सामग्रीमा जानुहोस्

शिव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिव
शिवलाइ शान्ताकृती स्वरुपमा दर्साउने मूर्ति
वर्ग:महादेव (त्रिमुर्ति)
वासस्थान:कैलाश पर्वत[]
मन्त्र:ॐ नमः शिवाय
अश्त्र:त्रिशूल
जीवनसाथी:सती, पार्वती
वाहन:नन्दी (साँढे)

शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन्। भगवानको तीन रूपहरू मध्य शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ। हिन्दू धर्मका विभिन्न सम्प्रदायमध्य शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन्। शिवलाई प्रायः जसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ।

वेदमा यिनको नाम रुद्र भनिएको छ। यीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन्। यिनको अर्धाङ्गिनी (शक्ति)को नाम पार्वती हो। यिनका दुईवटा पुत्रहरू छन्, जसमा एक स्कन्द र अर्का गणेश हुन्। हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्ठीकर्ता हुन् भने भगवान विष्णु यो संसारको पालन कर्ता र शिव यो संसारका संहार कर्ता हुन्। श+िव= शिव मिलेर बनेको शिवको नामको "ि" लाई हटाएमा "शव" शब्द बन्छ तसर्थ शिवलाई जिव अथवा प्राण भनेर चिनिन्छ। शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ। देहमा ब्रह्माको स्थान शिरमा छ, विष्णुको स्थान हृदय अथवा शरिरको मध्य भागमा छ र शिवको स्थान कमर भन्दा तलको भागमा छ। त्यसैले भगवान शिवलाई शिवलिंगको रूपमा पूजा गरिन्छ। शिव अधिकतर चित्रहरूमा योगीको रूपमा देखिन्छन् र उनको पूजा लिंगको रूपमा गरिन्छ। भगवान शिवलाई संहारको देवता भनिन्छ। भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन्। अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ। सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन्। त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन्। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यीनी काल महाकाल नै ज्योतिष शास्त्रका आधार हुन्। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले संधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन्। भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ।

शिवका विशेषताहरू

[सम्पादन गर्नुहोस्]
  • तेस्रो आँखा भएका (त्र्यम्बकम्)
  • निलो घाँटी भएका (नीलकण्ठ)
  • जटा परेको कपाल (जटाधारी)
  • शिरमा गंगा भएका (गङ्गाधर)
  • शरीरमा खरानी धस्ने (भष्मांगर)
  • बाघको छाला ओढ्ने (बाघम्बर)
  • सर्पको माला धर्ने (नागेन्द्र हाराय)
  • डमरू तथा त्रिशुल धारी
  • साँढे (नन्दी) वाहन भएका
  • कैलास निवासी
  • पार्वतीका पति

भगवान शिवलाई नमस्कार:

[सम्पादन गर्नुहोस्]
  • शिव प्रार्थना:-
नमः शम्भवाय च मयोभवाय च नमः शन्कराय च मयस्कराय च नमः शिवाय च शिवतराय च।। ईशानः सर्वविद्यानामीश्वरः सर्वभूतानां ब्रह्माधिपतिर्ब्रह्मणोऽधिपतिर्ब्रह्मा शिवोमा अस्तु सदाशिवोम।।
  • शिव गायत्री
तत्पुरुषाय विद्महे महादेवाय धीमहि। तन्नो रुद्रः प्रचोदयात।

शिवमा परस्पर विरोधी भावहरूको सामंजस्य हेर्न पाइन्छ। शिवको टाउकोमा एकातिर चन्द्रमा छ, भने दोस्रो तिर महाविषधारी सर्प पनि उनको घाँटिमा माला छ। उनी अर्धनारीश्वर भएर पनि कामजित छन्। गृहस्थ भएर पनि श्मशानवासी, वीतरागी छन्। सौम्य, आशुतोष भएर पनि भयंकर रुद्र छन्। शिव परिवार पनि यसले अछूता छैनन्। उनको परिवारमा भूत-प्बालुवा, नंदी, सिंह, सर्प, मयूर तथा मूषक सबैको समभाव देख्न सकिन्छ। उनी स्वयं द्वंद्वहरू देखि रहित सह-अस्तित्वको महान विचारका परिचायक छन्। यस्तो महाकाल शिवको आराधनाको महापर्व शिवरात्री हो।

शिवरात्रि व्रतको पारणा चतुर्दशीमा नै गर्नु पर्छ। जुन चतुर्दशीमा पारणा गर्दछ, त्यो समस्त तीर्थहरूको स्नानको फल प्राप्त गर्दछ। जुन मनुष्य शिवरात्रिको उपवास गर्दैन, त्यो जन्म-मरणको चक्रमा घुम्दै रहन्छ। शिवरात्रिको व्रत गर्ने यस लोकको समस्त भोगहरूलाई भोगेर अन्तमा शिवलोकमा जान्छन्।[]

