सामग्रीमा जानुहोस्

कृष्ण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्ण
संरक्षण, करुणा, कोमलता र प्रेमका देवता,[] योगीहरूका स्वामी[] परम सत्ता (कृष्णवादवैष्णववाद)
दशावतारको सदस्य
गोवर्धन पर्वत उठाउँदै गरेका कृष्ण; हरिवंशको एक पाण्डुलिपिको पृष्ठ (मुगल चित्रकारिता, मिस्किनद्वारा चित्रित), अन्दाजी १५९०
अन्य नामहरूअच्युत, दामोदर, गोपाल, गोपीनाथ, गोविन्द, केशव, माधव, राधारमण, श्याम, वासुदेव, कृष्णन, कन्नन
देवनागरीकृष्ण
आबद्ध
वासस्थान
मन्त्र
अस्त्र
युद्धहरूकुरुक्षेत्र युद्ध (महाभारत)
बारबुधबार
वाहनगरुड
धर्मग्रन्थहरू
लिङ्गपुरुष
चाडपर्वहरू
वंशावली
अवतारको जन्ममथुरा, सुरसेन (हालको उत्तर प्रदेश, भारत)[]
अवतारको अन्त्यभालका, सौराष्ट्र (हालको वेरावल, गुजरात, भारत)
अभिभावकहरू
भाइबहिनीहरू
जीवनसाथी[note १]
सन्तानहरू[note २]
वंशयदुवंशचन्द्रवंश
दशावतार क्रम
पूर्वाधिकारीराम
उत्तराधिकारीबुद्ध

कृष्ण,[] गोविन्द, माधव, गोपाल तथा अन्य नाम तथा उपाधिहरूले समेत चिनिने हिन्दु धर्मका एक प्रमुख देवता हुन्। उनलाई विष्णुको आठौँ अवतारका रूपमा तथा आफ्नै स्वरूपमा परमेश्वरका रूपमा पूजा गरिन्छ। उनी प्रेम, करुणा, संरक्षण र कोमलताका दिव्य गुणहरूका लागि व्यापक रूपमा श्रद्धा गरिने प्रमुख देवता हुन्।[] हिन्दुहरूले कृष्णको जन्मदिन प्रत्येक वर्ष कृष्ण जन्माष्टमीका रूपमा मनाउँछन्। चन्द्रसौर हिन्दु पञ्चाङ्ग अनुसार यो पर्व इस्वी सम्वत्मा अगस्टको अन्त्य वा सेप्टेम्बरको सुरुतिर पर्दछ।

कृष्णलाई प्रायः कालो वर्णमा चित्रण गरिन्छ, जुन उनको नामको अर्थ "कालो" वा "गाढा" भन्ने अर्थसँग सम्बन्धित छ। कृष्णको जीवनसँग सम्बन्धित उपाख्यान तथा कथाहरूलाई कृष्ण लीला भनिन्छ। उनी महाभारत, भागवत पुराण, ब्रह्मवैवर्त पुराणभगवद्गीताका केन्द्रीय पात्र हुनुका साथै यसबाहेक धेरै हिन्दु दार्शनिक, धार्मिक–दार्शनिकपौराणिक ग्रन्थहरूमा उनको उल्लेख पाइन्छ।[१०] यी ग्रन्थहरूले उनलाई दिव्य राजनीतिज्ञ, शिक्षक, धर्मका उद्धारकर्ता, सारथी र कहिलेकाहीँ गोठालाका रूपमा वर्णन गर्दछन्। उनलाई विभिन्न दृष्टिकोणबाट प्रस्तुत गरिएको छ जसमा उनका देव–बालक, चकचके बालक, आदर्श प्रेमी, दिव्य नायक तथा विश्वव्यापी परमेश्वर जस्ता दृष्टिकोणहरू सर्वव्यापी छन्।[११] उनको प्रतिमाशास्त्रले यी किंवदन्तीहरू प्रतिबिम्बित गर्दछन् र उनलाई जीवनका विभिन्न चरणमा देखाउँछ जसमा नौनी खाइरहेको शिशु, बाँसुरी बजाइरहेको बालक, राधासँग वा महिला भक्तहरूले घेरिएको सुन्दर युवा, अथवा अर्जुनलाई सल्लाह दिइरहेका मित्रवत् सारथी।[१२]

कृष्णको जन्म मथुरामा देवकीवसुदेवबाट भएको थियो। आफ्ना मामा, अत्याचारी राजा कंसबाट बचाउन उनलाई नन्दयशोदाले गोकुलमा हुर्काएका थिए। ग्रन्थहरूमा वर्णित उनको जीवनमा अत्यन्त प्रतीकात्मक चमत्कारी घटनाहरू समावेश छन्: उनले आफ्नो दिव्य बाँसुरीको धुनबाट गोपीहरूलाई मोहित पार्ने गर्दथे भने दिव्य रासलीला समेत प्रस्तुत गर्ने गर्दथे। आफ्नो समुदायलाई विनाशकारी वर्षाबाट जोगाउन गोवर्धन पर्वत उठाउने जस्ता साहसिक कार्य पनि कृष्णले गरेका थिए। पछि उनले कंसलाई पराजित गरी मथुरामा व्यवस्था पुनर्स्थापित गरेका थिए। त्यसपछि उनले द्वारका नगरको स्थापना गरि कुरुक्षेत्र युद्धमा केन्द्रीय भूमिका निर्वाह गरेका थिए। उनी अर्जुनका सारथी बनी अर्जुनलाई भगवद्गीताका दार्शनिक शिक्षाहरू प्रदान गरेका थिए।

कृष्णको नाम र त्यसका पर्यायवाची शब्दहरूको उल्लेख ईसापूर्व प्रथम सहस्राब्दीका साहित्य र सम्प्रदायहरूमा पाइन्छ। हिन्दु धर्मका केही उप–परम्पराहरूमा, जस्तै कृष्णवाद, कृष्णलाई सर्वोच्च देवता तथा स्वयम् भगवानका रूपमा पूजा गरिन्छ। यी उप–परम्पराहरू मध्यकालीन भक्ति आन्दोलनको सन्दर्भमा विकसित भएका थिए।[१३][१४] कृष्णसम्बन्धी साहित्यले भरतनाट्यम्, कथकली, कुचिपुडी, ओडिसीमणिपुरी नृत्यजस्ता अनेकौँ प्रदर्शनकलालाई प्रेरित गरेको छ।[१५][१६] उनी भारत, नेपाल लगायत हिन्दु बाहुल्यता भएका क्षेत्रहरूमा पूजिने एक प्रमुख देवता हुन् तर उत्तर प्रदेशको वृन्दावन, गुजरातको द्वारकाजुनागढ, ओडिशामा जगन्नाथ स्वरूप, पश्चिम बङ्गालको मायापुर तथा अन्य स्थानहरूमा उनीप्रति विशेष श्रद्धा पाइन्छ।[१३][१७] भारतभर उनलाई विभिन्न क्षेत्रीय स्वरूपमा समेत पूजा गरिन्छ।[note ३] सन् १९६० को दशकदेखि कृष्णको पूजा पश्चिमी विश्वमा पनि फैलिएको छ। यसको मुख्य कारण भक्तिवेदान्त स्वामी तथा उनको संस्था, इस्कोनको कार्य हो।

श्रीकृष्ण जन्म

[सम्पादन]
कृष्णको जन्म वरपर एपिसोड

हिन्दु धार्मीक ग्रन्थका अनुसार भगवान श्रीकृष्णको जन्म द्वापरांतमा भएको पाईएको छ। यो हिसाबले श्रीकृष्णको जन्म कलीयुगको आगमन भन्दा ५०० देखि १ हजार वर्षको बीचमा भएको अनुमान गर्न सकिन्छ। हिन्दु पञ्चाङ्गका अनुसार २१औँ शताब्दीको सुरुमा कलियुगको आयु ५१०० वर्ष तोकिएको छ।

भगवान श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरामा वसुदेवकी श्रीमती देवकीको गर्भबाट राजा कंसको कारागार भित्र भएको थियो। देवकी कंसकी बहिनी थिईन्। कंस देवकीको विवाह पछि वसुदेव र देवकीलाई रथमा राखेर आफुले रथ हाँक्दै उनको घरमा पुर्याउन जाँदै थियो। त्यसैबेला एक आकाशवाणीले कंशलाई चेतावनी दियो- "जुन बहिनी र ज्वाँई लाइ तिमी घर पुर्याउन जाँदै छौ उनको आठौँ गर्भबाट तिम्रो मृत्यु हुनेछ।" यो आकाशवाणी सुनेर कंसले देवकीको हत्या गर्न आफ्नो तरवार निकाल्यो, तब वसुदेवले कंसको अघाडी हात जोडेर देवकीको गर्भबाट जती सन्तानहरू जन्मिन्छन, ती सबैलाई जन्मेकै समय कंसलाई सुम्पीदिने संकल्प गर्दै देवकीको प्राण रक्षाको विन्ती गरे। यो सुनेर कंशले वसुदेवको प्रतिज्ञा स्विकार गर्यो र उनीहरूलाई कारागार मा हालिदियो अनि कारागार को बाहिर आफ्ना पहरेदारहरूलाई कडा पहरा दिने आज्ञा दियो।

