काँडे भ्याकुर
काँडे भ्याकुर | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | T. nipalensis
|
वैज्ञानिक नाम | |
Turdoides nipalensis (Hodgson, 1836) | |
पर्याय | |
Timalia nipalensis |
काँडे भ्याकुर (अङ्ग्रेजी: Spiny Babler) नेपालमा मात्र पाइने पंक्षी हो । विश्वमा अन्त कतै नपाइने काडे भ्याकुर काठमाडौँ, ललितपुरमा पाइन्छ । नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर चितवन र तनहुँमा पनि फेला परेको छ । काँडे भ्याकुर विशेष गरी काठमाडौँको गोदावरी र धादिङको उत्तरी भेगमा पाइने गर्दछ । काँडे भ्याकुर समुद्र सतहबाट १२ सय मिटरभन्दा माथि रहेका पश्चिम नेपालको डोटी र राराताल वरपर पनि न्युन संख्यामा पाइने गरेको छ । काँडे भ्याकुर धादिङको शिद्धलेक गाँउपालीका स्थित नलाङ्गको ढेवा लेकमा अत्याधिक भेटिएको छ । यो नलाङ्गकै फाकफुक भन्ने ठाँउको जंगलमा पनि भेटिएको छ । शिद्धलेक गाँउपालीका यो चराको संरक्षणमा जुटेको छ ।
परिचय
[सम्पादन गर्नुहोस्]नेपालमा मात्र पाइने काँडे भ्याकुर एक दुर्लभ चरा हो। मुख्य गरी यो चरा ललितपुर तथा मकवानपुरका केही जंगलहरूमा मात्र पाइने गर्दछ। यो ढुकुरभन्दा केही सानो र खरानी रंगको हुन्छ। काँडे भ्याकुर १२ सय मिटरभन्दा माथिको भूभागमा बस्न रुचाउँछ। यो चरा करिब २६ सेन्टिमिटर लामो हुन्छ। यसले ओसिलो क्षेत्रमा आहारा खोज्छ। यसले एकपटकमा दुईवटासम्म अण्डा कोरल्छ। काँडे भ्याकुर प्रायः समूहमा बस्न रुचाउँछ। लजालु स्वाभावको यो चरालाई सजिलैसँग फेला पार्न सकिँदैन[१]।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "काँडे भ्याकुर", साप्ताहि, जीवजन्तू, अन्तिम पहुँच पुस १९, २०७० । वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-०७ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
