अक्का महादेवी

अक्का महादेवी (११३०–११६०) कन्नड साहित्यकी एक प्रारम्भिक महिला कवि[१] र १२औँ शताब्दीमा स्थापना भएको हिन्दु धर्मको लिङ्गायत सम्प्रदायकी प्रमुख व्यक्तित्व थिइन्।[२] उनका ४३० वटा वचनहरू (स्वतस्फूर्त आध्यात्मिक कविताहरूको रूप), र 'मन्त्रोगोप्य' तथा 'योगाङ्गत्रिविधि' नामका दुई छोटो रचनाहरू कन्नड साहित्यमा उनका प्रमुख योगदान मानिन्छन्।[३] "अनुभव मण्डप"मा आयोजित आध्यात्मिक छलफलहरूमा उनको उच्च स्थानको सम्मानस्वरूप बसवन्न, सिद्धराम र अल्लामप्रभु जस्ता सन्तहरूले उनलाई 'अक्का' ("ठुली दिदी" वा "आमा") उपाधि दिएका थिए।[४] उनलाई कन्नड साहित्य र कर्नाटकको इतिहासमा एक प्रमुख महिला व्यक्तित्वको रूपमा मानिन्छ। उनले भगवान् शिव ("चेन्न मल्लिकाार्जुन") लाई आफ्नो पतिको रूपमा स्वीकार गरेकी थिइन् (जसलाई परम्परागत रूपमा भक्ति भावको 'माधुर्य भाव' मानिन्छ)।[५]
जीवनी
[सम्पादन गर्नुहोस्]अक्का महादेविको जन्म सन् ११३० को आसपास भारतको कर्नाटक राज्यको शिमोगा नजिकै रहेको उडुतडीमा भएको थियो।[६][७] केही विद्वानहरूका अनुसार उनी निर्मलशेट्टी र सुमति दम्पतीको छोरीको रूपमा जन्मिएकी थिइन्, जो दुवै शिवका भक्त थिए।[८] पाश्चात्य स्रोतहरूका अनुसार उनको जीवनका बारेमा धेरै कम जानकारी उपलब्ध छ, यद्यपि मौखिक परम्परा र उनका आफ्नै कविताहरूका आधारमा उनका बारेमा विभिन्न भारतीय सन्त-जीवनी, लोककथा र पौराणिक दाबीहरू गरिएका छन्। उदाहरणका लागि, उनका रचनाहरूमध्ये एउटामा शिवको भक्तिमा समर्पित हुन आफ्नो जन्मस्थान र परिवार छोडेको अनुभव उल्लेख भएको देखिन्छ।[६]
सुजी थारू र के. ललिताले उल्लेख गरे अनुसार कौशिक नामका एक स्थानीय जैन राजाले उनीसँग विवाह गर्न चाहेका थिए, तर उनले शिवप्रतिको भक्ति मार्ग रोज्दै राजाको प्रस्ताव अस्वीकार गरिदिएकी थिइन्।[६] यद्यपि, यी विवरणहरूको आधार मानिएका मध्यकालीन स्रोतहरू अस्पष्ट र अनिर्णायक छन्।[९] ती स्रोतहरूमा उनका कविता वा 'वचन'हरूको सन्दर्भ समावेश छ, जसमा उनले राजासँग विवाह गर्नका लागि तीनवटा शर्तहरू राखेकी थिइन्; जसमा राजासँग समय बिताउनुको सट्टा भक्तिमा वा अन्य विद्वान र धार्मिक व्यक्तित्वहरूसँग छलफलमा समय बिताउने छनोटको अधिकार पनि समावेश थियो।[८] मध्यकालीन विद्वान तथा कवि हरिहरले आफ्नो जीवनीमा यो विवाह केवल नाम मात्रको थियो भन्ने सुझाव दिएका छन् भने चामसारका अन्य विवरणहरूले ती शर्तहरू स्वीकार नगरिएकाले विवाह नै नभएको उल्लेख गरेका छन्।[८]
हरिहरको विवरण अनुसार जब राजा कौशिकले उनले राखेका शर्तहरूको उल्लङ्घन गरे, तब अक्का महादेविले कपडासहित आफ्ना सम्पूर्ण सम्पत्ति त्यागेर भगवान् शिवको धाम श्रीशैलमतर्फ यात्रा गर्न दरबार छोडिन्।[८] अन्य वैकल्पिक विवरणहरूका अनुसार अक्का महादेविको यो त्यागको कार्य राजाको प्रस्ताव अस्वीकार गरेपछि राजाले दिएको धम्कीको प्रतिक्रिया स्वरूप थियो।[१०] यात्राको क्रममा उनले कल्याण सहरको भ्रमण गरेको सम्भावना छ, जहाँ उनले लिङ्गायत आन्दोलनका दुई प्रमुख व्यक्तित्वहरू अल्लामा र बसवलाई भेटेकी थिइन्।[६] आफ्नो जीवनको अन्त्यतिर उनले श्रीशैलम पर्वततर्फ यात्रा गरी तपस्वीका रूपमा जीवन बिताएकी थिइन् र सोही ठाउँमा उनको निधन भएको भनि विश्वास गरिन्छ।[६] अक्का महादेविको नाममा रहेको एक 'वचन' अनुसार जीवनको अन्त्यतिर राजा कौशिकले उनलाई भेटेर क्षमायाचना गरेका थिए।[८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Hipparagi, Abhijit (३० जुलाई २०१३), "Interesting Facts About Karnataka: Kannada's First", अन्तिम पहुँच १४ अप्रिल २०१८।
- ↑ "banajiga debate "Making Sense of the Lingayat vs Veerashaiva Debate".", मूलबाट २६ डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मार्च २०१८।
- ↑ "Biography of a mystic poet", The Hindu, २६ सेप्टेम्बर २००६, अन्तिम पहुँच १४ अप्रिल २०१८ – www.thehindu.comद्वारा।
- ↑ Mudde, Raggi (२०११-०९-२३), "An Epitome of Feminism - Akka Mahadevi", Karnataka.com (en-USमा), अन्तिम पहुँच २०२४-०२-०५।
- ↑ Mudaliar, Chandra Y (१९९१), "Religious Experiences of Hindu Women: A Study of Akka Mahadevi", Mystics Quarterly 17 (3): 137–146, आइएसएसएन 0742-5503, जेएसटिओआर 20717064।
- 1 2 3 4 5 Tharu, Susie; Lalita, K. (१९९१-०१-०१), Women Writing in India: 600 B.C. to the early twentieth century (अङ्ग्रेजीमा), Feminist Press at CUNY, पृ: 78, आइएसबिएन 9781558610279।
- ↑ "A pleasant surprise for the people", The Hindu, २२ मार्च २००६, अन्तिम पहुँच १४ अप्रिल २०१८ – www.thehindu.comद्वारा।
- 1 2 3 4 5 Mudaliar, Chandra Y (१९९१-०१-०१), "Religious Experiences of Hindu Women: A Study of Akka Mahadevi", Mystics Quarterly 17 (3): 137–146, जेएसटिओआर 20717064।
- ↑ Ramaswamy, Vijaya (१९९२-०१-०१), "Rebels — Conformists? Women Saints in Medieval South India", Anthropos 87 (1/3): 133–146, जेएसटिओआर 40462578।
- ↑ Michael, R. Blake (१९८३-०१-०१), "Women of the Śūnyasaṃpādane: Housewives and Saints in Vīraśaivism", Journal of the American Oriental Society 103 (2): 361–368, जेएसटिओआर 601458, डिओआई:10.2307/601458।