सामग्रीमा जानुहोस्

सुर्खेत जिल्ला

निर्देशाङ्कहरू: २८°३६′उ ८१°३८′पू / 28.600°N 81.633°E / 28.600; 81.633
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुर्खेत जिल्ला
बुलबुले ताल
कर्णाली प्रदेशमा सुर्खेत जिल्लाको (गाढा पहेँलो) स्थान।को अवस्थिति
कर्णाली प्रदेशमा सुर्खेत जिल्लाको (गाढा पहेँलो) स्थान।
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
सदरमुकामवीरेन्द्रनगर
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, सुर्खेत
क्षेत्रफल
 • जम्मा२,४५१ किमी (९४६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४१७,७७६
 • घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली

सुर्खेत नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्लाको क्षेत्रफल २,४५१ वर्ग किलोमिटर रहेको छ। वीरेन्द्रनगर जिल्लाको सदरमुकाम तथा कर्णाली प्रदेशको राजधानी तथा प्रमुख व्यापारिक केन्द्र समेत हो। बाह्र बण्डाल १८ खण्डालको नामले परिचित यो क्षेत्रको नाम सुर्खेत हुनु पहिले दोभानचौरका रूपमा परिचित थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको जनसङ्ख्या ४,१५,१२६ रहेको थियो।[]

भूगोल र जलवायु

[सम्पादन गर्नुहोस्]

सुर्खेत उपत्यका नेपालको भित्री तराई उपत्यकाहरू मध्ये एक हो। यसको सिमाना सुदूरपश्चिमको अछाम जिल्ला, उत्तरमा दैलेखजाजरकोट जिल्ला, पूर्वमा सल्यान जिल्ला, दक्षिणमा लुम्बिनीको बाँकेबर्दिया जिल्ला र सुदूरपश्चिमको कैलाली जिल्ला र पश्चिममा सुदूरपश्चिमको डोटी जिल्लासँग सिमाना जोडिएको छ। सुर्खेत जिल्लाको सबै सिमानामा भेरी र कर्णाली नदी बग्दछन्।

जलवायु क्षेत्र[] उचाइ दायरा क्षेत्रफलको %
तल्लो उष्णकटिबन्धीय जलवायु ३०० मिटर (१,००० फिट) भन्दा तल २.२%
माथिल्लो उष्णकटिबन्धीय जलवायु ३०० देखि १,००० मिटर
१,००० देखि ३,३०० फिट
६१.९%
उपोष्णकटिबन्ध १,००० देखि २,००० मिटर
३,३०० देखि ६,६०० फिट
३२.८%
समशीतोष्ण जलवायु २,००० देखि ३,००० मिटर
६,४०० देखि ९,८०० फिट
१.३%

कर्णाली पहाडी क्षेत्रको चिसो मौसम र बाहिरी तराई क्षेत्रको तातो मौसम भन्दा फरक, सुर्खेतको हावापानी मध्यम छ। जाडोको तापक्रम लगभग ५ डिग्री सेल्सियसमा झर्छ र गर्मीमा यो ३८ डिग्री सेल्सियससम्म पुग्छ। वर्षायाममा मनसुनले पर्याप्त वर्षा ल्याउँछ। समग्र जलवायु परिवर्तनमा सुर्खेत सबैभन्दा कम स्थानमा छ। ४२% भूभाग समतल उर्वर भूमि र ४३% महाभारत पर्वत शृङ्खलाले ढाकिएको छ।

  • सुर्खेतको पूर्वी भेगबाट भेरी र पश्चिमबाट कर्णाली नदी बगेर यस क्षेत्रलाई सुरक्षित राखेकाले यसको नाम सुर्खेत रहन गएको भन्ने पाइन्छ।
  • सुर्खेत उपत्यकाको खेतमा सिरु एक प्रकारको झार धेरै पाइने भएकाले सिरु-खेतबाट सुर्खेत नाम रहन गएको भन्ने पाइन्छ।
  • सुर नामका देवताले सुर्खेत उपत्यकाको पानी बाहिर फाली बस्ति बसालेकोले सुर्खेत नाम रहन गएको अनुश्रुति पाइन्छ।

पर्यटकीय क्षेत्र

[सम्पादन गर्नुहोस्]

बराह ताल, चमेरो गुफा, बिजौरा, भेरी नदि कर्णाली नदि, र्याफटीङचौकुखानी, पन्चपुरि: मन्दिर, कोटको थुम्को(सिम्ता [बजेडीचौर]),भोटेचुली(खानीखोला), सिम्ताउपत्यका काँक्रेबिहार, बुलबुले ताल आदी।

सहारे को कोट माझखर्क ठाँउ बाइसे चौबिसे राज्य हुँदा राजा बस्ने ठाउँ र त्यही ले गर्दा पन्चायत मा हाल्को गुर्भाकोट र भेरिगङा कोट्माझखर्क पन्चायत नामाकरन गरिएको हो।

देउतिबज्यै सुर्खेतको ऐतिहासिक मन्दिर मध्येको एक हो। बिषेशगरि शिबरात्रीमा यो मन्दिरमा ‍‍‍ठुलो मेला लाग्ने भएपनि दैनिक जसो पुजाआजा गर्नेहरूको निकै घुईचो लाग्ने गर्दछ।

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]
ऐतिहासिक जनसङ्ख्या
जनगणना वर्ष (वि.सं)जन.±% प्र.व. ±%
२०३८१६६,१९६—    
२०४८२२५,७६८+३.११%
२०५८२८८,५२७+२.४८%
२०६८३५०,८०४+१.९७%
२०७८४१७,७७६+१.७६%
स्रोत: सिटी पपुलेसन[]

