8018-8221-0, ओसिएलसी 62265494 
  2. २.० २.१ https://www.kantipurdaily.com/kopila/2017/10/29/20171029082430.html

बाह्य कडीहरू[सम्पादन गर्ने]