केही समय पछि देवकीको गर्भवाट पहिलो सन्तानको जन्म भयो। वसुदेवको प्रतिज्ञा बमोजिम कंस त्यो सन्तान लिन आयो र आफ्नै हातबाट खसालेर उसको हत्या गरिदियो दियो, त्यसै गरी उसले देवकीका अन्य छ वटा सन्तानहरूको हत्या गरिदियो। त्यस पछि देवकीको सातौं गर्भ देवी योगमायाले भगवान विष्णु को आज्ञा अनुसार वसुदेवकी दोस्री श्रीमती रोहिणी को गर्भमा सारिन्। जब श्रीकृष्णको जन्मको समय आयो तब भगवान विष्णुले वसुदेव ल देवकीलाई आफ्नो चतुर्भुज अवतारको दर्शन गराउनु भयो र त्यसपछी भन्नु भयो "हे दवकी, म तिम्रो छोरा को रूपमा जन्म लिन आएको हु र जब म तिम्रो गर्भवाट जन्म लिन्छु तब यो कारागार बाहिर का पहरेदारहरू निद्रा लिन हुनेछन् र तिम्रो हतकडी हरू खुल्नेछ। त्यसै बेला वसुदेव, तिमी मलाई गोकुल लैजाउ, गोकुलमा नन्दका घरमा भर्खरै एक कन्याको जन्म भएको छ, त्यहाँ मलाई यशोदाको काखमा सुताएर उन्की छोरीलाई ल्याएर यहाँ आउनु। त्यति भनि भगवान विष्णु अन्तर्ध्यान हुनु भयो। केही समय पछि देवकीको गर्भबाट भगवान श्रीकृष्णको जन्म भयो। भगवानको लिला अनुसार वसुदेव र देवकीका हतकडी खुल्ला भए र भगवान विष्णुले भने बमोजीम वसुदेवले बालक कृष्णलाई टोकरीमा राखेर गोकुल जान हिँडे। तर बाटोमा यमुना नदि थिइन्। यमुनाले भगवान श्रीकृष्णको दर्शन गर्नाको साथै वसुदेवको लागि बाटो छोडी दिईन्। केही समय मै वसुदेव यशोदाको काखमा खेलीरहेकी कन्यालाई उठाई बालक कृष्णलाई त्यहाँ सुताएर मथुरा फर्के। तर यो कुरा यशोदालाई थाहा भएन। यशोदालाई प्रसव पिडाका कारण कन्याको जन्म भएको पनि थाहा थिएन।[१९] यता वसुदेवले मथुरा आएर कन्यालाई देवकीको काखमा राखी जेलमा पूर्ववत बन्दी भएर बसे। केही छिन पछि बालीका ठुलो आवाजले रुन थालिन्। यो सुनेर पहरेदारहरूको मोह निद्रा खुल्यो र बालक जन्मेको कुरा कंशलाई पत्तो लाग्यो। बालक जन्मेको कुरा थाहा पाएर कंस कारागारमा आएर बालीकालाई देवकीको हातबाट खोसेर बाहिर गयो बालीकालाई पहिलेका बालकहरू जस्तै गरी जमीनमा पछार्दा बालीकाले आकाशमा उड्दै भनिन् "हे पापी, तँलाई मार्ने तेरो कालले जन्म लिइसकेको छ र अहिले गोकुल मा छ" भनिन्। यी बालीका महा शक्ति योगमाया थिइन्।

इतिहासका प्रमाण

[सम्पादन]

इतिहासकाहरुका लागि एक प्रामाणिक ग्रन्थ इन्डिका र त्यसका लेखक मेगास्थनीजका भनाईहरु आधिकारिक मानिन्छन् । किनभने त्यसमा तिथि मिति उपलब्ध छ । त्यस पुस्तकमा ह्रीक्लियस शब्दको उल्लेख छ । जुन शब्द हरिकृष्ण वा हृषीकेशका लागि प्रयोग गरिएको हो । यसका अतिरिक्त मेगास्थनीजले मैथोरा र क्लीइसोबोरा (कृष्णपुर) भनी दुइठूला र प्रसिद्ध शहरको नाम पनि उल्लेख गरेका छन् । बौद्ध जातक ग्रन्थहरूमा कृष्णलाई कान्ह शब्द प्रयोग गरिएको छ । पाकिस्तान सिन्ध प्रान्तको लरकाना जिल्लामा रहेको मोहन जो दारोको उत्खननमा एक बालकले दुइ वृक्षहरु उखेलेको र त्यसबाट दुइ व्यक्तिहरु उत्पत्ति भएको चित्र अंकित छ । यो चित्र भागवत कथाको यमलार्जुन उद्धारको हो भनी मानिएको छ ।

श्रीकृष्णको पूजा

[सम्पादन]

हे नाथ यो पतितको अपराध बिर्सि पक्री लगाम तल खस्न नदेउ बिन्ती जो पर्छ दुःख यसमा सपना गराउ हे कृष्ण शान्ति रसको सरिता बहाउ संसारका मरण को भयले डराई घुम्दा अहो अभय स्थान कहि नपाई आएँ प्रभु चरणमा अभय स्थान देउ हे कृष्ण शान्ति रसको सरिता बहाउ पोल्यो कड़ा विषय बैभवले मलाई पाईन आश्रय कतै तिर हाय हाय चर्की रहेछ मन भित्र कठोर घाऊ हे कृष्ण शान्ति रसको सरिता बहाउ ति कामीनी कनकमा मन यो भुलेर धेरै गरें अधम काम अहो भुलेर ती उग्र पापहरूबाट हरे बचाउ हे कृष्ण शान्ति रसको सरिता बहाउ हे कृष्ण ब्रिन्दाबनको बिहारी हे सत्यको सुन्दर रूपधारी हे बिश्व ब्यापी त्रयता पहारी उद्धार हाम्रो घर हे मुरारी ईश्वरीय शक्तिको रूपमा भगवान श्रीकृष्णको पूजा आर्यावर्तमा लगभग ५०० वि.पू. प्रारम्भ भइसकेका प्रमाणहरु भेटिन्छन । ऋग्वेदमा लेखिएको छ– एक यस्तो गोठालो जो कहिल्यै च्युत हुदैन, मित्रवत् छ, सुन्दर वस्त्रले सजिएको छ र यो समय समयमा पृथ्वीमा अवतरित भइरहन्छ। (ऋग्वेद १.२२.१६४) निश्चित रूपमा यो वर्णन भगवान श्रीकृष्णसंग नै सम्बन्धित छ। स्वामी योगानन्दले भगवद्गीता पुस्तकमा भगवान श्रीकृष्ण र क्राइस्टका जीवनको तुलनात्मक झलक प्रस्तुत गरेका छन्। उनको विचारमा नामको उच्चारणमा धेरै समानता छ। जीवनका प्रारम्भिक दिन र जीवनका अन्तिम दिनका घटनाहरूमा पनि समानता पाइन्छ। क्राइस्टको स्वरुप एक भेडागाठालोको रूपमा सुन्दरतम रूपमा अभिव्यक्त हुन्छ भगवान श्रीकृष्णको रुप मुरलीधर र गाईगोठालोको रूपमा नै सुन्दरतम रूपमा अभिव्यक्त हुन्छ । संभवतः उनको नाम गोपाल राख्नुको पछाडि यही दर्शनले काम गरेको छ । गोपालको अर्थ हुन्छ गाईको रेखदेख गर्ने र गोविन्दको अर्थ हुन्छ गाईको खोजी गर्ने । यी सबै घटनाले श्रीकृष्णको गाई प्रेम व्यक्त गर्छ । छान्दोग्य उपानिषद (९०० वि.सं. पूर्व) मा देवकीपुत्रको ससम्मान उल्लेख छ । पाणिनी अष्टाध्यायी (वि.सं. ५०० शताब्दी पूर्व), अर्जुन, र वासुदेवको सम्मानपूर्ण अभिलेख छ । कौटिलीय अर्थशास्त्र (३०० वि.सं. पू.) श्रीकृष्ण र द्वैपायनको उल्लेख हुनुका साथै दुर्योधनले गरेका गलतीहरूको उल्लेख छ ।[२०] कृष्णलाई विशेष पूजित व्यक्तितवको रूपमा सङ्केत गरिएको छ । पातञ्जली महाभाष्य (१५० वि.सं. पूं) मा कृष्ण र अर्जुन दुवै पूजाका विशेष अधिकारी पात्र छन् भनिएको छ ।[२१] महाभारत र भागवतको विवरण अनुसार श्रीकृष्णलाई सर्वप्रथम ईश्वरूपमा पहिचान गर्ने एक दृष्टिविहीन गोठालो साथी थियो । यशोदालाई पटक पटक त्यो रुप देखाउंदा पनि उनले बुझ्नै सकिनन् । गोपिनीहरूले उनको प्रेमी रूपलाई नै प्रधान मानेका थिए । उद्धव, भीष्म, विदुरले उनको अवतार रुपम जानेका थिए । भीष्मले यसैका लागि विष्णुसहस्रनाम रचना गरे । दुर्योधन र अर्जुन दुवैले श्रीकृषण्को विराट रुप वा विश्वरुप देखेका थिए तर दुर्योधनले त्यसलाई नौटंकी ठान्यो भने अर्जुनले त्यस रूपको दर्शन पछि ईश्वर भन्ने कुरा थाहा पाइ श्रीकृष्णको आज्ञा पालन गरे । [२२]

