भविष्य पुराण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भविष्य पुराण
चित्र:भविष्यपुराण.gif
गीताप्रेस गोरखपुरको आवरण पृष्ठ
लेखकवेदव्यास
देशभारत
भाषासंस्कृत
संस्करणपुराण
विषयभारतिय इतिहास
प्रकारहिन्दू धार्मिक ग्रन्थ
पृष्ठ१४,५०० श्लोक

भविष्य पुराण विषय-वस्तु एवं वर्णन-शैलीको दृष्टिले अत्यन्त उच्च कोटिको छ। यसमा धर्म, सदाचार, नीति, उपदेश, धेरै आख्यान, व्रत, तीर्थ, दान, ज्योतिष एवं आयुर्वेद शास्त्रका विषयहरूको अद्भुत सङ्ग्रह गरिएको छ। वेताल-विक्रम-संवादका रूपमा कथा-प्रबन्ध यसमा अत्यन्त रमणीय छ।[१] यसका अतिरिक्त यसमा नित्यकर्म, संस्कार, सामुद्रिक लक्षण, शान्ति तथा पौष्टिक कर्म आराधना र अनेक व्रतहरूको पनि विस्तृत वर्णन छ। [२] भविष्य पुराणमा भविष्यमा होने वाली घटनाहरू का वर्णन है। इससे पता चलता है ईसा और मुहम्मद साहब[३] को जन्मभन्दा धेरै अघि भविष्य पुराणमा महर्षि वेद व्यासले पुराण ग्रन्थ लेखेका समयमा मुस्लिम धर्मको उद्भव र विकास तथा ईसा मसीह तथा उनीद्वारा प्रारम्भ गरिएका ईसाई धर्मका विषयमा लेखिदिएकाथिए।[४]

यो पुराण भारतवर्षको वर्तमान समस्त आधुनिक इतिहासको आधार हो भनेर पण्दितहरू भन्दछन्। यसका प्रतिसर्गपर्वका तृतीय तथा चतुर्थ खण्डमा इतिहासको महत्त्वपूर्ण सामग्री विद्यमान छ। इतिहास लेखकहरूले प्रायः यसैको आधार लिएको मान्दछन्। यसमा मध्यकालीन हर्षवर्धन आदि हिन्दू राजाहरू र अलाउद्दीन, मुहम्मद तुगलक, तैमूरलंग, बाबर तथा अकबर आदिको प्रामाणिक इतिहास निरूपित छ। यसका मध्यमपर्वमा समस्त कर्मकाण्डको निरूपण गरिएकोछ। यसमा वर्णित व्रत र दानसित सम्बद्ध विषय पनि अत्यन्त महत्त्वपूर्ण छन्। यति विस्तारसित व्रतहरूको वर्णन न कुनै पुराण, धर्मशास्त्रमा पाइन्छ र न कुनै स्वतन्त्र व्रत-संग्रहको पुस्तकमा। हेमाद्रि, व्रतकल्पद्रुम, व्रतरत्नाकर, व्रतराज आदि परवर्ती व्रत-साहित्यमा मुख्यरूपले भविष्यपुराणको नैं आश्रय लिइएकोछ।

विस्तार[सम्पादन गर्नुहोस्]

भविष्य पुराणको अनुसार, यसका श्लोकहरूको संख्या पचास हजार जति हुनुपर्ने, तर वर्तमानमा जम्मा १४,००० श्लोक नै उपलब्ध छन्। विषय-वस्तु, वर्णनशैली तथा काव्य-रचनाको द्रष्टिले भविष्यपुराण उच्चकोटिको ग्रन्थ हो। यसमा धर्म, सदाचार, नीति, उपदेश, आख्यान-साहित्य, व्रत, तीर्थ, दान, ज्योतिष एवं आयुर्वेदसित सम्बन्धित विषयहरूको अद्भुत संयोजन छ। इयसका कथाहरू रोचक तथा प्रभावोत्कपादक छन्। यो पुराण ब्रह्म, मध्यम, प्रतिसर्ग तथा उत्तर-इन चार प्रमुख पर्वहरूमा विभक्त छ। मध्यमपर्व तीन तथा प्रतिसर्गपर्व चार अवान्तर खण्डहरूमा विभक्त छ। पर्वहरू भित्र अध्यायहरू छन्, जसको जम्मा संख्या ४८५ छ। यो पुराण भगवान् सूर्यको महत्ताको सुन्दर प्रतिपादक हो। प्रतिसर्गपर्वका द्वितीय खण्डका २३ अध्यायहरू वेताल-विक्रम-सम्वादका रूपमा कथा-प्रबन्ध छ, यो अत्यन्त रमणीय तथा मोहक छ, रोचकताको कारण नैं यो कथा-प्रबन्ध गुणाढयको ‘बृहत्कथा’, क्षेमेन्द्रको ‘बृहत्कथा-मंजरी, सोमदेवको ‘कथा-सरित्सागर’ आदिमा वेतालपञ्चविंशतिका रूपमा संगृहीत भएकोछ। भविष्य पुराणका यिनै कथाहरूको नाम ‘वेतालपञ्चविंशति’ अथवा ‘वेतालपञ्चविंशतिका’ हो। यस प्रकार प्रतिसर्ग पर्वका द्वितीय खण्डका २४ देखि २९ अध्यायहरूसम्म उपनिबद्ध ‘श्रीसत्यनारायण व्रतकथा’ कथा छ। उत्तरपर्वमा वर्णित व्रतोत्सव तथा दान-माहात्म्यसित सम्बद्ध कथाहरू छन्। ब्राह्मपर्व तथा मध्यमपर्वका सूर्य-सम्बन्धी कथाहरू रोचक छन्। आल्हा-उदलका इतिहासको प्रसिद्ध आख्यान यसै पुराणमा आधारित छ।

