घोडाघोडी ताल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
घोडाघोडी ताल
Ghodaghodi Lake1.JPG
रहेको स्थान कैलाली जिल्ला
भौगोलिक निर्देशांक २८°४१′००″ उत्तर ८०°५६′४५″ पूर्व / २८.६८३३३° उत्तर ८०.९४५८३° पूर्व / 28.68333; 80.94583निर्देशाङ्क: २८°४१′००″ उत्तर ८०°५६′४५″ पूर्व / २८.६८३३३° उत्तर ८०.९४५८३° पूर्व / 28.68333; 80.94583
प्रकार ताल
सिंचित क्षेत्र नेपाल
अधिकतम लम्बाई १.३८ किलोमिटर
सतहको क्षेत्रफल २०.५६३ वर्ग किलोमिटर
औसत गहिराई ४ मिटर
सतहको उचाई २०५ मिटर
नामाङ्कित अगस्ट २००३
कमलको फूलले ढाकेको घोडाघोडी ताल

घोडाघोडी ताल सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो । यो स्थल कैलाली जिल्लाको "वनबहेडा" र "सुखड"को विचमा पर्ने जंगलमा पर्दछ । पूर्व पश्चिम राजमार्गको छेउमै अवस्थीत यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिईएको छ । योगी नरहरी नाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही चिन्हहरू पत्ता लगाएर यो ताल महाभारत काल भन्दा पनि पहिलेबाट नै एक पवित्र तिर्थस्थल थियो भन्ने सावित गरेका थिए । यो तालको इतिहास थारू समुदायसँग गाँसिएको छ । स्थानीय किम्बदन्ती अनुसार यो ताल सातवटा थारू जातिको बसोबास रहेको गाउँ डुबेर बनेको मानिन्छ र यस तालको आकर मानिसको हात जस्तै छ ।[स्रोत नखुलेको]

नामाकरण[सम्पादन गर्ने]

किम्बदन्ती अनुसार प्राचिनकालमा यो स्थानमा एउटा सुन्दर गाँउ थियो । तर पछि एक रातभर परेको पानीले उक्त स्थानलाई तालमा परिणत गरायो । त्यसपछि त्यहाँका राजाले पहिला भाले र केही समय पछि पोथी घोडालाई त्यस क्षेत्रको अनुगमन गर्न पठाएछन । तर दुबै घोडाहरू गन्तव्यमा नपुगि मरेछन । त्यसपछी ती राजाले उक्त स्थानमा कुनै दैवीशक्ति भएको बिचार गरी त्यस स्थानमा मन्दिर निर्माण गर्न लगाए । तिनै मृत घोडाघोडी सम्झनामा त्यो मन्दिर र ताललाई घोडाघोडी भन्न थालियो ।[१]

भौगोलिक अवस्था[सम्पादन गर्ने]

पूर्व-पश्चिम राजमार्गमा पर्ने धनगढी बजारबाट करिब ५३ किलोमिटर पूर्वमा पर्ने यो ताल कैलाली जिल्लाका दरख, रामशिखरझालासाँडेपानी गाविसहरूको सिमानामा अवस्थित छ । २८°४१'०३ उत्तरी अक्षांस र ८०°५६'४५ पूर्वी देसान्तरमा पर्ने यो ताल समुन्द्री सतह देखि २०५ मिटर उचाइमा रहेको छ । करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल करिब १३८ हेक्टर छ । यो ताल १९ वटा औंला भएको हत्केला आकारको छ । यस आसपासमा रहेक अन्य १३ वटा ससाना तालहरू समेत गरेर उक्त सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल मात्र दुइसय ४८ हेक्टर रहेको छ ।[१] यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रहेको छ ।

हवाई दृश्यबाट अवलोकन गर्दा एउटा तालको सीमा टुङ्गिन नपाउँदै अर्को ताल सुरु हुने तालै तालको माला झैं लाग्छ, घोडाघोडी क्षेत्र । पूर्व पश्चिम राजमार्गको छेऊमै रहेको यो ताल क्षेत्र दुर्लभ चराचुरिङ्गीले विचरण गर्ने शान्त भूमि अनि सुरक्षित बासस्थान हो । विश्व जलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीहरूलाई अझसम्म पनि यो तालले संरक्षण दिइरहेका पाइएपछि सन् २००३ अगस्त १३ गते विश्व रामसार सूचीमा सूचिकृत भएको छ । यूरोप, अमेरिका तथा दक्षिण एसियाली मुलुकका कतिपय प्रकृति संरक्षणविद्, अनुसन्धानकर्ताका लागि यो क्षेत्र ज्यादै महत्वपूर्ण भएपनि नजीकको तीर्थ हेला भनेझैं घोडाघोडी ताल वरिपरिका बासिन्दाको क्रियाकलापबाट दिनदिनै क्षतविक्षत हुँदै गएको छ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा तराई क्षेत्रमा पाइने प्राकृतिक तालहरूमध्ये सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको ताल क्षेत्र यो नै हो । विश्वभरका एक हजार ३१४ वटा रामसार क्षेत्र मध्य केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यो ताल क्षेत्रमा मात्र पाइन्छन् । त्यसैले पनि विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताको दृष्टिले यो ताल क्षेत्रको संरक्षण गर्नु जरुरी भएको हो । हालसम्मको अध्ययन अनुसार यहाँ ४५० प्रजातिका वनस्पति मात्र पाइने गरेका छन ।[स्रोत नखुलेको] सालका प्रजातिमा निकै बहुमूल्य मानिने र औषधिका रूपमा पनि प्रयोगमा आउने सतिसाल, साज, खयरको घना जङ्गल यहाँको विशेषता हुन । ताल क्षेत्रमा पाइने जङ्गली धानको संरक्षणका लागि अध्ययन, अनुसन्धान र वीऊ जोगाऊ कार्यक्रम सञ्चालन गरिएको छ ।

घोडाघोडी तालको छेउमा भगवान शिवको मन्दिरका कारणले यो क्षेत्र धार्मिक दृष्टिले समेत आस्थाको केन्द्रका रूपमा रहेको छ । माघे सङ्क्रान्ति, शिवरात्री, मङ्सिर पञ्चमीका दिनमा यो क्षेत्रमा ठूला धार्मिक मेला समेत यहाँ धार्मिक पर्यटनको महत्व बढ्नु स्वभाविक हो । धार्मिक अनुष्ठानमा प्रयोगमा आउने रातो कलमको बासस्थानको संरक्षणका लागि स्थानीय बासिन्दासँग मिलेर ताल सरसफाई कार्यक्रम नियमित रूपमा हुँदै गरेको छ ।

चित्र दिर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ "पर्यटकीय क्षेत्र", जिविस कैलाली