बाल लिला

[सम्पादन]
यसोदाको साथमा बाल श्रीकृष्ण

भगवान श्रीकृष्णले गोकुल, वृन्दावनब्रजमा रहँदा कैयैँ बाल लिला रचाएका थिए। कहिले कसैको घरको मखन चोरी खाएका थिए त कहिले गोठालाहरूसँग वनमा गाई चराउन गएका थिए। कहिले राधा र गोपिनीसँग रासलिला गरेका थिए त कहिले माता यशोदालाई भए नभएका मागहरू राखेर दिक्क पारेका थिए। कहिल्यै पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर, केशी आदी ठूला ठूला वीर असुरहरूको बध गरेका थिए त कहिल्यै गोवर्धन पर्वत धारण जस्ता अनेकौं बाल लिला देखाएका थिए। यहाँ भगवान श्रीकृष्णले गरेका केही बाल लिलाको छोटकरीमा वर्णन गरिदैछ।

पुतना बध

[सम्पादन]

मथुराको राजा कंसले श्रीकृष्ण गोकुलमा भएको थाहा पाएर आफ्नी एक दासी पुतनालाई गोकुलमा भएका बालकहरू सबैलाई जसरी भएपनि मार्ने आज्ञा दियो। राजा कंसको आज्ञानुसार पुतना पनि गोकुलमा गएर आफ्नो स्तनमा विष लगाएर बालकहरू चोर्दै जबर्जस्ती बालकको मुख आफ्नो स्तनमा दलेर स्तनपान गराउन लागी। यसै क्रममा पुतना यशोदाको घरमा पुगी। यशोदा श्रीकृष्णलाई घरमा सुताएर आफू घरको काममा लागेकी थिईन्। यसै बेला राम्रो अवसर पाईयो भन्ने ठानी पुतनाले बालक कृष्णलाई चोरेर लगी केही पर गएर कृष्णलाई स्तनपान गराउन लागि तर भगवान श्रीकृष्णले स्तनपान गर्दा गर्दै पुतनाको प्राण समेत चुसीदिनु भयो। तब पुतना निष्प्राण भएर जमीनमा ढली। पुतना जमीनमा ढल्दा भयंकर आवाज आयो सबै गोकुलका मान्छेहरू के भयो? यत्रो आवाज कसरी कहाँबाट आयो? भन्ने संका गर्दै आवाज आएको तर्फ दौडे। त्यहाँ सबैले पुतनाको मृत शरीरमा बालगोपाल खेलीरहेको देखे। यशोदा लगाएत सबै गोपहरूले पुतनाको मृत शरीरबाट श्रीकृष्णलाई उठाएर माया गरे। पछि गोपहरूले पुतनाको विशाल मृत शरीरलाई काटेर जलाए। भगवान श्रीकृष्णको हातबाट मारीएकी हुनाले पुतनाको मृत शरीर आगोमा जल्दा मिठो धुपको जस्तै वासना फैलिएको थियो।

यमुलार्जुन उद्धार

[सम्पादन]

एक दिन यशोदाले दही मथ्दै गरेको बेलामा बालगोपाल श्रीकृष्णले माता यशोदालाई स्तनपानको ढिपी गर्न थाले तर यशोदा आफ्नो काममा व्यस्त भएका कारण कृष्णको माग प्रती वास्ता गरिनन्। भगवान श्रीकृष्णले रिसाएर त्यसैबेला लातीले हानेर दही मथ्ने भाँडो फुटाए। तब यशोदाले रिसाएर कृष्णलाई चेताउनका निमित्त ओखलमा बाँधेर राख्न खोजिन् तर प्रभुको लिला अपरम्पार थियो यशोदाको घरमा भएका सबै डोरीहरू कृष्णलाई बाँध्नकोलागी साना पर्न गए। यसरी सबै डोरीहरू साना पर्न गए पछि यशोदा दु:खी भएर अब के गरुँ भनेर विचार गर्न लागिन्। त्यो देखेर आमालाई दु:ख भयो भन्ने ठानी कृष्णले सानो डोरीलाई पनि बाँध्न पुग्ने बनाए। तब योशोदा कृष्णलाई ओखलमा बाँधेर आफुले दही मथ्ने काम गर्न थालिन्। त्यस पछि भगवान श्रीकृष्णले ओखललाई घिसार्दै जंगल तिर लगे जंगलमा दुईवटा ठूला जमुलार्जुनका रुखहरू विचमा ओखल अड्किएर रुखहरू भाँचिए। रुख भाँचिएको आवाज पुरै गाउँमा फैलियो सबैजना आवाज आएको दिशा तर्फ दौडे। रुखहरू भाँचिएको ठाउँबाट दुईजना सुन्दर पुरुषहरू निस्केर भगवान श्रीकृष्णको प्रार्थना गर्न थाले। तब कृष्णले उनीहरू पूर्व जन्ममा नल र कुबेर दुई भाइ रहेका र देवराज इन्द्रको श्रापले गर्दा यहाँ रुख भएर जन्मिएका आज उदार गर्न निमित्त आफुले यो सबै काम गरेको बताए। त्यस पछि ती दुवै जना दिव्य विमानमा बसेर स्वर्ग तिर प्रस्थान गरे भने कृष्णलाई गाउँले तथा यशोदाले घरमा ल्याए।[२३]

मखन चोर

[सम्पादन]

भगवान श्रीकृष्णले बाल्यकालमा अन्य गोप बालकहरूसँग मिलेर गोपीनीहरूका घरमा गएर मखन (नौनी) चोरेर खान्थे। यसैले भगवान श्रीकृष्णलाई मखन चोर पनि भनेको सुनिन्छ। यसरी दिन दिनै मखन चोरेर सताएकाले एकदिन गोपिनीहरू सबै यशोदाको घरम जम्मा भएर यशोदासँग कृष्णले हाम्रो सबै मखन चोर्छन भने। तब यशोदाले कृष्णलाई सोधिन्। भगवान श्रीकृष्ण रुँदै भनेकी गोपिनीहरू मलाई चोरीको झुठो आरोप लगाउदै छन्। यो सुनेर यशोदाले गोपीहरूलाई गाली गरेर त्यहाँबाट भगाइन्। तब गोपीहरू कृष्णलाई नौनीसँगै समात्ने योजना बनाए। भोलिपल्ट सबै गोपीहरू आफ्नो आफ्नो घरमा चियो बसेर मखन चोरको बाटो हेर्न लागे। यत्तिकैमा मखन चोर केही साथीहरूलाई लिएर एक घरमा गए। सबै गोपीहरू मखन चोरलाई पक्राउ गर्न त्यसै घरमा गए जहाँ मखनको चोरी हुँदै थियो। मखन चोरको समुह त्यो घरमा भएको मखन चोरेर अर्को घरमा जाने तयारीमा बाहिर निस्कने बित्तिकै मखन चोर पक्राउ परे। त्यस पछि सबै गोपीहरू श्रीकृष्णलाई यशोदाको घरमा लिएर गए। तर कृष्णको लिला अपरम्पार थियो। कृष्णलाई जुन गोपीले समातेर ल्याएकी थिईन् कृष्ण उनैको छोराको रूपमा थिए। यशोदाको घरमा गएर गोपीहरूले भगवान श्रीकृष्णले मखन चोरे सबुत सहित पक्रेर ल्याएको कुरा बताए। यशोदाले बालकको मुखमा हेरेर हाँस्दै भनिन्- "तिमीहरू सबै पागल त भएनौ बालकलाई हेर कसको छोरा हो? मेरो कान्हैया त आज बिहानै देखि घर मै छ।" यो सुनेर सबै गोपीहरूले पक्रेर ल्याएको मखन चोरलाई हेरे यो त आफ्नै पुत्र पो हो। सबै गोपीहरू लाजले केही पनि भन्न नसकेर आफ्नो आफ्नो घर गए।

