सामग्रीमा जानुहोस्

मोहनी अवतार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मोहनीबाट अनुप्रेषित)


मोहिनी अवतार हिन्दू धर्ममा विष्णु भगवानको एक विशेष अवतार मानिन्छ। यो अवतार विशेष रूपमा महाभारत, भागवत पुराण, र विष्णु पुराणमा वर्णित छ। मोहिनी अवतारलाई भगवान विष्णुको स्त्री स्वरूपको रूपमा चित्रित गरिएको छ। यो अवतार मुख्य रूपमा दानवहरूलाई धोखा दिएर अमृत देवताहरूलाई वितरण गर्ने कथा संग जोडिएको छ।

मोहिनी अवतारको कथा

[सम्पादन गर्नुहोस्]

मोहिनी अवतारको प्रसिद्ध कथा समुद्र मन्थनसँग सम्बन्धित छ। समुद्र मन्थनका क्रममा अमृत प्राप्त भएपछि देवता र दानवबीच अमृत बाँडफाँडको विवाद उत्पन्न भयो। यस समस्याको समाधानका लागि भगवान विष्णुले मोहिनी स्वरूप ग्रहण गरे। मोहिनीले आफ्नो अद्वितीय सौन्दर्यबाट दानवहरूको ध्यान मोडिन् र अमृत देवताहरूलाई दिए।

मोहिनिको नाइटोको आकर्षकता

[सम्पादन गर्नुहोस्]

अर्थ र प्रतीक

[सम्पादन गर्नुहोस्]

मोहिनी अवतारलाई मायामोहको प्रतीकका रूपमा पनि हेर्ने गरिन्छ। यस अवतारले सत्यधर्मको संरक्षण गर्नका लागि धोखा प्रयोग गर्ने विष्णुको रणनीतिलाई दर्शाउँछ। यसले जीवनमा मोह र ममताको महत्व र त्यसको प्रभावलाई उजागर गर्दछ।

मोहिनी र भस्मासुर

[सम्पादन गर्नुहोस्]

मोहिनी अवतारको अर्को प्रसिद्ध कथा भस्मासुरसँग सम्बन्धित छ। भस्मासुरले भगवान शिवबाट बिनाशकारी वरदान पाएपछि उनले शिवलाई नै मार्न खोजे। विष्णुले मोहिनीको रूप धारण गरी भस्मासुरलाई नाच्ने चमत्कार देखाइन्। भस्मासुर मोहिनीको आकर्षणमा फसेर नाच्दै आफ्नै टाउकोमा हात राख्न पुगे, जसकारण उनी आफैं भस्म भए।

मोहिनी र देवता

[सम्पादन गर्नुहोस्]

मोहिनीलाई देवताहरूले अमृत प्राप्त गर्नका लागि सहयोगीका रूपमा देखेका छन्। विष्णुको यो अवतारले देवता र दानवबीचको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ। मोहिनीको सौन्दर्य र चातुर्यले देवता र दानव दुवैलाई प्रभाव पारेका छन्।

कला र साहित्यमा मोहिनी

[सम्पादन गर्नुहोस्]

मोहिनी अवतारलाई भारतीय कला, साहित्य, र नाटकहरूमा प्रायः चित्रण गरिएको छ। कथकलीभरतनाट्यम्जस्ता नृत्यमा मोहिनीको चरित्रलाई विशेष महत्व दिइन्छ। पुराणहरूमा वर्णित मोहिनीका कथाहरू कविताहरू र नाटकका लागि प्रेरणाको स्रोत बनेका छन्।

पौराणिक महत्त्व

[सम्पादन गर्नुहोस्]

मोहिनी अवतारले धर्मको विजयअधर्मको पराजयलाई सूचित गर्छ। यो अवतारले देखाउँछ कि सत्यको रक्षा गर्न कहिलेकाहीँ मोहचातुर्यको प्रयोग गर्नुपर्छ। यसले धर्मको गहिरो शिक्षालाई व्याख्या गरेको छ।

लोकप्रिय धारणा

[सम्पादन गर्नुहोस्]

