रुपा ताल
रुपा ताल | |
---|---|
रहेको स्थान | कास्की जिल्ला |
भौगोलिक निर्देशांक | २८°८′५५″उ॰ ८४°६′४०″पू॰ / २८.१४८६१°N ८४.१११११°Eनिर्देशाङ्कहरू: २८°८′५५″उ॰ ८४°६′४०″पू॰ / २८.१४८६१°N ८४.१११११°E |
प्रकार | सफा पानी |
अन्तर्वाह | तालबेसी खोला & दोभान खोला |
बहिर्वाह | ताल खोला |
सिंचित क्षेत्रफल | ३० किमी२ (११.६ वर्ग माइल) |
सिंचित क्षेत्र | नेपाल |
सतहको क्षेत्रफल | १.३५ किमी२ (०.५ वर्ग माइल) |
अधिक गहिराई | ६ मी (२० फिट) |
पानीको आयतन | ०.००३२५ किमी3 (०.०००७८ घन माइल) |
सतहको उचाई | ६०० मी |
जम्ने | नजम्ने |
बसोबास | पोखरा महानगर पालीका |
रुपा ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित रमणीय ताल हो । यस नगरपालिकाको तेस्रो ठूलो तालको रूपमा रहेको यस तालको अहिलेको क्षेत्रफल१.१५ वर्ग कि.मि.(११५ हेक्टर) रहेको छ। यस तालले लेखनाथ नगरपालिका(पोखरा महानगर पालिकामा गाभिएर हाल अस्तित्वमा नरहेको)को कुल क्षेत्रफलको १.४% र सम्पुर्ण ताल क्षेत्रको २५% भाग ओगटेको छ । ४.५ देखि ६.०मिटरसम्म गहिराइ भएको यस तालको वर्तमान अवस्था चिन्ताजनक छ । यो ताल नगरपालिकाको वडा नं. १०, ११, १४ र रुपाकोट गाविसको सिमानाभित्र अवस्थित छ । [१]
तालको अर्थव्यवस्था
[सम्पादन गर्नुहोस्]रुपा ताल पोखराको एक प्रमुख पर्यटकिय आकर्षणको गन्तब्य हो । यो तालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकका लागि नौका बिहारको रोमाञ्चक अवसर पाउन सकिन्छ । यस तालमा रुपाताल मत्स्य सहकारी संस्थाको अधिनमा रहेर ब्यवसायीक माछा पालन गरिएको छ । साथै कुनाकानीमा स्थानिय द्वारा निश्चित सर्थको परिधिमा रहेर निजि स्तरमा पनि केज(जाली) बनाएर माछा पालन पनि गरिन्छ ।
यस तालमा सबै भन्दा धेरै टिलापिया माछा पाइन्छ, जुन नेपालको रैथाने जाती भने हैेन । यहाँ पाइने माछाहरु रहु, नैनी, भाकुर, सहर, बिग हेड, हिलेमाछा आदी हुन । पोखराका अन्य ताल भन्दा रुपालतको पानी चिसो भएकाले यहाँका माछा मिठा मानिन्छन् । पोखरामा रुपालात भन्दा बाहेक पनि अरु ८ वटा तालहरू रहेका छन् । ति ताल मध्य सबै भन्दा धेरै चरा पाइने यही ताल हो । चला अबलोकनार्थ सबै भन्दा सहज यही ताल रहेको छ ।
अन्य आकर्षणहरू
[सम्पादन गर्नुहोस्]रूपा बेगनास भ्यू टावर
पचभैया देउराली मन्दिर
माझी कुना
शुन्दरि डाँडा
गोरनाथ मन्दिर
पोखरा चिडियाखाना तथा बन्य जन्तु उद्वार केन्द्र
बेगनास ठुलाकोट