राधीका चरित्र

[सम्पादन]
राधाकृष्ण

राधा जसलाई राधीका, राधे, अदी नामले पनि चिनिन्छ भगवान श्री कृष्णकी बाल्यकालकी सखि थिईन्। भगवान श्रीकृष्णले राधा सँग निकुञ्ज वन र वृन्दावन मा हजारौ लिला रचाएका थिए। राधा ब्रज निवासी भृषभानु नामका गोपकी छोरी थिईन् र उनकी आमाको नाम कृती थियो। राधाको जन्म पनि कृष्ण जन्मेकै वर्ष राधा अष्टमीका दिन भएको थियो। राधालाई लक्ष्मीको अवतार मानिएको छ। कृष्णको मुरलीको धुन सुन्ने बित्तीकै राधाजी घरका सबै कामहरू छोडेर त्यतै जाने गर्थीन्। राधा कृष्णमा मोहीत थिईन् भने कृष्ण राधामा मोहीत थिए। राधा जी सँधै गोठमा गाई दुहनजाँदा कृष्णलाई बोलाउने गर्थिन्। एक दिन श्रीकृष्णलाई राधाको गोठबाट जान लाग्दा राधीकाकी सखिहरूले देखिन्। तब राधीकालाई जिस्काउ लागिन् यो देखेर राधीका आफुलाई सर्पले टोकेको बहाना गरेर बेहोस भइन्। राधीकाका सखीहरूले उनलाई कृती भए ठाउँ पुराए। यसरी राधीका बेहोस भएकी देखेर कृतीले आतिदै राधाका सखीहरूसँग राधा कसरी बेहोस भईन् भनेर सोधिन्। सखीहरूले राधा बेहोस हुँदा सर्पले टोकेको कुरा गरे, तब कृतीले गाउँका सबै वैद्यहरूलाई बोलाईन् सबैले झारफुक इत्यादी गरे तर राधाको होस आएन। त्यस पछि एक राधीकाकी एक सखीले अंदाज लगाएर श्रीकृष्णले सर्पको टोकाई निको पार्छन् भनिन् यो सुनेर कृती आफै कृष्ण भए ठाउँ गएर कृष्णलाई बोलाएर ल्याइन्। कृष्णले अलिकती पानी हातमा लगेर मन्त्र पढे झैँ गरी राधाको मुखमा छिँटा मारेर आफू मुरली बजाउन लागे।मुरलीको धुन सुन्दै राधालाई होस् आयो। मिलको लागि आमाहरूलाई ठगेर यस्तै खाले लिलाहरू राधा र कृष्ण गरीरहन्थे।

गोवर्धन धारण

[सम्पादन]

एक दिन भगवान श्रीकृष्णले नन्दादी गोपहरूलाई केही पूजा सामग्री लिएर मन्दिर जान लागेका देखे। यो देखेर भगवान श्रीकृष्णले सबैलाई कहाँ र किन जाँदै छौ भनेर सोधे। यो सुनेर नन्दादी गोपहरूले देवराज इन्द्रको पूजा गर्न मन्दिर जान लागेको बताए। तब कृष्णले यसरी इन्द्रको पूजा गर्नु भन्दा हामी जुन ठाउँमा बसेका छौँ त्यो गिरी गोवर्धनको पूजा गर्नु राम्रो हो भनि बताए। यो सुनेर ब्रजवासीहरूलाई कृष्णको कुरा ठिक लाग्यो। सबै मिलेर गोवर्धन पूजा गरे मन्दिरमा चढाएको प्रसाद इत्यादी सबै कृष्णले गोप्यरूपमा खाए। यो देखेर सोझा गोपहरूले देवता खुसी भएर हामीले चढाएको फल फूल, प्रसाद सबै देवताले खाए भन्ने ठाने। यो देखेर देवराज इन्द्रलाई साह्रै रिस उठ्यो र उनले सबै मेघहरूलाई बोलाएर पुरा ब्रज बगाउने आदेश दिए। देवराजको यो आज्ञा पाएर ब्रजमा घनघोर वर्षा हुन लाग्यो र पुरा ब्रज जलमग्न भयो। जमीन भन्ने कुनै ठाउँ नै रहेन चारै तिर सागर झैँ पानी नै पानी भयो। यो देखेर ब्रजमा हाहाकार भयो। बाँच्ने आशा सबैको हरायो। सबैले कृष्णले उल्टो मति सिखाएकोमा इन्द्र रिसाए भन्दै कृष्णलाई दोषी ठहराए। तब भगवान श्रीकृष्णले पनि देवराज इन्द्रको सेखी हरण गर्ने ठाने। कृष्णले सबै ब्रजवासीहरूलाई गोरर्धन गिरीको फेदीमा लिएर गए। आफ्नु कान्छी औँलाबाट गोवर्धन पर्वतलाई उठाएर एक गुफा बनाए। सबै ब्रजवासीहरूलाई गुफामा बसालेर आफुले एक हातले पर्वत उठाएर अर्को हातले मुरली बजाउदै सबैलाई मोहीत बनाए। एक हप्ता भरी वर्षा रोकिएन र अन्त्यमा इन्द्रले आफ्नो हार स्विकार गरेर भगवान श्रीकृष्णसँग माफी मागेर वर्षा बन्द गराए। वर्षा बन्द भैसके पछि कृष्णले सबैलाई बाहिर निकालेर पर्वत पूर्वानुसार राखेर बाहिर आए।

चीरहरण

[सम्पादन]

एक दिन ब्रजका सबै गोपीनीहरू स्नान गर्न यमुनाको किनारामा गए। भगवान श्रीकृष्ण पनि गोपीनीहरूको पछाडी पछाडी लुकेर गए। यमुना पुगेर गोपीनीहरूले आफ्ना सबै कपडा खोलेर किनारामा राखेर सर्वांग नाङ्गा भएर नदीमा स्नान गर्न लागे। श्रीकृष्ण सबै गोपीनीहरूका कपडाहरू लिएर नजीकैको कदमको रुखमा चढेर बसे। गोपीनीहरू स्नान गरेर तलाउको किनारामा आएर कपडाहरू नभेटाएकाले हैरान भए। उनीहरू आपसमा कपडाहरू कसरी हराए भन्दै छलफल गर्न थाले हावाले उडायो होला भने पनि यहाँ हुरी आएको देखिएन, कसैले चोरेर लग्यो भने पनि यहाँ हामी बाहेक अरु कोही पनि आएको छैन भनेर धेरै किसिमका तर्क बितर्क गर्न थाले। यो देखेर रुखमाथी बसेका कृष्ण मुरली बजाउन लागे। मुरलीको आवाज सुनेर गोपीनीहरू झस्किएर फेरी तलाउ भित्र पसे। गोपीनीहरू भित्री मनमा कृष्ण प्रती प्रेम भए पनि बाहिर मुखले कृष्णलाई गाली गर्न थाले। कपडा न दिएमा राजा कंशसँग निसाब माग्ने धम्की दिए। यो सुनेर कृष्णले पनि रिसाएर म कपडा दिन्न तिमीहरू जे गर्न सक्छौ गर भने। गोपीनीहरूले कृष्ण रिसाए भन्ने थाहा पाएर गल्ती गरेकोमा माफी माग्दै कपडाहरू दिने विन्ती गर्न थाले। तै पनि श्रीकृष्णले गोपीनीहरूलाई सताइ सताइ कपडा फिर्ता गरे।

वत्सासुर, बकासुर वध

[सम्पादन]

एक दिन भगवान श्रीकृष्णले यशोदालाई आफुहरू घरमा बसेर खेल्नु भन्दा गाइहरूका साथ वनमा गएर गाइ चराएर ल्याउने ढिपी गर्न थाले। यशोदाले कृष्णको उमेर सानो भएको कारण वनमा जान हुदैन भनि धेरै सम्झाईन् तर श्रीकृष्णले आफ्नो ढिपी छोडेनन्। यसरी कृष्णले ढिपी गरेका कारण यशोदाले ब्रजका अन्य गोठालाहरूलाई घरमा बोलाएर कृष्ण र बलरामले वनमा जान ढिपी गरीरहेका छन् यसैले यिनलाई आफुसँगै लैजाने, वनमा यी दुवै भाईको राम्रो निगरानी गरेर घर आउदा आफुसँगै ल्याएर आउने आज्ञा गरिन्। तब गोठालाहरूले कृष्णलाई आफ्ना साथ लिएर गए। वनमा गाइहरूलाई चर्न छोडेर आफूहरू खेल्न लागे। त्यसै बेला कंबले पठाएको एक वत्सासुर नामको असुर त्यहाँ बाछोको रूपमा देखियो वत्सासुरले कृष्ण र बलरामलाई लाती र सिँगले हान्नलाग्यो यो देखेर सबै गोठालाहरू डराए। तब श्रीकृष्णले बत्सासुरकका साथ लडेर बत्सासुरलाई मारे। आफ्नु भाइ मारिएको देखेर बत्सासुरको भाइ बकासुर रिसाएर आयो। बकासुर बकुल्लोको रूपमा आएर श्रीकृष्णलाई निल्यो। यो देखेर सबै गोठालामा हाहाकार मचियो। सबै रुन कराउन थाले तर कृष्णले बकासुरको घाँटीमा अड्केर आगो जस्तै जलाउन थाले त्यसैले बकासुरले कृष्णलाई निल्ल नसकेर वाक्यो। बकासुरले कृष्णलाई फेरी निल्ने प्रयास गर्न थाल्यो तर कृष्णले उसको मुख च्यातेर मारे। यसरी २ वटा राक्षसहरूको बध गरेर बेलुका पख घर फर्किए। यशोदाले वनमा घटेका घटनाहरू सुनेर भोलिपल्ट घरैमा खेल्नको लागि मुरली दिएर कृष्ण र बलरामलाई वन जानबाट रोकिन्।

प्रलम्बासुर, केशी वध

[सम्पादन]