शिवरात्रिको पूजा रात्रिको चारै प्रहरमा गर्नु पर्छ। शिवको बिल्वपत्र (बेलको पात]] , धतुरोको फूल, प्रसादमा भाङ, चरस अति प्रिय छन्। एवम् यिनको पूजाको लागि दूध, दही, घिउ, सख्खर, मह यिनी पाँच अमृत जसलाई पञ्चामृत भनिन्छ, पूजनमा यिनीहरूको उपयोग गर्नु पर्छ। एवम् पञ्चामृतले स्नान गराएर यसपछि इत्र चढाई जनै पहिर्‍याउने । अन्तमा भाङको प्रसाद चढाउने । जुन व्यक्ती यो व्रत संधै गर्न असमर्थ छ, व्रत बाह्र या चौबीस वर्ष गर्नु पर्छ। शिवको त्रिशूल र डमरूको ध्वनि मङ्गल, गुरु देखि संबद्ध छन्। चन्द्रमा उनको मस्तकमा विराजमान भएर आफ्नो कान्ती देखि अनन्ताकाशमा जटाधारी महामृत्युंजयलाई प्रसन्न राखेमा बुधादि ग्रह समभावमा सहायक बन्दछन्। सप्तम भावको कारक शुक्र शिव शक्तिको सम्मिलित प्रयासले प्रजा एवं जीव सृष्टिको कारण बताइन्छ। महामृत्युञ्जय मन्त्र शिव आराधनाको महामन्त्र हो।

ज्योतिर्लिंग

[सम्पादन गर्नुहोस्]

भगवान शिवका १२ वटा ज्योतिर्लिंग छन्। ति यस प्रकार रहेका छन्:-

स्थानज्योतिर्लिंग
सौराष्ट्र प्रदेशको (काठियावाड)सोमनाथ
श्रीशैलमल्लिकार्जुन
उज्जैनमहाँकाल
ॐकारेश्वरअमलेश्वर
परलीवैद्यनाथ
डाकिनी नामक स्थानभीमशङ्कर
सेतुबंधरामेश्वर
दारुकावननागेश्वर
काशीविश्वनाथ
गौतमी (गोदावरी)को तटयम्बकेश्वर
हिमालयको केदारखण्डकेदारनाथ
शिवालयघुश्मेश्वर

[क] धेरै विद्वानहरूको मतानुसार माथि उल्लेखीत १२ ज्योतिर्लिंगहरूमा केदारनाथ र नेपाल पशुपतिनाथलाई मिलाएर एक ज्योतिर्लिंग मानिन्छ। महाभारतको युद्व पछि पाण्डवहरू गोत्र हत्याको पापबाट मुक्त हुनको लागि भगवा शिवको दर्शन गर्न जाँदा भगवान शिवले केदारखण्डमा पशुको रुप धारण गरेर चर्दै गरेका थिए। पाण्डवहरू आएको देखेर पशुरुपी शिव जमिनमा भसिए पछि पाण्डवहरूले पशुरुपी शिवको पुछरमा समातेर तान्न थाले। त्यसै बेला भगवान शिव जमिनमा भासिएर नेपालमा टाउको निकालेकाले केदारनाथमा पुछर र नेपालमा शिर मिलाएर एक ज्योतिर्लिंग मानिन्छ।[] [क] हिन्दुहरूको मान्यता छ कि जुन मनुष्य प्रतिदिन प्रात:काल र संध्याको समय यिनी बाह्र ज्योतिर्लिङ्गहरूको नाम लिन्छ, उनको सात जन्महरूमा गरेको पाप भए पनि यिनी लिंगहरूको स्मरण मात्र गरेमा नास हुन्छ। []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. For the name Kailāsagirivāsī (Sanskrit कैलासिगिरवासी Bengali:বাবা সিভ ), "With his abode on Mount Kailāsa", as a name appearing in the Shiva Sahasranama, see: Sharma 1996, p. 281.
  2. शिवपुराण
  3. केदारनाथको महिमा नामक हिन्दी पुस्तक
  4. शिवपुराण


बाहिरी कडीहरू

[सम्पादन गर्नुहोस्]

Shiv Ji Ki Aarti अभिलेखिकरण २०२०-०७-१० वेब्याक मेसिन (शिवको आरती) BhaktiSansar.in Viewed on 2020-08-01.

"https://ne.wikipedia.org/w/index.php?title=शिव&oldid=1307682" बाट अनुप्रेषित