राष्ट्रिय जनगणना २०७८ अनुसार, सुर्खेत जिल्लाको जनसङ्ख्या ४,१५,१२६ थियो। जनसङ्ख्याको ८.८६% ५ वर्ष मुनिका छन्। यहाँको साक्षरता दर ८२.७१% छ र लिङ्ग अनुपात प्रति १००० पुरुषमा १०७८ महिला रहेको छ। ३१७,८३१ (७६.५६%) नगरपालिकाहरूमा बसोबास गर्दछन्।[]

सुर्खेत जिल्लाका जातजातिहरू (वि.सं २०७८)[]
  1. क्षेत्री (३१.७४%)
  2. कामी (१८.१२%)
  3. मगर (१७.२७%)
  4. बाहुन (१२.२२%)
  5. ठकुरी (६.४५%)
  6. दमाई (४.३%)
  7. सार्की (२.२३%)
  8. थारु (१.९%)
  9. गुरुङ (१.३%)
  10. दसनमी (१.१६%)
  11. अन्य पहाडी जनजाति (१.२३%)
  12. अन्य (२.०८%)

७७% जनसङ्ख्या सहित खस जातिहरूले जनसङ्ख्याको बहुमत ओगटेका छन्। क्षेत्रीजनसङ्ख्याको ३२% सहित सबैभन्दा ठुलो जाति हो, जबकि खस दलितहरूले जनसङ्ख्याको २५% ओगटेका छन्। पहाडी जनजातिहरूले जनसङ्ख्याको १९% ओगटेका छन्, जसमध्ये मगरहरू जनसङ्ख्याको १७% रहेको छ। भित्री मधेश उपत्यकाहरूमा थारूहरूको जनसङ्ख्या थोरै छ।[]

सुर्खेत जिल्लामा बोलिने भाषाहरू (वि.सं २०७८)[]
  1. नेपाली (९२.१४%)
  2. मगर ढुट (४.०५%)
  3. थारु (१.७३%)
  4. अन्य (२.०८%)

राष्ट्रिय जनगणना २०७८ अनुसार, ९२.१४% जनसङ्ख्याले नेपाली, ४.०५% मगर र १.७३% थारुलाई आफ्नो मातृभाषाको रूपमा बोल्दछन्। []

सुर्खेत जिल्लाको धर्मगत तथ्याङ्क (वि.सं २०७८)[]
धर्म प्रतिशत
हिन्दु
९१.६०%
बुद्ध
४.०७%
इसाई
३.५४%
इस्लाम
०.६०%
अन्य वा उल्लेख नभएका
०.१९%

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा ९ स्थानीय तहहरू छन्, जसमध्ये ५ नगरपालिका र ४ गाउँपालिका छन्।[]

सुर्खेत जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तह समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
गुर्भाकोट नगरपालिका मेहलकुना, गुमी, दहचौर, घुमखहरे, मालारानी, धारापानीसहारे १४ शुभाघाट ४८,२१६ २२८.६२ २१०
पञ्चपुरी नगरपालिका सालकोट, बाबियाचौर, छाप्रे, विद्यापुरतातोपानी ११ बाबियाचौर ३५,८३९ ३२९.९ ११०
भेरीगङ्गा नगरपालिका रामघाट, छिन्चु, मैनतडालेखपराजुल १३ भेरीगङ्गा ४८,२०३ १४९ ३२०
लेकबेसी नगरपालिका लेखफर्सा, दशरथपुर, नेटा, कल्याणसाटाखानी १० सातखानी ३१,७१० १८०.९२ १८०
वीरेन्द्रनगर नगरपालिका लाटिकोइली, उत्तरगङ्गा, जर्बुटा, रतु, गर्पनगढी १६ वीरेन्द्रनगर १,५३,८६३ २४५.०६ ६३०
चिङ्गाड गाउँपालिका रजेना, रानीवास, मटेला, अवलचिङपाम्का अवलचिङ्ग १५,६०० १७०.१ ९२
चौकुने गाउँपालिका लगाम, बेतान, विजौरा, घाटगाउँगुटु १० गुटु २६,९५० ३८१.०१ ७१
बराहताल गाउँपालिका हरिहरपुर, तरङ्गा, कुनाथरी, पोखरीकाँडालेखगाउँ १० कुनाथरी २५,९४३ १७०.१९ १५०
सिम्ता गाउँपालिका घोरेटा, काफलकोट, आग्रीगाउँ, बजेडीचौर, राकम, काप्रिचौर, डाँडाखालीखानीखोला राकम २४,०८३ २४१.६४ १००

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २६ असोज २०८२ 
  2. The Map of Potential Vegetation of Nepal - a forestry/agroecological/biodiversity classification system, Forest & Landscape Development and Environment Series 2-2005 and CFC-TIS Document Series No.110., २००५, आइएसबिएन 87-7903-210-9, अन्तिम पहुँच Nov २२, २०१३ 
  3. "NEPAL: Administrative Division", www.citypopulation.de (अङ्ग्रेजीमा)। 
  4. "Provincial/District/Local reports: Karnali Province", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय 
  5. ५.० ५.१ "Table 1: Caste/Ethnicity and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २०२४-०३-१६ 
  6. ६.० ६.१ "Table 5: Mother tongue and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय 
  7. "Table 5: Religion and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २०२४-०३-१६ 
  8. "सुर्खेत जिल्लाका स्थानीय तहहरुको संरचना", सुर्खेत जिल्ला, अन्तिम पहुँच २०२३-०४-०१  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०४-०५ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

"नेपालका जिल्लाहरू", स्ट्याटोइड्स  २८°३६′उ ८१°३८′पू / 28.600°N 81.633°E / 28.600; 81.633