भगवान श्रीकृष्णलाई गोकुलमा भएको थाहा पाए पछि कंहले बिच बिचमा आफ्ना योद्धाहरूलाई गोकुल गएर श्रीकृष्णलाई मार्ने आज्ञा दिएर पठायो तर ती सबैलाई भगवान श्रीकृष्णले खेल खेलमै मारेर स्वर्ग पठाए। एक पटक भगवान श्रीकृष्ण र बलराम वनमा गोठालाहरूसँग खेलीरहेका बेला एक प्रलम्बासुर नाम गरेको दैत्य गोठालाकै भेषमा आएर आफू पनि तिनीहरूसँगै खेल्ने आग्रह गर्न थाल्यो। त्यो देखेर कृष्ण र बलरामले सबै थाह पाई सकेका थिए। उनीहरू सबैले प्रलम्बासुरलाई आफुसँगै खेल्न लगाए। सबैले पालै पालो गरेर एकले अर्कोलाई बोकेर केही पर लैजाने खेल खेल्न थाले। यसै क्रममा प्रलम्बासुरको पालो भगवान श्रीकृष्णलाई बोक्नु पर्ने आयो खेलको नियमानुसार भगवान श्रीकृष्ण प्रलम्बासुरको बुई चढे तर प्रलम्बासुरले आफ्नो राक्षसी रूप लिएर आकाशमा उड्यो यो देखेर सबै आत्तिए तर भगवान श्री कृष्णले प्रलम्बासुरको घाँटी चेपेर स्वाँस रोकिदिए केही छिन पछि प्रलम्ब निष्प्राण भएर जमीनमा खस्यो। यसै गरी केशी नामको अर्को दानवलाई पनि कृष्णले खेल खेलमै मारेका थिए।[२३]

कालिय दमन

[सम्पादन]

एक दिन भगवान श्रीकृष्ण लगाएत सम्पूर्ण गोप बालक यमुना नदीको किनारामा भकुण्डो खेलीरहेका थिए अचानक भकुण्डो हुत्तिएर यमुनाको एक तलाउमा खस्यो। त्यो तलाउमा कालिय नामक एक भयंकर र विषालु सर्प थियो, त्यो सर्प यती विषालु थियो कि यदी तलाउमाथी कुनै पक्षी पनि उडेर गयो भने विषका प्रभावले तुरुन्तै मरेर जमीनमा खस्थ्यो। भकुण्डो पानीमा गए पछि सबै गोप बालकहरूले तिर्खा लागेको कुरा भगवान श्रीकृष्ण सँग बिन्ती गरे। यो सुनेर भगवान श्रीकृष्णले भकुण्डो पनि ल्याउने र पानी पनि पिएर आउन तलाउमा जाने सल्लाह दिए गोपबालकहरूले तलाउमा विषालु नाग भएको र त्यहाँ जान नहुने कुरा व्यक्त गरे। तब कृष्ण नागको शेखी हरण गर्ने चाहनाले तलाउको नजीकैको रुखमा चढेर ठूलो आवाज गर्न थाले।यो देखेर कालियनाग तलाउ बाहिर आएर कृष्णलाई पुरै शरीर बेरेर डस्न थाल्यो। यो देखेर सबै ब्रजवासीहरू आतिए त्यो दिन कृष्ण बलरामलाई छोडेर एक्लै गएका थिए। कृष्णलाई नागले डसेको कुरा थाहा पाएर नन्द बलराम लगायत सबै ब्रजवासीहरू यमुनामा गए। त्यहाँ भगवान श्रीकृष्णलाई नागले बेरेको देखेर सबै रुन थाले। यो देखेर कृष्णले फुर्ती देखाएर नागको टाउकोमा चढेर नाँच्न थाले। नागले अत्यन्त पिडाका कारण मुखबाट रगत छाद्न थाल्यो। नागका पत्नीहरू आएर भगवान श्रीकृष्णसँग नागको ज्यान बचाउनको लागि प्रार्थना गर्न थाले। यो देखेर भगवान श्रीकृष्णले नागलाई स्त्री द्वारा प्राण बचाइएको उपाधी दिदै अब देखि घमण्ड नगर्ने वाचा गराएर तलाउ छोड्न लगाए।[२३]

मथुरा गमन

[सम्पादन]

कंसका धेरै जसो योद्धाहरूलाई कृष्णले गोकुलमा नै मारेर सिध्याएका कारण कंशले वसुदेव र देवकीलाई फेरी थुनामा राख्न लगाएर अर्कुर नाम गरेका व्यक्तिलाई ब्रजबाट कृष्ण र बलरामलाई ल्याएर आउने आज्ञा दियो। पुरै कृष्ण चरित्रमा यो कथा निकै मार्मिक छ। यो कथा पढ्दा आँखाबाट आँसु झर्छ। जब श्रीकृष्ण र बलरामलाई गोकुलबाट विधाई गरिन्छ। त्यसबेला ब्रजवासीहरूले गरेको रोधनलाई पढ्दा कठोर हृदय भएको व्याक्तिको पनि आँखाबाट आँशु खस्छ। श्रीकृष्ण मथुरा गएको धेरै दिन सम्म ब्रजका मान्छे त के गाईहरूले पनि घाँस नखाएर आँखाबाट आँशु वर्षाई रहेको कुरा कृष्ण चरित्रमा लेखिएको छ।

विभिन्न नामहरू

[सम्पादन]

कृष्णले कंसलाई मारेर मथुरा कब्जा गरेपछि कंस का अनन्य मित्र मगधराज जरासन्धले कंस हत्या को बदला लिन मथुरामाथि अठार पटकसम्म हमला गरे। अन्तिम पटकको हमलाको प्रतिरोध नगरी कृष्णले मथुरा छाडिदिए। त्यसपछि कृष्णको नाम 'रणछोड' रहन गयो। [२४]

ईश्वरूपमा पहिचान

[सम्पादन]

महाभारत र भागवतको विवरण अनुसार श्रीकृष्णलाई सर्वप्रथम ईश्वरूपमा पहिचान गर्ने एक दृष्टिविहीन गोठालो साथी थियो । यशोदालाई पटक पटक त्यो रुप देखाउंदा पनि उनले बुझ्नै सकिनन् । गोपिनीहरूले उनको प्रेमी रूपलाई नै प्रधान मानेका थिए । उद्धव, भीष्म, विदुरले उनको अवतार रुपम जानेका थिए । भीष्मले यसैका लागि विष्णुसहस्रनाम रचना गरे । दुर्योधन र अर्जुन दुवैले श्रीकृषण्को विराट रुप वा विश्वरुप देखेका थिए तर दुर्योधनले त्यसलाई नौटंकी ठान्यो भने अर्जुनले त्यस रूपको दर्शन पछि ईश्वर भन्ने कुरा थाहा पाइ श्रीकृष्णको आज्ञा पालन गरे ।

गृहस्थ जीवन

[सम्पादन]

मथुरा छोडेर भगवान श्रीकृष्णले सबै यादवहरू साथमा लिएर द्वारकामा आफ्नो नयाँ जिवनको सुरुवात गरेका थिए। उनले द्वारकामा नै एक सामान्या मानिस झैं गृहस्थ जिवन बिताएका थिए। द्वारकामा पनि भगवान कृष्णलाई धेरै शत्रुहरूको सामना गर्नु परेको थियो। उनले आफ्ना दाजु बलरामसँग सान्धीपिनी नामका ऋषीको आश्रममा गएर धनुर्वेद सिकेका थिए। सान्धीपिनीले आफ्ना मरेका छोराको ज्यान गुरु दक्षिणा मागेकाले भगवान कृष्ण र बलरामले यमलोक गएर गुरुका मरेका छोरा फिर्ता ल्याएका थिए । [२३] धनुर्वेद पढेर घर फर्केपछी श्रीकृष्णले विभिन्न सयंवरहरू जितेर रुक्मिणी लगायतका आठवटा रानीलाई विवाह गरेका थिए भने भौमासुरले थुनेर राखेका १६००० राजकुमारीहरूलाई भौमासुरलाई मारेर जेलबाट मुक्त गरेका थिए। भौमासुरको जेलमा बन्दी भएका ती १६ हजार राजकुमारीहरूले पनि कृष्णसँग विवाह गर्ने इछ्छा जताएकाले कृष्णले ती राजकुमारीहरूलाई पनि विवाह गरेका थिए। यसरी कृष्णका रानीहरूको संख्या १६००८ पुगेको थियो। प्रत्यक रानीहरूकालागी एकएकवटा महल बनाएका थिए भने प्रत्यक रानीहरूबाट १० छोरा र १ छोरी जन्मेका थिए। भनिन्छ कृष्णले गृहस्थ जिवनमा जतीवटा रानी थिए त्यतीवटा स्वरुप लगेर प्रत्यक रानीका घरमा बस्ने गर्थे। [२३] गृहस्थ रहँदा भगवान कृष्णले भीमसेनद्वारा आफ्नो शत्रु जरासन्धलाई पनि मराएका थिए भने सिसुपाल, शाल्व, दन्तवक्र, विदुरथ जस्ता पापीहरूको बध गरेका थिए भने बाणासुर जस्तो घमण्डीसँग युद्ध गरेर उसको सबै घमण्ड उतारेका थिए । यसै गरी उनले महाभारतको युद्धमा आफू नलड्ने भएर धर्मात्मा र सत्यवादी पाण्डवहरूका भाइ अर्जुनको सारथी बनेर विजय गराएका थिए र पापी कौरवहरूको पराजय गराएका थिए। कृष्णले आफ्नो गृहस्थ जिवनमा पनि पापीहरूको नास गर्ने र धार्मीकहरूको उद्धार गर्ने कामहरू गरेका थिए। उनले आफ्नो एक जना बचपनका साथी सुदामालाई गरिबको जिन्दगीमा बाँचेको देखेर धन धान्यले भरिपूर्ण गराएका थिए।

