इन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्द्र
ऐरावत चडेका इन्द्र
इन्द्र भगवान एरावत माथि
देवराज
मौसम तथा युद्ध
देवनागरीइन्द्र वा इंद्र
संस्कृतइन्द्र
Tamil scriptஇந்திரன்
वर्ग:देव ,भगवान
वासस्थान:Amarāvati in Svarga
अश्त्र:बज्र
जीवनसाथी:सची
वाहन:ऐरावत

इन्द्र या इंद्र । लाई हिन्दू धर्म मा देवताहरुका राजा मानिन्छ । इन्द्रको चुनाव पद्धति अलग छ । यस चुनाव पद्धतिको बारेमा स्पष्ट उल्लेख पाइँदैन । वैदिक साहित्यमा इन्द्रको स्थान उच्च छ तर पछि इन्द्रको महत्ता क्षीण हुँदै गएको पाइन्छ ।

ऋग्वेद मा इन्द्र

ऋग्वेद का लगभग एकचौथाइ सुक्त इन्द्रसँग सम्बन्धीत छन् । २५० सुक्त बाहेक अन्य ५० भन्दा धेरै मन्त्रहरूमा इन्द्रको वर्णन पाइन्छ । इन्द्र ऋग्वेदका महत्त्वपूर्ण देवता मानिन्छन् । इन्द्रलाई वर्षाका देवता मानिन्छ । गौणरूपमा आर्यहरुका युद्धदेवता का रूपमा पनि इन्द्रलाई लिइन्छ ।

इन्द्रको जन्म

इन्द्रको जन्मको बारेमा ऋग्वेदमा उल्लेख गरिएको छ । ऋग्वेदका दुइसुक्तहरु इन्द्रको जन्मको वर्णनमा प्रयुक्त भएका छन् । “निष्टीग्री” अथवा “शवसी” नामक गाइलाई उनकी माता बताइएको छ । इन्द्रका पिता “द्यौः” या “त्वष्टा” हुन् । एकठाउँमा उनलाई सोमबाट उत्पन्न भएको भनिएको छ । इन्द्रको जन्महुँदा पृथ्वी कम्पित भएको थियो । चट्याङ् पर्नुलाई उनको जन्मको रूपमा लिन सकिन्छ ।

इन्द्रको परिवार

अग्नी र पुषन् इन्द्रका भाइ हुन् । “इन्द्राणी” इन्द्र कि पत्नी हुन् । मरुद्गण इन्द्रका साथी हुन् ।

इन्द्र एक वृहदाकार देवता हुन् । उनको शरीर पृथ्वीको विस्तारभन्दा कम्तिमा दश गुणा ज्यादा छ । इन्द्र सर्वशक्तिमान् छन् ।

सोमरस इन्द्रको परमप्रिय पेय हो । इन्द्रको प्रसिद्ध आयुध “बज्र” हो । इन्द्र देवलोक को राजधानी अमरावती मा बस्छन् । यहीँ नै उनको नन्दन वन र पारिजात तथा कल्पवृक्षका रुख छन् ।