सङ्खुवासभा जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
संखुवासभा जिल्ला
Sankhuwasabha district location.png
अञ्चल: कोशी
सदरमुकाम: खाँदवारी नगरपालिका
क्षेत्रफल: ३,४८० वर्ग कि.मि.
जनसंख्या: १,५८,७४२ (२०६८)[१]
गाउँपालिका(हरू):
नगरपालिका(हरू): खाँदवारी नगरपालिका, चैनपुर नगरपालिका मादी नगरपालिका पाँचखपन नगरपालिका धर्मदेवी नगरपालिका
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: हिमाल पहाड
सबै भन्दा अग्लो स्थान: मकालु हिमाल ८,४८१ मिटर
सबै भन्दा होचो स्थान : अरुण उपत्यका ४५७ मिटर
प्रमुख जातिहरू: बाहुन, क्षेत्री, राई, याक्खा, लिम्बु, भोटे, मगर, गुरुङ आदि
प्रमुख भाषाहरू: नेपाली, याक्खा, लिम्बु, मगर, राई, गुरुङ आदि
मानव विकास सूचाङ्क स्थिति: २८ (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०२९
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddcsankhuwasabha.gov.np
 हे  वा  सं 

सङ्खुवासभा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा अवस्थित हिमाली भेगको एक दुर्गम जिल्ला हो। यो जिल्ला पूर्वमा ताप्लेजुङतेह्रथुम, पश्चिममा सोलुखुम्बूभोजपुर जिल्ला, उत्तरमा चीनको तिब्बत र दक्षिणमा तेह्रथुमधनकुटा जिल्लाको चौबन्दीमा रहेको छ। यसले नेपालको कुल क्षेत्रफलको २.३६%, पूर्वाञ्चल विकास क्षेत्रको १२.१९% र कोशी अञ्चलको ३५.६८% भू-भाग ओगटेको छ। समुन्द्री सतहदेखि ४५७ मिटर (संसारको सबैभन्दा होचो अरुण उपत्यका) देखि विश्वको पाँचौं अग्लो हिमशिखर मकालु ८४८१ मिटरसम्मको उचाईमा रहेको यो जिल्ला २७ डिग्री ६' उत्तरदेखि २७ डिग्री ५५' उत्तरी अक्षांशसम्म र ८६ डिग्री ५७' पर्वदेखि ८७ डिग्री ४०' पूर्वी देशान्तरसम्म फैलिएको छ। उत्तरतर्फ फराकिलो भागमा मनोरम हिमाली श्रृंखलाहरूले सजिएको यस जिल्लाको दक्षिणतर्फ साँगुरिएको भागमा वसोवासयुक्त पहाडी भूभाग रहको छ। यस जिल्लाको आर्थिक श्रोत कृषिमा निर्भर रहेको छ। आर्थिकरूपले सक्रिय जनसंख्या ६०.७३% भएपनि त्यसको ७७.६२% कृषिमा र २२.३८% गैरकृषि पेशामा निर्भर छन।

जिल्लाको नामाकरण[सम्पादन गर्ने]

यस जिल्लाको नाम पश्चिमबाट बहने संखुवाखोला र बीचभागबाट बहने सभाखोलाको सन्धि गरी संखुवासभा जिल्ला रहन गएको हो। शुरुमा यी दुई खोला बीचमा पर्ने भू-भागलाई संखुवासभा भनिने गरिन्थ्यो। तिथिमिति एकिन नभएपनि प्रशासनिक हेरफेरले गर्दा निकै समय पछिमात्र हालको संखुवासभा जिल्लाको स्वरूप निर्धारण भएको हो।

जिल्लाको ऐतिहासिक पृष्ठभूमि[सम्पादन गर्ने]

वैदिक कालदेखि नै संखुवासभा जिल्लाको महत्व रहदै आएको छ। सो समयमा शिवपार्वतीको कि्रडास्थल मानिने शिवधारा वेदव्यासले भगवान शिवशंकरसंगको प्रार्थनापछि सिद्दिविनायक गौरीपुत्र गणेशको सहयोगमा पोखरीको बीचमा वेदिको निर्माण गरी वेदको लेखन गरेको स्थान सभापोखरी स्वस्थानी व्रतकथामा वर्णित सतीदेवीको देब्रे आँखा पतन भएको स्थान सिद्धकाली जस्ता पौराणिक महत्व भएको स्थलहरूले सोको प्रमाणित गर्दछ।

