राराताल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
राराताल
Rara lake 1.JPG
रारा तालको एक दृश्य
रहेको स्थान मुगु जिल्ला
भौगोलिक निर्देशांक २९°३१′३३″उत्तर ८२°०५′२५″पूर्व / २९.५२५७२१° उत्तर ८२.०९०२१०६° पूर्व / 29.525721; 82.0902106निर्देशाङ्क: २९°३१′३३″उत्तर ८२°०५′२५″पूर्व / २९.५२५७२१° उत्तर ८२.०९०२१०६° पूर्व / 29.525721; 82.0902106
अन्तर्वाह unknown
सिंचित क्षेत्र नेपाल
अधिकतम लम्बाई ५.१ किलोमिटर
अधिकतम चौडाई ३.२ किलोमिटर
सतहको क्षेत्रफल १०.८ वर्ग किलोमिटर
अधिक गहिराई १६७ मिटर
पानीको आयतन १ घन किलोमिटर
सतहको उचाई २,९72 मिटर

राराताल (अङ्ग्रेजी: Rara Lake) नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

प्राकृतिक सौन्दर्यता[सम्पादन गर्ने]

दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ। रारातालको अर्को एक थप विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ। रारातालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमालकान्जिरोवा हिमालको मनोरम दृश्य देखिनाको साथै अन्यत्र कहीं नपाइने 'असला' जातको माछा पाइन्छ।

नामकरण[सम्पादन गर्ने]

राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारा दह भनेर चिनिंदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए ।

जलवायु[सम्पादन गर्ने]

ग्रीष्म ऋतुमा रारा ताल निकै सुन्दर छ तर जाडो हुन्छ। सबैभन्दा उत्तम भ्रमण गर्ने  समय सेप्टेम्बर / अक्टोबर र अप्रिलदेखि मईसम्म हुन्छ। डिसेम्बरदेखि मार्च सम्म तापमान पनि जम्ने  प्वाइन्ट भन्दा  तल झर्छ। हिउँद मा भने १ मिटर सम्मको हिउँ पर्ने गरेको छ ।

बर्खा याम मा भने ८० मिलिमिटर सम्म को पानी परेको पर्ने गरेको छ  सामान्यतया तालको सतहको तापमान ७.५ देखि ७.६ डिग्री सेल्सियस सम्म हुने गरेको छ।[१]

चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]