गोपिनीहरूसँगको प्रेम

[सम्पादन]

कृष्णको गोपिनीहरूसँगको प्रेम र सोह्र हजार रानीहरूको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ। गोपी र राधासँगको प्रेम निश्चय पनि एक विशेष घटना हो र यदि कुनै प्रेमी र प्रेमिका त्यस उच्च कोटिमा पुगेका छन् जहाँ कृष्ण र गोपिनीहरू थिए भने त्यस प्रेमको वर्णन उनहरूले गर्न सक्छन्। श्रीकृष्ण एक पूर्ण पुरुष थिए। कृष्णमा सम्पूर्ण पुरुषोचित गुण थिए। उनी आकर्षक थिए। बहादुर थिए निर्णायक थिए। असल रक्षक थिए। समाजका हित चिन्तक थिए। योग्य पुत्र थिए। योग्य मित्र थिए। गायक थिए, सङ्गीतज्ञ थिए। नर्तक थिए। घिउदूधमा बालबालिकाहरूको पहिलो अधिकार स्थापना गरेर बाल अधिकारका प्रतिपादक बनेका थिए। त्यस्ता विशेष पुरुषलाई प्रेम गर्ने गोपिकाहरु धन्य भएका थिए। कृष्ण जस्ता अतिमानवको प्रेम पाएर गोपिकाहरु पनि धन्य भएका थिए। भागवत ग्रन्थको रासलीलामा त्यो प्रेम ज्यादै सुन्दर र पवित्र रूपमा प्रकट गरिएको छ। राधाको चरित्र भागवतमा पाइँदैन। राधा र कृष्णको प्रेमको अभिव्यक्ति पनि ज्यादै सुन्दर छ। कंसको निम्तोमा मथुरा जाने समयमा प्रेमी कृष्णले प्रेमिका राधासँग अन्तिम विदाई लिएका छन्। यस विदाईमा भगवान श्रीकृष्णले आफ्नी प्रेमिका लागि बजाएको मुरली अब अरु कसैका लागि नबज्ने उपहार प्रदान गरेर बिदाई दिन्छन्। ब्रज छोडे पछि कृष्ण फेरि कुनै गोपिकासंग भेट गर्न कहिल्यै पनि फर्केनन्। यसबाट कृष्णको प्रेमको पवित्रता स्पष्ट हुन्छ। कृष्णको प्रेम त्यागमा रुपान्तरित हुने प्रेम थियो वासनामा रुपान्तरित हुने प्रेम थिएन। गोपिनीले कुन स्तरको प्रेम गरेका थिए भन्ने उदाहरण मीराको कृष्ण प्रेमले दिन्छ। जसले संसारमा एक कृष्ण बाहेक अरु कसैलाई पनि पुरुष देख्दैनथिन्। नरकासुर नाम गरेको एक पतित र व्याभिचारी राजा थियो। जसले कन्याहरूलाई जबरजस्ती पक्डिएर ल्याउँथ्यो र यौनसम्बन्ध राख्थ्यो। त्यसपछि जेलमा थुनेर राख्थ्यो। यसरी उसले हजारौँ कन्याहरूलाई दूषित गरेका थियो। ती कन्याहरूलाई कसैले मुक्त गर्न सकेको थिएन। भगवान श्रीकृष्णले नरकासुर वध गरेर सबै कन्याहरूलाई मुक्त गरे अनि सबैका घरघर पठाई दिए। घर गएका कन्याहरु पुनः कृष्णकहाँ फर्के तथा भन्न थाले कि उनीहरूलाई न त समाजले स्वीकार गर्‍यो न परिवारले। अरू कसैले विवाह गर्न पनि मानेन। हजारौँ नारीहरूको यो क्रन्दन सुनेर कृष्णले तत्काल निर्णय गरे– तिमीहरु आजदेखि कृष्ण पत्नी भयौ। र कृष्ण पत्नी भएपछि तिमीहरूको सम्मानको जिम्मेवारी पनि मेरो भयो। यसरी कृष्ण सोह्र हजार पत्नीका पति हुन पुगे।

स्वर्गारोहण

[सम्पादन]
कृष्णको मृत्यु

महाभारतको युद्ध पश्चात भगवान कृष्णले द्वापरयुगमा पापीहरूको अन्त्य गरेका थिए । जतीबेला यो पृथ्वीमा पापीहरू धेरै हुन्छन् त्यो बेला भगवान विष्णु कुनै न कुनै रूपमा अवतरीत भएर पापको नास गरेर धर्मको उद्धार गर्छन् भन्ने हिन्दू मान्यता रहेको छ । यसरी महाभारतको युद्ध गराएर भगवान कृष्णले संसारका पापीहरूको त नास गरे तर असङ्ख्यको रूपमा वृद्धी भएको याद्वपकुल देखेर यसलाई पनि नास गराउने उनको इछ्छा थियो । महाभारतको युद्धको कारण कृष्ण भएकोले कौरवहरूकी माता गान्धारीले कृष्णलाई जसरी तिमीले कुरुकुलको नास गरायौ त्यसरी तिम्रो कुलको पनि आपसमा लडेर नास हवस् भनेर श्राप दिएकी थिइन् ।[२३] गान्धीरीको श्रापको प्रभाव र भगवान कृष्णको इछ्छा भएकोले एक दिन याद्वपहरू जंगलमा सिकार गर्न गएको बेला दुर्बाशा ऋषिको आश्रममा पुगे । गान्धारीको श्राप र कृष्णको इछ्छाका कारण धर्मात्मा याद्वपहरूको बुद्धी भ्रष्ट भएको थियो । त्यसैले उनीहरूले दुर्वाशा ऋषीको तपस्याको परीक्षा लिने विचार गरे । याद्वपहरूले कृष्णका छोरा शाम्बलाई महिलाको पहिरन गराएर दुर्बाशा ऋषिको अगाडि गएर यी महिला गर्भवती छन् यीनको गर्भबाट छोरा जन्मन्छ की छोरी जन्मिन्छे भनेर सोधे । दुर्बाशा ऋषी स्वभावमा निकै रिशालु थिए । याद्वपहरूले यसरी आफ्नो अपमान गर्न खोजेका थाह पाएर उनले यी महिलाको गर्भबाट याद्वपकुलको नास गर्ने एक मुशल पैदा हुनेछ भने । नभन्दै शाम्बको कपडा खोलेर हेर्दा त्यसबाट एक फलामको मुशल निस्कियो ।[२३] यो देखेर याद्वपहरू निकै डराएर घर फर्के । जंगलमा भएको सबै घटना सुनेपछी कृष्णले मुशल ढुङ्गामा घिसेर त्यसको धुलो समुन्द्रमा फाल्न लगाए । याद्वपहरूले मुशललाई ढुङ्गामा रगड्दै धुलो समुद्रमा बगाउँदै गरे । अन्तमा मुशलको एक टुक्रा धेरै सानो भएकोले त्यो टुक्रा रगड्न कठिन भयो । याद्वपहरूले त्यो टुक्रालाई त्यत्तिकै समुद्रमा बगाए । मुशलको धुलो समुद्रमा बगाएकोले समुद्रको किनारा भरी धारीलो पात भएको झार उम्रियो । मुशलको जुन टुक्रा त्यत्तिकै फालिएको थियो त्यो टुक्रा एक माछाले खायो । त्यो माछालाई माझीले समातेर जरा नामको व्याधालाई बेचे । व्याधाले माछा काटेर हेर्दा माछाको पेटमा फलामको टुक्रा देख्यो । त्यो फलामको टुक्रालाई जरा नामको त्यो व्याधाले बाण बनायो ।[२३] यसै क्रममा एक दिन याद्वपहरूले समुद्रमा स्नान गर्ने र दान गर्ने निर्णय गरे । महिला र बालकहरूलाई घरैमा छोडेर सबै याद्वपहरू समुद्र किनारामा जम्मा भए । स्नान दान पछि याद्वपहरूमा कुनै अनर्थको कुरामा विवाद हुन थाल्यो । यसरी विवाद बढ्दै जाँदा उनीहरू आपसमा लड्न थाले । लड्दा लड्दै उनीहरूका हथियार भाँचिए । हथियार नभएकोले उनीहरूले मुशलको धुलोबाट उम्रेको झार उखेल्दै एक अर्कालाई हान्न थाले । जसलाई त्यो झारको चोट लाग्थ्यो त्यो तुरुन्त मर्थ्यो । यसरी आपसमा लडेर सबै याद्वपहरू सिद्धिए । याद्वपकुलको नास भयो भन्ने खुसीले कृष्ण एक पिपलको छायाँमा विश्राम गर्न थाले । जरा नामको व्याधाले टाढैबाट कृष्णको खुट्टा देख्यो । व्याधाले मृगको टाउको सोचेर कृष्णको खुट्टामा बाण प्रहार गर्यो । त्यो बाण माछाको पेटमा भेटिएको मुशलको टुक्राबाट बनेको हुनाले कृष्णको मृत्यु त्यसै बाणबाट भयो । यसरी भगवान कृष्णले मानव देह त्याग गरेर चतुर्बाहुको रुप धरेर बसे । जरा व्याधा मृग मर्यो भनेर खुसी हुँदै कृष्णको देह भएको ठाउँमा पुग्यो । त्यहाँ उसले भगवान कृष्णको खुट्टामा आफ्नो बाण लागेको देखेर कृष्णको खुट्टामा परेर माफी माग्यो । यो देखेर कृष्णले जरालाई "म राम हुँदा त बालीपुत्र अङ्गद थिइस् । मैले छल गरेर तेरो बाबुलाई मारेको थिएँ तैपनि तैँले मलाई रावणसँगको युद्धमा धेरै सघाइस् । रावणको मृत्यु पश्चात मैले तँलाई इच्छा अनुसारको वर माग्न भनेपछी तैँले बाबाको बध गर्ने तिर भएर लडेको भनेर मलाई लोकले अपहेलना गर्ने छन् । त्यसैले रामको मृत्यु मेरो हातबाट हवस् भनेर वर मागेको थिइस् । त्यो बेला मैले तँलाई म कृष्ण भएको बेलामा मार्नु भनेको थिएँ । त्यै भएर तेरो बाणको प्रहारबाट म मरें यसमा तँलाई कुनै पाप लाग्दैन" भने यसका साथै कृष्ण बैकुण्ठ गएर बसे ।[२३]