एकिकरण पूर्व तीन राज्यमा विभाजित किराँत राज्यमा संखुवासभा जिल्ला पल्लो किराँत अन्तरगत पर्दथ्यो। किराँत कालमा यस जिल्लाका विभिन्न स्थानहरूमा गढि गोला कोट आदि भएको तथ्य हाल सो अनुसार रहेको गाँउहरूको नामाकरण (हटियागोला गढि बजार र चैनपुर गाबिसको लोहाकोट आदि)ले पुष्टि गर्दछन्। जस अनुसार गढि तथा कोटमा शासकहरूको दरवार हुने गर्दथ्यो भने गोलामा त्यस ताकाको अन्नपानी तथा हातहतियारको भण्डार रहने गर्दथ्यो। हाल जिल्ला प्रहरी कार्यालय रहेको स्थान जसलाई खादबारी १ ढोलबाजे गढि भनिन्थ्यो तथा हाल हेलिप्याड रहेको स्थान सम्याउने कार्य गर्दा फेला परेका चिल्ला वुट्टेदार तथा बलिया ईट्टाहरू त्रिशुल तीर तरवार खुँडा आदिले परापूर्वकालमा उक्त स्थानमा कुनै ठूलो दरवार रहेको तथ्यलाई पुष्टि गर्दछन्। यस्ता गढि गोला तथा कोतहरूमा हेदाङ्गना गढि चैनपुर गोला हटियागोला कोतडाँडा (हाल हिमालय मा.वि. भएको स्थान वानेश्वर गढि आदि प्रसिद्ध रहेका थिए।

नेपाल राज्यको एकिकरणका क्रममा वि. सं १८३१ वैसाखमा चैनपुरको दक्षिणी भागमा रघुराना लिम्वूको नेतृत्वमा गोर्खाली सेनाहरू र किराँत राज्यका कांगेसोरेको नेतृत्वमा युद्ध भएको प्राप्त तथ्यहरूले यस क्षेत्रको एकिकरण त्यस समय पश्चात भएको पाइन्छ। राणाकालमा यो क्षेत्र धनकुटा गौंडा वडाहाकिमको प्रशासनिक क्षेत्र तथा चैनपुरका न्यायिक क्षेत्रभित्र पर्दथ्यो। त्यसताकाका वस्तीहरूलाई थुम भनिने गरिन्थ्यो र यो जिल्ला भित्र पनि विभिन्न थुमहरू दशमजिया (मादिविर्ता) पाचँ मजिया (खराङ्ग) देखि लिङलिङ,वाना दशथर थुम (चैनपुर देखि पोखरीबजार) त्यस्तै पाँच खपन थुम, सभा उत्तर थुम, संखुवा उत्तर थुम आदि पर्दथे।

भौगोलिक अवस्था[सम्पादन गर्ने]

  • अक्षांश:- २७ डिग्री ०६” देखि २७ डिग्री ५५” उत्तर
  • देशान्तर:- ८६ डिग्री ५७” देखि ८७ डिग्री ४०” पूर्व
  • सिमाना:- पूर्व-ताप्लेजुङतेह्रथुम,पश्चिम-सोलुखुम्बूभोजपुर,उत्तर चीनको तिब्बत, दक्षिण-धनकुटातेह्रथुम
  • क्षेत्रफल:- ३४६८.१७ वर्ग किलोमिटर
  • औसत लम्बाइ:- .... उत्तर– दक्षिण
  • औसत चौडाइ:- ..... पूर्व– पश्चिम
  • भौगोलिक अवस्था:- हिमाली क्षेत्र
  • सबभन्दा अग्लो स्थान:- ८,४६३ मिटर (मकालु हिमाल, विश्वको पाँचौं सर्बोच्च शिखर)
  • सबभन्दा होचो स्थान:- ४५७ मिटर (अरुण उपत्यका, संसारको सबैभन्दा होचो उपत्यका)
  • सदरमुकाम:- खाँदबारी

