कूर्म पुराण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कूर्म पुराण  
150px
गीताप्रेस गोरखपुरको आवरण पृष्ठ
लेखक वेदव्यास
देश भारत
भाषा संस्कृत
शृंखला पुराण
विषय शिव एवं विष्णु भक्ति
प्रकार हिन्दू धार्मिक ग्रन्थ
पृष्ठ १७,००० श्लोक

महापुराणहरूको सूचीमा पंध्रौं पुराणको रूपमा गनिने कूर्मपुराणको विशेष महत्त्व छ। सर्वप्रथम भगवान् विष्णुले कूर्म अवतार धारण गरेर यो पुराण राजा इन्द्रद्युम्नलाई सुनाएका थिए, पुनः भगावन् कूर्मले त्यहि कथानक समुद्र-मन्थनको समयमा इन्द्रादि देवताहरू तथा नारदादि ऋषिगणलाई सुनाएका थिए। तेस्रो पल्ट बार नैमिषारण्यको द्वादशवर्षीय महासत्रको अवसरमा रोमहर्षण सूतद्वारा यस पुराणलाई अट्ठासी हजार ऋषिहरूले सुने। भगवान् कूर्म द्वारा कथित भएको कारण नै यस पुराणको नाम कूर्म पुराण विख्यात भयो। सत्रह श्लोकहरूको यो पुराण विष्णुजीले राजा इन्द्रद्युम्नलाई दिएकाथिए। यसमा विष्णु र शिवको अभिन्नता कहिएको छ। पार्वतीका आठ सहस्र नाम पनि बताइएकोछ। काशी अनि प्रयाग क्षेत्रको महात्म्य, ईश्वर गीता, व्यास गीता आदि पनि यसमा समाविष्ट छन्। [१] यद्यपि कूर्म पुराण एक वैष्णव प्रधान पुराण हो, तथापि यसमा शैव तथा शाक्त मतको पनि विस्तृत चर्चा गरिएकोछ। यस पुराणमा पुराणहरूमा पाँच प्रमुख लक्षणों-सर्ग, प्रतिसर्ग, वंश, मन्वन्तर एवं वंशानुचरितको क्रमबद्ध तथा विस्तृत विवेचन गरिएकोछ।

विस्तार[सम्पादन गर्ने]

यस पुराणमा १७,००० श्लोक छन्, यस पुराणमा पुराणहरूमा पाँच प्रमुख लक्षणहरू- सर्ग, प्रतिसर्ग, वंश, मन्वन्तर एवं वंशानुचरितको क्रमबद्ध तथा विस्तृत विवेचन गरिएको छ एवं सबै विषयहरूको सानुपातिक उल्लेख गरिएकोछ। बीच-बीचमा अध्यात्म-विवेचन, कलिकर्म र सदाचार आदिमा पनि प्रकाश पारिएकोछ।

संक्षिप्त कथा[सम्पादन गर्ने]

रोमहर्षण सूत तथा शौनकादि ऋषिहरूको संवादका रूपमा आरम्भ हुने यस पुराणमा सर्वप्रथम सूतजीले पुराण-लक्षण एवं अट्ठारह महापुराण तथा उपपुराणका नामको परिगणन् गर्दै भगवानका कूर्मावतारको कथाको सरस विवेचन गरेकाछन। कूर्मावतारका प्रसंगमा लक्ष्मीको उत्पत्ति र महात्म्य, लक्ष्मी तथा इन्द्रद्युम्नको वृत्तान्त, इन्द्रद्युम्नद्वारा भगवान विष्णुको स्तुति, वर्ण, आश्रम र तीनको कर्तव्य वर्णन तथा परब्रह्मका रूपमा शिवतत्त्वको प्रतिपादन किया गरिएकोछ। तदनन्तर सृष्टिवर्णन, कल्प, मन्वन्तर तथा युगहरूको काल-गणना, वराहावतारको कथा, शिवपार्वती-चरित्र, योगशास्त्र, वामनवतारको कथा, सूर्य-चन्द्रवंशवर्णन, अनुसूयाको सन्तति-वर्णन तथा यदुवंशका वर्णनमा भगवान् श्रीकृष्णका मंगल मय चरित्रको सुन्दर निरूपण गरिएकोछ। यसका अतिरिक्त यसमा श्रीकृष्ण द्वारा शिवको तपस्या तथा उनको कृपाले साम्बनामक पुत्रको प्राप्ति, लिंगमाहात्म्य, चार युगको स्वभाव तथा युगधर्म-वर्णन, मोक्षका साधन, ग्रह-नक्षत्रों का वर्णन, तीर्थ-महात्म्य, विष्णु-महात्म्य, वैवस्तव मन्वतरका २८ द्वापरयुगको २८ व्यासको उल्लेख, शिवका अवतारको वर्णन, भावी मन्वन्तरको नाम, ईश्वरगीता तथा कूर्मपुराणको फलश्रुतिको सरस प्रस्तुति छ। हिन्दुधर्मका तीन मुख्य सम्प्रदाय—वैष्णव, शैव, एवं शाक्तका अद्भुत समन्वयका साथ यस पुराणमा त्रिदेवको एकता, शक्ति-शक्तिमानमा अभेद तथा विष्णु एवं शिवमा परमैक्यको सुन्दर प्रतिपादन गरिएकोछ।[२]

स्रोत[सम्पादन गर्ने]

  1. गीताप्रेस डाट काम,कूर्म पुराण
  2. कूर्म पुराण,गीताप्रेस गोरखपुर