संक्षिप्त कथा[सम्पादन गर्नुहोस्]

यस पुराणमा क्रमश: चार पर्व छन्-

ब्राह्म पर्व
भविष्यका घटनासित सम्बन्धित यस पन्द्र हजार श्लोकहरूको महापुराणमा धर्म, आचार, नागपञ्चमी व्रत, सूर्यपूजा, स्त्री प्रकरण आदि छन्। यस पर्वको आरम्भमा महर्षि सुमंतु एवं राजा शतानीकको संवाद छ। यस पर्वमा मुख्यत: व्रत-उपवास पूजा विधि, सूर्‍योपासनाको माहात्म्य र यीसित् जोडिएको कथाहरूको विवरण छ।
मध्यम पर्व
मध्यमपर्वमा समस्त कर्मकाण्डको निरूपण छ। यसमा वर्णित व्रत र दानसित सम्बद्ध विषय पनि अत्यन्त महत्त्वपूर्ण छन्। युयति विस्तारसित व्रतहरूको वर्णन न कुनै पुराण, धर्मशास्त्रमा पाइन्छ र न कुनै स्वतन्त्र व्रत-संग्रहको पुस्तकमा। हेमाद्रि, व्रतकल्पद्रुम, व्रतरत्नाकर, व्रतराज आदि परवर्ती व्रत-साहित्यमा मुख्यरूपले भविष्यपुराणको नै आश्रय लिइएकोछ। यस पर्वमा मुख्य रूपले श्राद्धकर्म, पितृकर्म, विवाह-संस्कार, यज्ञ, व्रत, स्नान, प्रायश्चित्त, अन्नप्राशन, मन्त्रोपासना, राज कर दिने, यज्ञका दिनहरूको गणनाको बारेमा विवरण दिइएकोछ।
प्रतिसर्ग पर्व
यसका प्रतिसर्गपर्व का तृतीय तथा चतुर्थ खण्डमा इतिहासको महत्त्वपूर्ण सामग्री विद्यमान छ। इतिहास लेखकहरूले प्रायः यसैको आधार लिएकाछन्। यसमा मध्यकालीन हर्षवर्धन आदि हिन्दू राजाहरू र अलाउद्दीन, मुहम्मद तुगलक, तैमूरलंग, बाबर तथा अकबर आदिको प्रामाणिक इतिहास निरूपित छ। ईसा मसीहको जन्म एवं उनको भारत यात्रा, हजरत मुहम्मद का आविर्भाव, द्वापर युगका चन्द्रवंशी राजाहरूको वर्णन, कलि युगमा हुने राजाहरू ,बौद्ध राजाहरू तथा चौहान एवं परमार वंशका राजाहरूको वर्णन यसमा छ।
उत्तर पर्व
यस पर्वमा भगवान विष्णुको मायाले नारद जी मोहित भएको वर्णन छ यसपछि स्त्रीहरूलाई सौभाग्य प्रदान गर्ने अन्य धेरै व्रतहरूको वर्णन पनि विस्तारपूर्वक लेखिएकोछ।\

स्रोत[सम्पादन गर्नुहोस्]

  1. कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर क्याम्पस, धरान-१४, सुनसरी
  2. गीताप्रेस डाट काम
  3. "Bhavishya Purana: The Prediction of Jesus Christ" (अङ्ग्रेजीमा), इस्लामिक मिरैकिल्स, मूलबाट २००४-१०-२८-मा सङ्ग्रहित।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. "Hindu Scriptures" (अङ्ग्रेजीमा), इन्डिया डिवाइन।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-१०-१७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]