लेखनाथ नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
लेखनाथ

सात तालको सहर[१]
लेखनाथ नगरको दृश्य
लेखनाथ नगरको दृश्य
लेखनाथ is located in गण्डकी प्रदेश
लेखनाथ
लेखनाथ
नक्सामा लेखनाथ नगरपालिकाको अवस्थिति
लेखनाथ is located in नेपाल
लेखनाथ
लेखनाथ
लेखनाथ (नेपाल)
निर्देशाङ्क: २८°३०′उ॰ ८४°१२′पू॰ / २८.५००°N ८४.२००°E / 28.500; 84.200निर्देशाङ्कहरू: २८°३०′उ॰ ८४°१२′पू॰ / २८.५००°N ८४.२००°E / 28.500; 84.200
देशFlag of Nepal.svg नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
नगरपालिकावि.सं. २०५३ माघ ११[२]
समावेश (गाविस)लेखनाथ, राखी, शिशुवा र वेगनास
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)भरतपोखरी
सम्मिलित (मिति)२०७१ मङ्सिर १६[३]
गाभिएको (मनपा)पोखरा लेखनाथ महानगरपालिका
गाभिएको (मिति)वि.सं. २०७३ फाल्गुन २२
क्षेत्रफल
 • जम्मा१२३.११ किमी (४७.५३ वर्ग माइल)
जनसङ्ख्या
 (२०६८)
 • जम्मा७१,४३४
 • घनत्व५८०/किमी (१,५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटपोखरा महानगरपालिका[क]

लेखनाथ नेपालको गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित एक पूर्व नगरपालिका र वर्तमान समयमा पोखरा महानगरपालिकाको एक छिमेकी क्षेत्र हो। साविक लेखनाथ, राखी, शिशुवा र वेगनास गाविसलाई गाभेर वि.सं. २०५३ माघ ११ गते यस नगरपालिकाको गठन भएको थियो। नेपाल सरकार मन्त्रिपरिषद्को वि.सं. २०७१ मङ्सिर १६ गतेको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार तत्कालीन भरतपोखरी गाविस यस नगरपालिकामा समाहित भएको थियो।[५] लेखनाथ मध्य नेपालमा अवस्थित पोखरा उपत्यकाको प्राय: २८ डिग्री ०५" उत्तरदेखि २८ डिग्री १२" उत्तरी अक्षांश र ८४ डिग्री ०८" पूर्वी देशान्तर समथर भागमा रहेको प्राकृतिक सौन्दर्ययुक्त क्षेत्र हो। समुद्र सतहबाट ४९० मिटर उचाइमा रहेको कोत्रे देखि १,२१७ मिटर कोटवारी (सिरानडाँडा) सम्म फैलिएको यस क्षेत्रले पोखरा उपत्यकाको दक्षिण पूर्वी किनारामा प्राय: ठूलाकोटको फेदमा अवस्थित सात ताल समेत १२३.११ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। वि.सं. २०७३ फाल्गुन २२ मा लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका गाभिएर पोखरा महानगरपालिका बनेपछि यो वर्तमान समयमा पोखरा महानगरपालिकाको एक बजार क्षेत्र हो।

इतिहास[सम्पादन गर्ने]

कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल यसै नगरपालिकाको अर्घौ अर्चलेमा पर्ने भएकोले नेपाल अधिराज्यमा नै साहित्यिक श्रष्टामा नामबाट गठित एउटै मात्र नगरपालिका लेखनाथ नगरपालिका रहेको थियो।[६] यस नगरलाई सात तालको बगैंचा सहर भनिन्छ।[१][७] कास्की जिल्लाका तत्कालीन राखी, लेखनाथ, शिशुवा र वेगनास गाविसलाई मिलाएर वि.सं. २०५३ माघ ११ गते यो नगरपालिका घोषणा भएको थियो। वि.सं. २०५३ सालमा नगरपालिका घोषणा भएपछि त्यसको एकवर्षपछि भएको नगरपालिकाको निर्वाचनमा शालीग्राम पौडेल र गोपालमान गुरुङ निर्वाचित पहिलो नगर प्रमुख र उपप्रमुख भएका थिए। तत्कालिन राजा ज्ञानेन्द्रको शासनकालमा विष्णुप्रसाद पोखरेल र मोहनराज वस्नेतलाई करिब सात महिनाका लागि नगर प्रमुख र उपप्रमुखमा मनोनित गरिएको थियो।