महाभारतमा श्रीकृष्ण एक महापुरुषको रूपमा चित्रित गरिएको छ । जसमा उनको मृत्युलाई मुसल पर्वमा बडो सुन्दर रूपमा व्याख्या गरिएको छ । यदुवंशीहरु अहंकारी र श्रीकृष्णलाई नटेर्ने भए पछि उनी दुखी भएर जंगलमा पीपलको वृक्षमुनि सुस्ताइरहेका थिए । जहां एक व्याधाले उनलाई हरिण जस्तो ठानेर झक्किएर हत्या गरिदियो । महाभारतको कथा अनुसार गान्धारीको शाप तथा ऋषि दुर्वासा प्रति स्वयं कृष्णका सबभन्दा प्रिय पुत्रहरूमध्ये एक साम्बले गरेको दुव्र्ययवहार स्वरुप यो घटना भएको हो । यसरी १२० वर्षको उमेरमा श्रीकृष्ण देहान्त भएको थियो ।

कृष्णको राजनीतिक र आर्थिक व्यक्तित्व

[सम्पादन]

कृष्णको राजनीतिक र आर्थिक व्यक्तित्वको चर्चा प्रायः हुंदैन । कृष्ण पशुपालन अर्थव्यवस्थाका पक्षपाती थिए र पशुपालनबाट देशको सम्पन्नता र रोजगारीको सुरक्षा ठान्दथे । प्राचीनकालको कृषि अर्थव्यवस्थाका लागि यो एक क्रान्तिकारी प्रयोग हो । त्यस बेला कृषिलाई नै सर्वाधिक महत्त्व दिइन्थ्यो । राजनीतिक व्यवस्थामा पनि कृष्णले नौलो प्रयोग गरेका थिए । अन्यायी राजाहरूलाई दण्ड दिनु उनको लक्ष्य थियो तर आफुले राज्य विस्तार उनले कहीं पनि गरेको देखिएन । अन्यायी शासकको वध गरेपछि त्यहांको जनतालाई न्याय र आफ्नो पुरानै परम्परा सधैं प्राप्त भइरहोस भन्नेमा उनले ध्यान दिएका थिए । यस्तो परम्पराबाट सम्बन्धित देशवासीको मनोबल उच्च रहन्छ र उनीहरूले आफुलाई सधैं स्वतन्त्र ठान्छन् । उनीहरूले अनावश्यक रूपमा कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको पाईंदैन । श्रीकृष्ण आफुले एक छुट्टै राज्यको स्थापना गरे । त्यसको राजनीतिक प्रणाली त्यसबेला संचालित कुनै पनि प्रणालीभन्दा फरक थियो । उनको शासन सामूहिक निर्णय प्रक्रियामा आधारित थियो जसको तात्कालिक निर्णमा दुवै जना दाजु भाइ भए पनि त्यसलाई प्राचीन ग्रन्थमा उल्लेख भएको कुनै पनि प्रणाली भन्दा त्यो फरक थियो । प्राचीनकालमा राजतन्त्र, गणतन्त्र, कुलसंघ, द्वैराज्य, वैराज्य, स्त्रीराज्य इत्यादि अनेक प्रणाली थिए । तर कृष्णले एक प्रकारको सामूहिक प्रणाली आरम्भ गरेका थिए । जसको शासन वृष्णिवंशका व्यक्तिहरूले गर्थे , जुन प्रजातान्त्रिक तरीकाले छानिएका हुन्थे । ग्रन्थहरूमा यसलाई वृष्णिवंश शासन प्रणाली भनिएको छ । जसले सामूहिक शासन प्रणाली भन्ने बुझाउंछ ।

नेपालमा कृष्ण भक्ति धारा

[सम्पादन]

नेपालमा वसन्त शर्मा, विद्यारण्य केशरी, विद्यापति मिश्र, इन्दिरस कृष्ण भक्ति धाराका कवि हुन् । बालागुरु षडानन र स्वर्गद्वारी महाप्रभु ले पनि कृष्ण भक्ति सम्प्रदायमा योगदान गरेका छन् । स्वर्गद्वारी कृष्णको गोपालन प्रविधिका लागि प्रसिद्ध छ । त्यहांको गोवर्धन पर्वत मेला भारत र नेपालमा प्रसिद्ध छ । यसलाई गोवर्धन अर्थात गाई बढाउने भनिन्छ । कवि गौतमले कृष्ण भक्तिधारा सुरु गरेका थिए त्यो आजसम्म चलिरहेको छ । निम्बार्क, रामानुज, कृष्ण प्रणामी, राधेराधे, इत्यादि स्म्प्रदाय कृष्ण भक्तिधाराका नेपालमा प्रचलित छन् । वर्तमान समयमा कृष्ण भक्तिधारा विश्वव्यापी भएको छ । आचार्य खेमराज केशवशरणले कृष्णभक्तिधारालाई लोकप्रिय बनाउन भजन र सत्संग सञ्चालन गरिरहनु भएको छ । भागवत कथा मार्फत् भजनपूर्ण कृष्ण भक्ति कथा प्रवाहित गर्न पं. नारायण प्रसाद पोखरेलको पनि ठूलो योगदान छ । आज नेपालमा भागवत कथा महायज्ञ अन्य कथा महायज्ञभन्दा बढी लोकप्रिय बनेको छ । निम्बार्क सम्प्रदायबाट मोहन शरण देवाचार्यज्यूलाई नेपालका प्रथम जगद्गुरु घोषित गरिएको छ ।

भगवान कृष्णको जीवन

[सम्पादन]