जनमानसमा मोहिनी अवतारलाई स्त्रीको सौन्दर्यचातुर्यको प्रतीक मानिन्छ। विशेष गरी दक्षिण भारतमा मोहिनीसँग सम्बन्धित कथाहरूलाई निकै महत्त्व दिइन्छ। केही समुदायले मोहिनीलाई विशेष पूजाअर्चना गर्ने परम्परालाई अनुसरण गर्छन्।

विष्णुका अन्य अवतारहरूसँग तुलना

[सम्पादन गर्नुहोस्]

विष्णुका अन्य दशावतारहरूसँग तुलना गर्दा मोहिनीलाई विशेष मानिन्छ। अन्य अवतारहरूले दैत्यहरूको विनाश गरेका छन् भने मोहिनीले मोहको प्रयोगबाट विजय प्राप्त गरिन्। यसले भगवान विष्णुको चातुर्यधर्म रक्षाको नीतिलाई उजागर गर्छ।

आधुनिक सन्दर्भमा मोहिनी

[सम्पादन गर्नुहोस्]

आधुनिक समयमा मोहिनी अवतारलाई स्त्री सशक्तिकरणको प्रतीकका रूपमा पनि व्याख्या गरिन्छ। यो अवतारले देखाउँछ कि स्त्रीको सौन्दर्य मात्र होइन, बुद्धिरणनीति पनि समाजलाई मार्गदर्शन गर्न सक्छ। आजका साहित्य र सिनेमा क्षेत्रले मोहिनी अवतारलाई नयाँ ढंगले चित्रण गरेका छन्।

समुद्र मथनमा मोहनी अवतार

[सम्पादन गर्नुहोस्]

एक पटक देवता र दैत्यहरू मिलेर समुन्द्र मन्थन गरेर अमृत उत्पन्न गरेका थिए । समुद्र मथन गर्दा समुद्रबाट धन्वन्तरी समुद्रबाट अमृतको घडा बोकेर निस्किएका थिए । त्यो अमृतको घडा सबै भन्दा पहिले दैत्यहरूले धन्वन्तरीको हातबाट खोसेर लिए । दैत्यहरूले देवताहरूलाई अमृत न दिएर अमृतमा आफ्नै कब्जा जमाउन खोजे । अमृत कलशमा दैत्यहरूले कब्जा जमाएको देखेर भगवान विष्णुले एक सुन्दर नारीको रूप लिएर उपस्थित भए। दैत्यहरू मोहनी रूपलाई देखेर मोहित भए। दैत्यहरूले मोहनीसँग अमृत दैत्यहरूको समुहमा बाँटी दिने आग्रह गरे। मोहनीले देवता र दानव दुवै समूहको परिश्रमबाट प्राप्त भएको अमृत कसरी दैत्य समुहमा मात्र बाँटी दिउँ भनेर प्रश्न गर्दा मोहित भएका दैत्यहरूले दुवै समुहमा बाँट्ने सहमती दिए। त्यस पछि मोहनीले एक तर्फ दैत्य समुह र अर्को तर्फ देवता समुहलाई बसालेर आफ्नो लिलाले अमृतको घडा सँगै मदिराको घडा जोडेर देवताहरूलाई अमृत र दैत्यहरूलाई मदिरा दिन थाले त्यसै बेला चन्द्रमा र सूर्यदेवको बिचमा राहु नामको राक्षस बसेको थियो राहुले चन्द्रमालाई दिन लागिएको अमृत थापेर खायो यो देखेर मोहनी रूप छोडेर भगवान विष्णुले तरवारले राहुको टाउको काटे तर अमृत खाई सकेको राहु मरेन त्यसलाई भगवान विष्णुले टाउको तर्फको भाग राहु ग्रह र खुट्टा तर्फको भाग केतु ग्रह बनाई देवता समुहमा राखे।[]

कैलाशमा मोहनी रुप

[सम्पादन गर्नुहोस्]