भौगोलिक स्थिति[सम्पादन गर्ने]

लेखनाथको कुल क्षेत्रफल १२६.०४ वर्ग किलोमिटर रहेको छ। लेखनाथ नगरक्षेत्र समुद्र सतहबाट ४९० देखि १,२१७ मिटरसम्मको उचाइमा फैलिएको छ। काठमाडौँबाट १९० किलोमिटर पश्चिम र पोखराबाट १० किलोमिटर पूर्वमा रहेको लेखनाथ क्षेत्र पहाड, समथर भू-भाग, थम्काथुम्की र ताल तथा नदी निर्मित भू-भागको समिश्रणस्थल हो। तालैतालको जिल्ला भनेर चिनिने कास्की जिल्लामा रहेको सात तालको बगैंचा सहरको उपनामले परिचित यस नगर क्षेत्रमा पहिले बेगनास, रूपा, मैदी, दिपाङ, खास्टे ताल, न्युरेनीगुँदेसमेत गरी सातवटा सुम्य ताल रहेका छन्।

धार्मिक तथा पर्यटकीय स्थलहरू[सम्पादन गर्ने]

लेखनाथ बजार क्षेत्रमा ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू गोरखनाथ मन्दिर, राधाकृष्ण मन्दिर हुन भने बेगनास ताल, रूपा ताल लगायत ७ वटा ताल, सुन्दरी डाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरू रहेका छन्।[८]

जनसङ्ख्या[सम्पादन गर्ने]

यस क्षेत्रमा दश हजार घरधुरीको बसोबास रहेकोमा ७१,४३४ जनसङ्ख्या छ। शिशुवा यस क्षेत्रको मुख्य मुख्य व्यापारिक केन्द्र रहेको थियो। लोपोन्मुख अवस्थामा रहेको जलाहारी, गन्धर्वकुमाल जाति पनि यस क्षेत्रमा बसोबास गर्दछन्।

पेशा[सम्पादन गर्ने]

जलहारीले तालमा माछा मार्ने, गन्धर्वले गीत गाउने र कुमालले माटाका भाँडाकुँडा बनाएर जीविका चलाउँछन्।[९] यस क्षेत्रको आर्थिक क्रियाकलापमा कृषि, सेवा, व्यापारउद्योग मुख्य छन्। नगरपालिका भएपनि बहुसङ्ख्यक जनताको मुख्य आर्थिक क्रियाकलाप कृषि हो। आर्थिक रूपले सक्रिय कुल जनसङ्ख्याको ८७ प्रतिशत जनता कृषिमा नै निर्भर छन्। यस क्षेत्रको ५३०३ हेक्टरमा खेती गरिन्छ। झिनुवा, जेठोबुढो, ज्याउदीखोले, जर्नेली, पहेंले, विरनफुल तौली, रकनी, मन्सारा, गौरिया, आँगा, नालढुङ्गो, रामसाली, घैयाआदि स्थानीय २१ धानको प्रजाति यहाँ लगाइन्छ।

टिप्पणी[सम्पादन गर्ने]

  1. पुरानो वेबसाइटमा अद्यावधिक हुने छैन किनभने लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका एकआपसमा गाभिएर पोखरा महानगरपालिका बनेको छ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ श्रेष्ठ, सन्देश, "बेगनासमा फिस फेस्टिवल हुने", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०१ 
  2. "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२ 
  3. "शंखरापुर लगायत बिभिन्न नगरपालिका घोषणा", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२ 
  4. "लेखनाथ नगरपालिका", अन्तिम पहुँच १० अक्टोबर २०१८ 
  5. "शंखरापुर लगायत बिभिन्न नगरपालिका घोषणा", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२ 
  6. "नेपालका प्रमुख १० पर्यटकीय स्थलहरू - समायोजन खबर", समायोजन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०१ 
  7. "लेखनाथको बजेट साढे २६ करोड, जग्गा प्लटिङमा कडाई यथावत", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०१ 
  8. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 
  9. "बेगनासमा माछा महोत्सव", साप्ताहिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०१ 

बाह्य कडीहरू[सम्पादन गर्ने]