अपाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महर्षि अत्रिकी कन्याको नाम अपाला थियो । उनलाई अपाला आत्रेयी पनि भनिन्थ्यो । उनी अत्यन्त मेधावी थिइन् । अत्रि अफ्ना शिष्यहरूलाई जेजे पढाउँथे ती सबै अपालाका स्मरणमा रहन्थ्यो । ऋग्वेद संहिताको आठौँ मण्डल र सत्ययान ब्राह्मण (Satyayana Brahmana)मा यस कुराको वर्णन पाइन्छ । ऋषिकन्या अपालाको बुद्धि अत्यन्त कुशाग्र हुँदाहुँदै पनि उनका पिता अत्रि सन्तुष्ट थिएनन्, किनभने अपाला चर्म रोगी थिइन्, त्यसैले उनको विवाह हुन सकेको थिएन ।
एक पटक अत्रि ऋषिका आश्रममा ब्रह्मज्ञानी ऋषि कृशाश्व आए । कृशाश्वले युवती अपालाको अद्वितीय प्रतिभा देखेर उनीसँग विवाह गर्न मन्जुर गरेको हुनाले अत्रि ऋषि प्रसन्न हुँदै छोरी अपालाको विवाह कृशाश्वसँग गरिदिए । रोगी भएका कारण यौवन ढल्दै गएपछि उनका छालाको श्वेतकुष्ट धेरै बढ्यो र आपालाको सुन्दरता नष्ट दुँदै गयो । आपालाको यस्तो अवस्था देखेर कृशाश्वले उनलाई तत्काल त्यागिदिए ।
पतिले त्यागेपछि अपाला माइतै आएर बसिन् । छोरीको यो अव्स्था देखेर अत्रिले उनलाई इन्द्रको तपस्या गर्न अह्राए । उनले इन्द्रको तपस्या गरिन् इन्द्रलाई सारै मन पर्ने सोम रस समर्पण गरिन् । सोम रस सारै मन पराउने इन्द्र खुसी भएर अपालालाई वर माग्न आग्रह गरे । अपालाले सुलोमा बन्ने वर मागिन् । इन्द्रले तिन पत्र छाला निकालेर उनको शल्यक्रिया गरे । अपाला निरोगी भइन् । आज पनि वैदिक साहित्यमा अपाला आत्रेयी अमर छिन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

अपाला
Apala, A Woman Saint during Vedic Period

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]