समुन्द्र मन्थनको समयमा देवता र दैत्यहरूलाई भगवान विष्णुले मोहनी रुप धारण गरेर मोह बनाएको कुरा महेश्वरले सुने । यो कुरा सुनेर भगवान शिवको मनमा विष्णुको मोहनी रुप हेर्ने विचार आयो । भगवान शिव कैलाश पर्वतबाट ओर्लिहेर वैकुण्ठ गए । कुनै पूर्व सूचना विना आफ्नो धाम बैकुण्ठमा देवादीका महादेव भगवान शिवलालाई देखेर विष्णु आफ्नो गद्दीबाट उठेर शिवजीको आदर सम्मान गरे । आदर सम्मान पछि विष्णुले भगवान शिवलाई यसरी बैकुण्ठ आउनको कारण सोधे । विष्णुको कुरा सुनेर शिवले भगवान बिष्णुको मोहनी रुप हेर्ने विचारले आएको कुरा बताए । शिवको यो कुरा सुनेर भगवान विष्णुले देवादीका महादेव, महात्मा जस्ता भगवानले मोहनी रुप हेर्नु हुन्न भने । विष्णुको यो कुरा सुनेर शिवले घमण्ड गर्दै आफू ति मुर्ख देवता र दानव जस्तो मोहनी रुप हेर्दैमा मोहीत हुने मुर्ख नभएको र आफ्ना सबै इन्द्रियहरूलाई बसमा राखेको जितेन्द्रिय भएको कुरा भने । आफुसँग संसारका सबै सुन्दरीहरूले पूजा गर्ने गरिएकी पार्वती जस्ती सुन्दर पत्नी भए पनि आफू कहिल्यै स्त्री मोहमा नपरेको कुरा भने [] । विष्णुलाई कसैले घमण्ड गरेको मन पर्दैन । शिवले घमण्ड गरेर आफ्नो वर्णन आफै गरेको सुनेर विष्णुको मनमा शिवको घमण्ड चकनाचुर गर्ने इच्छा जाग्यो । विष्णुले शिवलाई पछि कुनै दिन कैलाशमा नै आएर मोहनी रुप देखाउने वाचा गरेर शिवलाई फर्काए । आफुलाई मोहनी रुप नदेखाएकोले शिवजी दुःखी भएर कैलाश फर्किए । विष्णुले कैलाशमा आफ्नो माया फिजाएर वसन्त ऋतुको आगमन गराए । वसन्त ऋतुको आगमनले कैलासको वातावरण निकै मन मोहक भयो । चारै तिर हरियाली फैलियो । चारै तिर नयाँ नयाँ फूलहरूको सुगन्ध फैलियो । यसै गरी नयाँ नयाँ चराहरूको आवाजले कैलाश गुञ्जायमान हुन थाल्यो । कैलाशको यस्तो शोभा देखेर भगवान शिव पार्वतीको साथमा प्राकृतिक सौन्दयर्ताको आनन्द लिन थाले । [] एक दिन बिहान भगवान शिव पार्वतीको साथमा प्रेमालाप गरिरहेको समयमा उनले आफ्नो दरवार भन्दा केही पर मोहनीलाई देखे । मोहनी कहिल्यै हातमा भकुण्डो लिएर एक्लै खेलिरहेकी छिन् भने कहिल्यै पिङमा बसेर मच्चाइ रहेकक छिन् । यस्तो सुनसान कैलाशमा अकस्मात परिवर्तन भएको प्राकृतिक सौन्दर्यताले मोहित भएका शिवले मोहनीको रुप देखेर निकै मोहित भए । शिव पार्वतीलाई केही पनि नभनेर सुटुक्क उठेर मोहनी भएको ठाउँमा गएर मोहनीको लिला हेर्न थाले । शिव मोहनीको रूपमा निकै मोहित भएर मोहनीको रूपलाई एकोहोरो हेरेर बसे । अकस्मात आफुलाई केही नभनी उठेर गएकाले पार्वती पनि शिवका पछि पछि लागेर गइन् । आफू भन्दा कैयौँ गुणा बढी सुन्दर मोहनी रुप देखेर पार्वती पनि मोहित भएर त्यो लिला हेर्न