भौगोलिक विविधताले गर्दा यहाँको हावापानी र प्राकृतिक वनस्पतिमा पनि विविधता पाइन्छ। यहाँ हिमाली हावापानीदेखि लिएर उष्ण मनसुनी हावापानीसम्म पाइन्छ। जैविक विविधता र प्राकृतिक संरक्षणको लागि मकालु वरुण राष्ट्रिय निकुन्ज र नेपालको राष्ट्रिय फुल लाली गुराँस संरक्षणको लागि तिनजुरे, मिल्के जलजले लालिगुराँस संरक्षण क्षेत्र पनि यहि जिल्लामा पर्दछन्। यस जिल्लाको कुल जमीनमध्ये ८।२७५ कृषियोग्य जमीन, ४०.३१% वन क्षेत्र, ११.३७% चरन तथा झाडी क्षेत्र, २७.३९% हिम तथा जल क्षेत्र र १२.६६% भू-भाग ढुङ्गा, भीरपाखा आदि रहेको छ।

यस जिल्लाको उत्तरी क्षेत्रमा मध्य भाग र दक्षिणी क्षेत्रमा पश्चिम सिमाना हुंदै सप्तकोशी नदीको सहायक नदी अरुण वगेको छ भने बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा, कासुवा, सिसुवाखोला लगायतका प्रमुख खोलाहरू यस जिल्लामा बग्दछन्। सभा खोलाको उत्पत्ती स्थल सभापोखरी र जिल्लाको दक्षिण पूर्वी भागमा रहेको गुफा पोखरी यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्वका पोखरीहरू हुन भने संखुवासभा चैनपुर,पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि यहाँका प्रमुख पोखरीहरू हुन।

यहाँ धार्मिक तथा पर्यटकीय महत्वका रमणीय स्थलहरू मनकामना तुम्लिङटार मन्दिर, बानेश्वर महादेव, चैनपुर, खराङ, बाह्रबिसे, खेम्पालुङ शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा, मकालु प्रथम (८,४६३ मिटर), मकालु दोस्रो (७,६७८ मिटर), वरुनत्से (७,१२९ मिटर), चाम्लाङ्ग (७,३१९ मिटर), हिमचुली (६,४२४ मिटर), कुम्भकर्ण (७,१२९ मिटर), मकालु-बरूण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका, मिल्के डाडाँ आदि छन्। यहाँको चैनपुरे करुवाले स्वदेशमा मात्र नभई विदेशमा समेत प्रसिद्धि कमाएकोछ।

प्रमुख नदी, ताल, तलैया[सम्पादन गर्ने]

अरुणनदी, बरुण नदी, संखुवा, सवा, पिलुवा, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा,कासुवा, सिसुवा, सवापोखरी, गुफापोखरी, सिद्धपोखरी, पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि।

प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र[सम्पादन गर्ने]

मनकामना, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ, शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा मकालु प्रथम (८४६३ मी.), मकालु दोस्रो (७६७८ मी.), वरुनत्से (७१२९ मी.), चाम्लाङ्ग (७३१९ मी.), हिमचुली (६४२४ मी.), कुम्भकर्ण (७१२९ मी.), मकालु बरुण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका,मिल्के डाडाँ आदि।

व्यापारिक महत्वका स्थानहरू[सम्पादन गर्ने]

तुम्लिङ्टार विमानस्थल

खाँदबारी, तुम्लिङ्टार, धुपु, चैनपुर, खराङ, त्रिबेणीबजार (बाह्रबिसे , जलजला, सित्तलपाटी, मादिओखरबोटे, आँखिभूईं, सिसुवाटार, सेदुवा मकालु, मुढेशनिश्चरे, किमाथान्का, गुफापोखरी आदि।

दुर्लभ जीवजन्तुहरू[सम्पादन गर्ने]

रुखभालु, पाण्डा, ओत, हिमभालु, हिमचितुवा, बाघ, घोरल, झारल, मृग, चित्तल, हरिण, खरायो, काँडे भ्याकुर, झिंगे फिस्टो, पखेंटे भ्याकुरो आदि।

राजनीतिक विभाजन[सम्पादन गर्ने]

२ वटा निर्वाचन क्षेत्र, ११ वटा ईलाका,५ वटा नगरपालिका, ५ वटा गाउँपालिका

सन्दर्भ[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]