ऋग्वेद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

ऋग्वेद सनातन धर्म अथवा हिन्दू धर्मको स्रोत छ। यसमा १०२८ सूक्त छन्, जसमा देवताहरूको स्तुति गरिएको छ। यसमा देवताहरूको यज्ञमा आह्वान गर्नका लागि मन्त्र छन्, यही सर्वप्रथम वेद हो। ऋग्वेदलाई संसारका सबै इतिहासकार हिन्द-यूरोपीय भाषा-परिवारको सबैभन्दा पहिलो रचना मान्दछन्। यी संसारका सर्वप्रथम ग्रन्थहरू मध्येको एक हो। ऋक् संहितामा १० मण्डल, बालखिल्य सहित १०२८ सूक्त छन्। वेद मंत्रहरूका समूहलाई सूक्त भनिन्छ, जसमा एकदैवत्व तथा एकार्थको नैं प्रतिपादन रहन्छ। कात्यायन प्रभति ऋषिहरूको अनुक्रमणीका अनुसार ऋचाहरूको संख्या १०,५८०, शब्दहरूको संख्या १५३५२६ तथा शौनक कृत अनुक्रमणीका अनुसार ४,३२,००० अक्षर छन्। ऋग्वेदको जिन २१ शाखाहरूको वर्णन मिल्दछ, उनमादेखि चरणव्युह ग्रन्थका अनुसार पाँच नैं प्रमुख छन्- १. शाकल, २. वाष्कल, ३. आश्वलायन, ४. शांखायन र माण्डूकायन। ऋग्वेदमा ऋचाहरूको बाहुल्य हुनको कारण यसलाई ज्ञानको वेद भनिन्छ। ऋग्वेदमा नैं मृत्युनिवारक त्र्यम्बक-मंत्र वा मृत्युञ्जय मन्त्र (७/५९/१२) वर्णित छ, ऋग्विधानका अनुसार यस मंत्रका जपका साथ विधिवत व्रत तथा हवन गर्नको लागि दीर्घ आयु प्राप्त हुन्छ तथा मृत्यु टाडा हो गर्न सब प्रकारको सुख प्राप्त हुन्छ। विश्वविख्यात गाईत्री मन्त्र (ऋ० ३/६२/१०) पनि यसैमा वर्णित हो। ऋग्वेदमा अनेक प्रकारका लोकोपयोगी-सूक्त, तत्त्वज्ञान-सूक्त, संस्कार-सुक्त उदाहरणतः रोग निवारक-सूक्त (ऋ०१०/१३७/१-७),श्री सूक्त वा लक्ष्मी सुक्त (ऋग्वेदका परिशिष्ट सूक्तको खिलसूक्तमा), तत्त्वज्ञानका नाशताव्दीय-सूक्त (ऋ० १०/१२९/१-७) तथा हिरण्यगर्भ-सूक्त (ऋ०१०/१२१/१-१०) र विवाह आदिका सूक्त (ऋ० १०/८५/१-४७) वर्णित छन्, जसमा ज्ञान विज्ञानको चरमोत्कर्ष देखिलाई दिन्छ।


सूक्त, ऋषि र छन्द[सम्पादन गर्ने]

प्रत्येक मन्त्रमा तीनवटा विशेषता हुन्छन्, मन्त्रको नाम– अर्थात् सूक्त । सूक्तको अर्थ हो सु–उक्त अर्थात् ज्यादै स्पष्ट रुपमा बताइएको । अर्को विशेषता हो त्यस सूक्तका रचयिताको नाम अर्थात् ऋषिको नाम । पछिल्लो समयमा ऋषिको अर्थ साधु संन्यासी भए तापनि सुरुमा ऋषि विशेष अर्थमा प्रयोग हुने गथ्र्यो । त्यसैले अंग्रेजी अनुवादहरुले सीयर ९कभभच० अनुवाद गरेका छन् । सीयरको एउटा अर्थ प्रोफेट पनि हो । त्यसैले ऋषिलाई सम्प्रदाय प्रवत्र्तक पनि भनिन्थ्यो । जुन व्यक्तिले ज्ञानको क्षेत्रमा एक नयां योगदान गर्न सक्छ उसलाई मात्र ऋषि (रिसर्चर) भनिन्थ्यो । वेदको अर्को विशेषता हो, छन्द । जुन लय वा भाकामा ऋचा गाइन्छ त्यसलाई छन्द भनिन्छ । बढी प्रयोग गरिएका छन्दहरु त्रिष्टुप, अनुष्टप जस्ता छन्दहरु छन् । त्यसैले वैदिक मन्त्रहरुको एक मुख्य विशेषता लयात्मकता पनि हो । ऋग्वेदमा ३० मुख्य देवता २० अन्य देवताको नाम उल्लेख छ ।[१][२]