थालिन् । मोहनी शिवजी आफ्नो सामु आएको केही थाह नपाए जस्तो गर्दै भकुण्डो खेलिरहेकी थिइन् । यसरी खेल्ने क्रममा भकुण्डो उफ्रेर शिवजी भएको ठाउँमा गयो र शिवले भकुण्डो हातले समाते । भकुण्डो शिवले समातेको देखेर मोहनी लजाय झैं गर्न थालिन् । यसरी मोहनी लजाएको देखेर शिवले मोहनीलाई आफ्नो परिचय दिंदै लजाउनु पर्दैन तिमी को होउ भनेर सोधे । शिवको कुरा सुनेर मोहनीले लजाउँदै आफ्नो भकुण्डो माग्ने नाटक गरिन् । मोहनीको रुप देखेर आफ्नो सबै नियम बिर्सेका शिवले मोहनीलाई नानाथरी भनेर फकाउन थाले । शिव आफ्नो रूपमा मोहित भएको देखेर मोहनी वृद्ध भएर मसँग कुरा गर्न लाज लाग्दैन ? आफू जस्तै योगिनी खोज मेरो पछि नलाग जस्ता अनेक्यौं शब्दले शिवको निन्दा गर्न थालिन् । यो सबै कुरालाई पार्वती पनि लुकी लुकी हेरिरहेकी थिइन् । मोहनीको रूपमा मोहित भएका शिव मोहनीले आफ्नो जति अपमान गरेपनि सहेर फकाउन थाले । यसरी फकाउँदा फकाउँदै शिवले मोहनीलाई समातेर आफ्नो काखमा बसाउन खोजे । यो देखे पार्वतीले शिवलाई यो के गरेको देवताहरूका पनि देवता महादेव जस्ता व्याक्तिले यसरी स्त्री मोहमा परेर किन परस्त्रीलाई छोएको ? भनेर प्रश्न गरिन् । पार्वतीलाई देखेर मोहनी लजाय झैं गरेर शिवको अङ्गालोबाट फुत्केर दौडिन् । यसरी मोहनी फुत्केर दौडेको देखेर शिव पनि मोहनी कै पछि दौडन थाले । मोहनीको पछि शिवलाई दौडेको देखेर पार्वती पनि पछाडी दौडन थालिन् ।[] यसरी दौडने कर्ममा मोहनी कहिलै शिवको नजिक पर्थिन् भने कहिले उम्केर भाग्थिन् । यसै क्रममा मोहनीको सारीको छेउ शिवको हातमा आयो र शिवले सारी तान्दा सारी फुस्केर मोहनी सर्वाङ्ग नाङ्गी भइन् । अगाडि मोहनी बीचमा शिव र पछाडी पार्वती भएर पुरा संसार घुम्न थाले । मोहनीको नाङ्गो शरिर देखेर ठाउँ ठाउँमा शिवजीको विर्य पतन भएको थियो । यिनै शिव विर्य पतन भएका ठाउँमा पछि आएर विभिन्न धातुहरूका खानि बने [] यसरी चौध भुवन डुलेर थाकेपछि अन्तमा विष्णुले शिव र पार्वतीलाई आफ्नो मोहनी रुप छोडेकाले शिव र पार्वती लजाउँदै कैलाश फर्केका थिए । यसका साथै आफैले दिएको बरदानले भस्मासुर नामको दैत्यले मार्न खोज्दा भगवान शिव आफ्नो बचाउको लागि मद्दत माग्न भगवान विष्णु कहाँ गएका थिए । त्यो बेला पनि भगवान बिष्णुले मोहनी रुप धारण गरेर भष्मासुरलाई मोहित बनाई मारेर भगवान शिवको प्राण रक्षा गरेका थिए । पछि गएर भगवान शिवले मोहनीसँग विवाह गरेर सन्तान सम्म जन्माएका थिए भन्ने पनि कथा रहेको छ ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ १.३ १.४ हिन्दू धार्मिक पुस्तक सुकसागर, प्रकाशक सुब्बा होमनाथ केदारनाथ वाराणसी, भाषा नेपाली प्रकाशन मिती सन् 1955