भगवान कृष्णको जीवनमा दम्भ, अहंकार, र अनिर्णयताको सानो गन्ध पनि कहीं पाईंदैन । पाण्डवहरू सधै. अनिर्णयताको शिकार हुने हुंदा प्रत्येक चरणमा उनीहरूलाई निर्णायक भइ सहयोग गरेको पाइन्छ । अर्जनले लक्ष्यवेध गरेपछि द्रौपदी स्वयंवरमा सारा क्षत्रियगणबाट अर्जुनको सुरक्षा तथा पांच पतिको पत्नीको रूपमा बस्नु पर्ने बाध्यता भए पछि कृष्णले पाण्डव, द्रौपदी र कुन्ती सबैलाई चित्त बmुभाइ दिएका थिए । कृष्णमा क्राइस्ट जस्तो सौजन्य, मोहम्मद जस्तो निश्चयात्मिकता र बुद्ध जस्तो तार्किकता एकै ठाउँमा पाइन्छ । कुनै कुराको निर्णय गर्नु र गराउनु भनेका जिम्मेवारी लिनु हो । त्यस कर्मको फलको भागी हुनु हो तर कृष्णले कर्म गर्ने तर कर्मफलसँग निःसंग रहने कर्मण्येवाधिकारस्ते...को नीति प्रत्येक पदमा अवलम्बन गरेका छन् । कृष्णलाई पूरै बुझ्न गीताको प्रत्येक श्लोकको अर्थ बुझे पुग्छ । अथवा कृष्णको जीवनको गहिरो अध्ययन गरे पछि गीता स्वतः. नै अवतरित हुन सक्छ । महाभारत युद्धलाई रोक्ने अन्तिमसम्म प्रयास गर्दा पनि जब दुर्योधन र उसका सहयोगीहरूले स्वीकार गरेनन् । श्रीकृष्णले युद्ध गर्नुपर्ने निर्णय पाण्डवहरूलाई सुनाए । युद्धको निर्णय गर्नु भनेको ज्यादै ठूलो निर्णय हो । प्रत्येक युद्धले एक युगको समाप्ति र अर्को युगको प्रारम्भ गर्छ । द्वितीय विश्वयुद्धमा अमेरिका सहयोगी हुने निर्णय गर्नु एक युगको प्रारम्भ थियो । युद्ध पछि नया शक्तिहरूको उदय हुन्छ । नया सभ्यता र संस्कृतिको विकास हुन्छ । महाभारतमा गीता सुनाएर भगवान श्रीकृष्णले एक नया युगको प्रारम्भ गरेका थिए । युद्ध प्रारम्भमा पाञ्चजन्य शंखको आवाज त्यही नयां युगको शंखध्वनि थियो ।
[२५] एक महान योद्धामात्र होइनन् शान्तिदूतको रूपमा पनि श्रीकृष्णको भूमिका अनुपम छ । अर्जुन, उद्धव आदि अनेक शिष्यहरूलाई उनले उपदेश दिएका छन् । त्यसैले उनी महान शिक्षक पनि हुन् । भगवान् श्रीकृष्णको बारेमा जति बोले पनि त्यो अपुग हुन्छ । किनभने उनी अनन्त छन् । उनका गुण अनन्त छन् । सन्त पुरुषहरूले भगवान् श्रीकृष्णलाई ज्ञानको अनन्त उचाइ र धर्मशास्त्रकारहरूले पूर्णावतार भन्दछन् ।

भगवान् कृष्णको वाणी– गीतासार

[सम्पादन]
  • जब जब धर्मको हानि हुन्छ, अधर्मको वृद्धि हुन्छ त्यस बेलामा मैले आफुलाई प्रकट गरेको हुन्छु ।

...

  • जसको हृदय पवित्र छ उनीहरू धन्य छन् । किनभने उनीहरूले ईश्वरको ज्ञान प्राप्त गर्छन् ।

...

  • जसरी उदाउंदो सूर्यले रात्रिको अन्धकारलाई नाश गरी दिन्छ त्यसै गरी आत्माको ज्ञानले समस्त भ्रम निवारण हुनजान्छन् ।

...

  • जसरी जीवात्माले यस शरीरमा कौमार्य, र्यौवन, र वार्धक्य प्राप्त गर्छ, त्यसै गरी उसले आफ्ना अन्य शरीर पनि प्राप्त गर्छ । यस विषयमा ज्ञानी मोहित हुंदैन ।

..

  • जुन कार्य मेरो सेवाको रूपमा गरिन्छ, अनि त्यो पवित्र र पुनीत बन्न जान्छ ।

...

  • विषयको चिन्तन गर्ने मानिसको तत्तत विषयमा आसक्ति हुन जान्छ । आसक्तिले कामना उत्पन्न हुन्छ, कामनाले क्रोध उत्पनन हुन्छ, क्रोधले अविवेक उत्पन्न हुनजान्छ । अविवेकले स्मृति भ्रम र स्मृतिभ्रमले बुद्धिनाश अनि बुद्धिनाशले मानिस पतन हुनजान्छ ।

...

  • तर आत्म संयमवान मानिस रागद्वेषरहित भएर आफ्ना वशमा गरिएका इन्द्रियहरुद्वारा विषय भोग गर्दै अन्तःकरणको प्रसन्नतालाई प्राप्त गर्छ।

टिप्पणीहरू

[सम्पादन]
  1. राधालाई कृष्णकी प्रेमिका–पत्नीका रूपमा हेरिन्छ (यद्यपि केही मान्यतामा राधालाई कृष्णकी विवाहित पत्नी मानिन्छ)। अर्कोतर्फ, रुक्मिणी तथा अन्यहरू उनीसँग पहिले नै विवाहित थिए। कृष्णका आठ प्रमुख पत्नीहरूलाई अष्टभार्या भनिन्छ। क्षेत्रीय ग्रन्थहरूमा कृष्णका पत्नीहरू (सहधर्मिणी) को पहिचान फरक–फरक पाइन्छ; केहीमा रुक्मिणी, केहीमा राधा, केहीमा सबै गोपीहरूलाई उल्लेख गरिएको छ भने केहीमा उनीहरू सबै देवी लक्ष्मीका विभिन्न रूप वा अभिव्यक्ति हुन् भनेर पहिचान गरिएको छ।[][]
  2. कृष्णका सन्तानहरूको सङ्ख्या विभिन्न व्याख्याअनुसार फरक पाइन्छ। भागवत पुराणअनुसार कृष्णका ८ प्रमुख पत्नीबाट प्रत्येकका १० पुत्र गरी ८० पुत्र र रुक्मिणीबाट १ छोरी, चारुमती, जन्मेकी थिइन्।[]
  3. जस्तै, महाराष्ट्रको पण्ढरपुरमा विठोबाको स्वरूपमा, राजस्थानको नाथद्वारामा श्रीनाथजीका रूपमा,[१३]Cynthia Packert (२०१०), The Art of Loving Krishna: Ornamentation and Devotion, Indiana University Press, पृ: 5, 70–71, 181–187, आइएसबिएन 978-0-253-22198-8 कर्नाटकमा उडुपी कृष्णका रूपमा,[१८] तमिलनाडुमा पार्थसारथीका रूपमा, केरलामा अरन्मुलागुरुवायूरप्पन (गुरुवायूर)का रूपमा पूजा गरिन्छ।Lavanya Vemsani (२०१६), Krishna in History, Thought, and Culture, ABC-CLIO, पृ: 112–113, आइएसबिएन 978-1-61069-211-3

सन्दर्भ सामग्री

[सम्पादन]
  1. Bryant & Ekstrand 2004, पृष्ठ. 22–24, quote: "Three Dimensions of Krishna's Divinity (...) divine majesty and supremacy; (...) divine tenderness and intimacy; (...) compassion and protection.; (..., p. 24) Krishna as the God of Love".
  2. "Krishna the Yogeshwara", The Hindu, २०१४-०९-१२, अन्तिम पहुँच २०२६-०५-२३
  3. Raychaudhuri 1972, p. 124
  4. 1 2 John Stratton Hawley, Donna Marie Wulff (१९८२), The Divine Consort: Rādhā and the Goddesses of India, Motilal Banarsidass, पृ: १२, आइएसबिएन 978-0-89581-102-8
  5. Bryant 2007, पृष्ठ 443.
  6. Lua error in मोड्युल:Citation/CS1 at line 705: Unrecognized manual ID mode.
  7. Mani 1975, पृष्ठ. 426–427.
  8. "KRISHNA Definition & Meaning | Dictionary.com", Dictionary.com, अन्तिम पहुँच २०२६-०५-२१
  9. Bryant & Ekstrand 2004, पृष्ठ. 22–24.
  10. Thompson, Ph.D., Richard (डिसेम्बर १९९४), "Reflections on the Relation Between Religion and Modern Rationalism", International Society of Krishna Consciousness, मूलबाट ४ जनवरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अप्रिल २००८ अभिलेखिकरण ४ जनवरी २०११ वेब्याक मेसिन
  11. Mahony, W. K. (१९८७), "Perspectives on Krsna's Various Personalities", History of Religions 26 (3): 333–335, आइएसएसएन 0018-2710, जेएसटिओआर 1062381, डिओआई:10.1086/463085 Quote: "Krsna's various appearances as a divine hero, alluring god child, cosmic prankster, perfect lover, and universal supreme being (...)".
  12. Lua error in मोड्युल:Footnotes at line 268: attempt to call field 'has_accept_as_written' (a nil value).
  13. 1 2 3 Hardy 1987, पृष्ठ. 387–392.
  14. Gupta, Ravi M.; Valpey, Kenneth R. (नोभेम्बर २०१६), The Bhāgavata Purāna: Selected Readings, Columbia University Press, पृ: 185–200, आइएसबिएन 978-0-231-54234-0
  15. Bryant 2007.
  16. Varadpande 1987, पृष्ठ. 98–99.
  17. Melton 2011, पृष्ठ. 330–331.
  18. Bryant 2007, पृष्ठ 3.
  19. श्रीकृष्ण चरित्र (जन्म लिला)
  20. कौटिल्यको अर्थशास्त्र (कौटिलीये अर्थशास्त्रे), वि.सं.२०२४,अनु. केशवराज अर्याल, सं.पं.सोमनाथ शर्मा, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
  21. https://en.wikipedia.org/wiki/Patanjali
    • महाभारत टी भी धारावाहिक
  22. 1 2 3 4 5 6 7 8 9 सुब्बा होमनाथ केदारनाथ कृत सुकसागर
  23. रणछोड
    • महाभारत (सम्पूणै) गीताप्रेस गोरखपुर

बाह्य कडीहरू

[सम्पादन]