वेद वाणीको ज्ञान[सम्पादन गर्ने]

लिपिको आविष्कार हुनु अघि वेदको मन्त्र रचना भएको कुरा विभिन्न मन्त्रद्वारा स्पष्ट हुन्छ । त्यसैले वेद मुख्यतया वाणी आधारित ज्ञान हो । उदाहरणका लागि एउटा वैदिक मन्त्र छ, गायत्री मन्त्र । गायत्री एउटा छन्दको नाम हो जसका देवता सविता र ऋषि विश्वामित्र हसन् । गायत्री छन्दमा २४ पूर्ण अक्षर हुन्छन् । तीनवटा पद हुन्छन् । यसलाई बोल्दा २४ अक्षर पुग्छ तर लिपिको आधारमा त्यसलाई २४ पुर्याउन सकिंदैन । यस्ता अनेक कुराले वेदको अति प्राचीनता सिद्ध हुन्छ । सुरुमा श्रुति परम्परामा संरक्षण गरिएको यो वेद गुप्त काल चौथो शताब्दी पछि ब्राह्मी लिपिमा सुरक्षित गरिएका थिए ।

वेद विभाजन र ज्ञानको सुरक्षा[सम्पादन गर्ने]

वेदको विभाजन गरिएको कुरालाई संस्कृत साहित्यमा ज्यादै उच्च स्थान र चर्चित प्रसंग मानिन्छ । यस कुराले पनि वेदको प्राचीनता स्पष्ट हुन्छ । प्रसंग के हो भने सुरुमा वेद एउटा मात्र थियो । ज्यादै विशाल भएका र लाखौं संख्यामा मन्त्रहरु रचना भए । त्यस समयमा लिपिबद्ध गर्ने विधि विकास भएको थिएन । लिपि थिएन । मसी, कलम र भोजपत्रको प्रयोग सुरु भैसकेको थिएन । त्यसैले श्रुति परम्परामा मन्त्रहरु हराउन थाले । मानिसले घोकर राखेका कुराहरु बिर्सनछन् । योग्य शिष्य नभएमा आफुले पाएको ज्ञान मौखिक हस्तान्तरण गर्न सकिंदैन र गुरुसंगै ज्ञान पनि समाप्त हुन जान्छ । यसरी केही सूक्त र केही ऋचा लोप भए । ती मन्त्रहरुसंग प्राचीन अभिलेखका प्रमाण पनि हराए । हजारौं मन्त्र हराइसकेका छन् भन्ने विज्ञहरुको भनाई छ । यो कुरा विभिन्न शास्त्रहरुमा समेत स्पष्ट शब्दमा भनिएको छ । यो सब देखेर ज्ञानको सुरक्षाका लागि चिन्तित महाज्ञानी व्यासले अनेक प्रयास गरे । यस क्रममा उनले ज्ञानलाई सांयोगिक रुपमा सुरुमा तीन समूहमा र पछि चार समूहमा विभाजन गरे । प्रत्येक समूहका मन्त्रहरुलाई अलग शिष्य समूहलाई जिम्मा लगाए । मन्त्रहरु संझन योग्य र विशिष्ट बनाउनका लागि एक थरी मन्त्रलाई लयात्मक, अर्का थरीलाई क्रियात्मक, अर्को थरीलाई संगीतात्मकता र एक थरीलाई मिश्रित बनाएर प्रत्येकको प्रकृति छुट्टयाए । यिनै पछि ऋक्, यजुर्, साम र वेद कहलाइए । एउटा वेदलाई २० वर्षसम्म दोहोर्याउने परम्परा बसाले । यसरी ज्ञान सुरक्षित भयो । मन्त्रहरु केही सुरक्षित भए । ज्ञान पनि सुरक्षित भयो । त्यस अघिका मन्त्रहरु हराएर गए । यी सबै कुराको सुरक्षा गर्ने विधि वेदव्यासले चिन्तन गरे । ज्ञानको विभाजन गरी अलग अलग भागको सुरक्षा अलग अलग समूहले गर्ने । यसलाई सुनिश्चित गर्न विभिन्न मन्त्रहरुको विभिन्न प्रयोगलाई प्रचलनमा ल्याइयो । कुनै मन्त्रलाई जप गरेर अनेक आवृत्तिमा जप्ने कुनैलाई हवनमा प्रयोग गर्ने काम भयो । जुन ज्यादै महŒवपूर्ण र प्राचीन थिए तिनीहरुलाई सबैतिर प्रयोगमा ल्याइयो । जप, ध्यान र कर्मकाण्ड सबै ठाउंमा । यसरी मन्त्रहरु सुरक्षित हुन पुगे । आज जे जति मन्त्रहरु उपलब्ध छन्, त्यसको सुरक्षामा यसै विधिले काम गरेको छ । जसको प्रतिपादन व्यासले गरेका हुन् । त्यसैले कृष्णद्वैपायनको नाम वेदव्यास हुन पुग्यो ।[३]

