बेगनास ताल
बेगनास ताल | |
---|---|
![]() बेगनास ताल को एक दृश्य। | |
रहेको स्थान | कास्की जिल्ला |
भौगोलिक निर्देशांक | २८°१०′२६.२″उ॰ ८४°०५′५०.४″पू॰ / २८.१७३९४४°N ८४.०९७३३३°Eनिर्देशाङ्कहरू: २८°१०′२६.२″उ॰ ८४°०५′५०.४″पू॰ / २८.१७३९४४°N ८४.०९७३३३°E |
प्रकार | प्राकृतिक सफापानी[१] |
अन्तर्वाह | स्यान्खुदी तथा तालबेसी[१] |
बहिर्वाह | खुदी खोला'[१] |
सिंचित क्षेत्रफल | ४९ वर्ग किलोमिटर[२][३] |
सिंचित क्षेत्र | नेपाल ![]() |
सतहको क्षेत्रफल | ३.२८ वर्ग किलोमिटर |
औसत गहिराई | ६.६ मिटर |
अधिक गहिराई | १० मिटर |
पानीको आयतन | ०.०२९०५ घन किलोमिटर |
सतहको उचाई | ६५० मिटर[३] |
जम्ने | नजम्ने |
टापूहरू | छैन |
बसोबास | बेगनास, लेखनाथ, सिसुवा |
बेगनास ताल कास्की जिल्लाको लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो । यो ताल पोखराको दोस्रो र नेपालको सबैभन्दा ठूलो ताल मानिन्छ । लेखनाथ नगरपालिकाको सबैभन्दा ठूलो तालको रूपमा रहेको यस तालको क्षेत्रफल ३.७३ वर्ग कि. मि. (३७३ हेक्टर ) रहेको छ । यस तालले लेखनाथ नगरपालिकाको कुल क्षेत्रफलको ४.७% र सम्पुर्ण ताल क्षेत्रको ८१% भाग ओगटेको छ । ७.५ देखि १०.६ मिटर गहिराइ भएको यस तालमा बि.स. २०४४ सालमा बाँधबाधेपछि २२० हेक्टरबाट बढि ३७३ हेक्टर पुगेर कूल क्षेत्रपल १५३ हेक्टर बृद्धि भएको छ । यहि बाँधबाट निकालिएको नहरले नगरपालिकाको खुदी फाँट र मालमूल फाँटमा सिंचाइ सुबिधा हुँदै आएको छ । [४]
आर्थिक अवस्था[सम्पादन गर्ने]
बेगनास ताल संगै रहेको रिसॉर्ट क्षेत्रमा पोखरा आउने पर्यटकको लागि एउटा लोकप्रिय गन्तब्यको रूपमा रहेको छ ।[५] यस तालको पानीलाई सिंचाईको लागि प्रयोग गर्ने गरिन्छ र तालको केहि हिस्सामा माछा पालन गरेर सो क्षेत्रको उपयोग गर्ने गरिन्छ । बेगनास तालको कयों क्षेत्रमा दलदल रहेको हुनाले सो क्षेत्रमा हाल धानको खेति गर्ने गरिन्छ ।[६]
बेगनास ताल पोखरा शहरको एक प्रमुख पर्यटकिय आकर्षणको गन्तब्य हो । यो तालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकका लागि नौका बिहारको रोमाञ्चक अवसर पाइन्छ । फेवा ताल पछि सबै भन्दा धेरै पयर्टक आउने यही ताल हो । यस तालमा मत्स्य सहकारी संस्थाको अधिनमा रहेर ब्यवसायीक माछा पालन गरिन्छ । साथै कुनाकानीमा स्थानिय द्वारा निश्चित सथको परिधिमा रहेर निजि स्तरमा पनि केज(जाली) बनाएर माछा पालन गरिन्छ ।
यस तालमा सबै भन्दा धेरै टिलापिया माछा पाइन्छ । यो तातो पानीमा फस्टाउने अफ्रिकन जातको माछा हो, नेपालको रैथाने जाती भने हैेन । यहाँ पाइने स्थानिय माछाहरूमा रहु, नैनी, भाकुर, सहर, हिलेमाछा आदी पदर्छन् । पोखरामा बेगनास ताल भन्दा बाहेक पनि अरु ८ वटा तालहरू रहेका छन् ।
अन्य आकर्षणहरू[सम्पादन गर्ने]
रूपा बेगनास भ्यू टावर
माझी कुना
शुन्दरि डाँडा
गोरनाथ मन्दिर
पोखरा चिडियाखाना तथा बन्य जन्तु उद्वार केन्द्र
बेगनास ठुलाकोट
चित्र दीर्घा[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ १.२ Oli, Krishna Prasad (१९९७), A local level conservation strategy for Begnas and Rupa lake watershed area, Kathmandu, Nepal: International Union for Conservation of Nature and Natural Resources, Nepal. Rāshṭriya Yojanā Āyoga, Nepal National Conservation Strategy Implementation Programme।
- ↑ National Lake Conservation Development Committee (२०१०), Conservation of Begnas Lake, Nepal: A Case of Conflict to Collective Action in Resource Sharing (Multiple Water Use), Shiga University, Japan: Outline of Lake Basin Governance Research Promotion Activities, 2008-2010।
- ↑ ३.० ३.१ Rai, Ash Kumar (२०००), "Limnological characteristics of subtropical Lakes Phewa, Begnas, and Rupa in Pokhara Valley, Nepal", Limnology 1 (1): ३३-४६, डिओआई:10.1007/s102010070027।
- ↑ लेखनाथ नगरपालिकाको धार्मिक तथा पर्यटकिय स्थलहरु र त्यहाँ रहेका सात तालहरूको विवरण, लेखनाथ नगरपालिका
- ↑ Kawamura, Masahiro (जुन २०११), "One Village One Product agrotourism promotion: Perceptions of visitors to Begnas area", JICA।
- ↑ Wagle, Suresh Kumar; Gurung, Tek Bahadur; Bista, Jay Dev; and Rai, Ash Kumar (जुलाई–सेप्टेम्बर २००७), "Cage fish culture and fisheries for food security and livelihoods in mid hill lakes of Pokhara Valley, Nepal: Post community based management adoption", Aquaculture Asia 12 (3): 21–29, आइएसएसएन 0859-600X।
|coauthors=
प्यारामिटर ग्रहण गरेन (सहायता)
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा बेगनास ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |