क्षत्रिय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रघुवंशी क्षत्रिय राजा राम शस्त्र धनुषबाण सहित
कुरुवंशी क्षत्रिय राजकुमार भीमसेन गदा शस्त्र सहित

क्षत्रिय हिन्दू वर्ण व्यवस्था अन्तर्गत शासक एवम् राजकीय भूमिका निर्वाह गर्ने वर्णसमुह हो । क्षत्रियको अर्थ क्षत्र दिने वा रक्षण दिने हो । पौराणिक व्याख्या अनुसार क्षत्रियहरूले विभिन्न क्षेत्रहरूमा राज्यभार सम्हालेका थिए र प्रजाहरूको रक्षण गरेका थिए । क्षत्रियहरूको दुई कुल वा वंश हुन्छ- सूर्यवंश (रविकुल) र चन्द्रवंश (सोमवंश) । भारत, पाकिस्तान, नेपाल तथा विभिन्न ऐतिहासिक हिन्दु राष्ट्रहरूमा बसोबास गर्ने शासकीय पृष्ठभूमिका व्यक्तिहरू यिनै दुई कुलभित्रका क्षत्रिय भएको दाबी गर्छन् ।

पृष्ठभूमि[सम्पादन गर्ने]

प्राचिन भारतको सिन्धु घाँटीबाट वैदिक संस्कार उत्पत्ति भएको थियो । उक्त समयपूर्व शासकहरूलिई राजन्य वर्णका व्यक्ति मानिनथ्यो । वैदिककालको आरम्भसँगै शासकहरूले राजन्यबाट क्षत्रिय भनी सम्बोधन गर्न थाले ।

भारतको क्षत्रियहरूलाई विशेषत: राजपुत भनिन्छ भने नेपालको क्षत्रियहरूलाई क्षेत्रीठकुरी (खस) र छथरीय (नेवार) भनिन्छ ।

राणा उदय सिंह द्वितिय, चित्तौढगढका क्षत्रिय राजपुत शासक
राजा पृथ्वीनारायण शाह, गोरखाको क्षत्रिय (खस ठकुरी) शासक
अमरसिँह थापा, एक क्षत्रिय (खस क्षेत्री) सेनापति
जयप्रकाश मल्ल, कान्तिपुरका क्षत्रिय (नेवा छथरीय) शासक

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]