ऋषि र ऋषिकाहरु[सम्पादन गर्ने]

ऋग्वेदका मन्त्रहरुमा गार्गी, अपाला, घोषा, लोपामुद्रा, कक्षिवती, यमी, इन्द्रायणी, दक्षिणा, वसुकरपत्नी, उर्वशी, अंगिरसी, श्रीलक्षा, गोधा, आत्रेयी आदि ३० वटा ऋषिकाहरु (महिला रचयिताहरु) का मन्त्र पाइन्छन्, कति ऋषिकाहरुको नाम लोप भएको हुनसक्छ । वशिष्ठ, विश्वामित्र, भृगु, अगस्त्य, कण्व, गर्ग, अत्रि, गृत्समद आदि ४०० ऋषिहरु (पुरुष रचयिताहरु) को नाम मन्त्रका साथ सुरक्षित छन् तर कैयौं यस्तै महत्त्पूर्ण नामहरु हराइसकेका छन् ।

केही प्रमुख कुराहरू[सम्पादन गर्ने]

ऋग्वेदका विषयमा केही प्रमुख कुराहरू निम्नलिखित छ[४]-

  • यो मानव सभ्यताको प्राचीनतम उपलब्ध अभिलेख हो ।
  • ॠग्वेदका धेरै सूक्तहरूमा विभिन्न वैदिक देवताहरूको स्तुति गर्ने मंत्र छन्। यद्यपि ॠग्वेदमा अन्य प्रकारका सूक्त पनि छन्, परन्तु देवताहरूको स्तुति गर्ने स्तोत्रहरूको प्रधान्दछ।
  • आधुनिकतम ज्ञान विज्ञानका प्राथमिक कुराहरु त्यहां बडो गम्भीर एवं विश्लेषणात्मक रुपमा प्रस्तु गरिएका छन् । उदाहरणका लागि आधुनिकतम मानिने विषयहरु अर्थशास्त्र तथा समाजशास्त्रका आधारभूत अवधारणाहरु दान सूक्त तथा पुरुष सूक्तमा उपलब्ध छन् । यही कुरा अन्य विषयका सन्दर्भमा पनि लागू हुन्छ ।
  • ॠग्वेदमा कुल दस मण्डल छन् र उनमा १०२८ सूक्त छन् र कुल १०,५८० ॠचाहरू छन्।
  • ॠग्वेदका दस मण्डलहरूमा केही मण्डल साना छन् र केही मण्डल ठूला छन्।

सन्दर्भ[सम्पादन गर्ने]

  1. आचार्य, श्रीराम (सन् २०११). ऋग्वेद संहिता. मथुरा: युग निर्माण योजना. 
  2. गौतम, प्रसन्नचन्द्र सं. (वि.सं.२०६७). ऋग्वेद संहिता भाग १ र २,. काठमाडौं: कुलचन्द्र गौतम स्मृति संस्था. 
  3. बाबु राम ज्ञवाली, ऋग्वेदबारे केही वैज्ञानिक तथ्यहरु मिर्मिरे (सांस्कृतिक विशेषांक), नेपाल राष्ट्र बैंक बैशाख जेठ २०७० वर्ष ४२अंक १ पूर्णांक ३२० पृ २७२–२७७
  4. प्रपन्नाचार्य (वि.सं.२०५०). वेदमा के छ. काठमाडौं: साझा प्रकाशन. 
  1. ऋग्वेद संहिता भाग १ र २, सं. डा. प्रसन्नचन्द्र गौतम, काठमाडौं ः कुलचन्द्र गौतम स्मृति संस्था, वि.सं.२०६७ ।
  2. ज्ञवाली, बाबु राम, (वि.सं.२०७०), ऋग्वेदबारे केही वैज्ञानिक तथ्यहरु, मिर्मिरे (सांस्कृतिक विशेषांक), वर्ष ४२, अंक १, पूर्णांक ३२०, बैशाख जेठ २०७०, काठमाडौं ः नेपाल राष्ट्र बैंक ।
  3. प्रपन्नाचार्य, (वि.सं.२०५०), वेदमा के छ, काठमाडौं ः साझा प्रकाशन ।
  4. सातवलेकर, दामोदर,(सन् २०११),ऋग्वेदका सुबोध भाष्य खण्ड १–२, गुजरात ः स्वाध्याय मण्डल ।
  5. आचार्य, श्रीराम (सन् २०११) ऋग्वेद संहिता युग निर्माण योजना मथुरा

सम्बन्धित कडीहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]