राणा
राणा हिन्दू धर्मावलम्बी राजपुत र क्षेत्रीहरूको थर हो। राणा खासमा एक राजपुत उपाधि हो । कुँवरमाथि राणा उपाधि धारण गरी राणा वंश स्थापना गर्ने जंगबहादुर राणा (वीरनरसिंह कुँवर) पहिलो नेपाली राणा वंशज हुन्। यी राणा क्षेत्रीहरू वत्स गोत्रका हुन् भने मेवाडका राणाहरू वैशमपायन गोत्रका हुन् ।
शब्द
[सम्पादन गर्नुहोस्]राणाको अर्थ सार्वभौम राजा मानिएको छ । तर मेवाड राज्यका राणाहरूले राणा उपाधिलाई राज्यको संरक्षक (Royal Custodian) का रूपमा मान्दै आएका छन् । भारतीय राजपुत समाजमा राणा उपाधि सर्वाधिक उच्चतम् मानिएको छ । राजाझैं राणाकी श्रीमतीलाई पनि रानी नै भनिन्छ । राणाका बन्धु शब्दहरू रावल, राव, राय, राई, राजा, राया, आदि हुन् । यी सबैको अर्थ एउटै हुन्छ ।
राणा उपाधि प्रथम चोटि राणा हम्मीर सिंह (१३२६-१३६४)ले लिएका थिए । उनले आफ्ना पूर्वजको रावल उपाधि त्यागी राणा उपाधि लिएका थिए ।
मेवाडका राणा
[सम्पादन गर्नुहोस्]- राणा हम्मीर सिंह (1326-1364)
- राणा क्षेत्र सिंह (1364-1382)
- राणा लखा (1382-1421)
- राणा मोकल (1421-1433)
- राणा कुम्भ (1433-1468)
- राणा उदय सिंह (1468-1473)
- राणा रैमाल (1473-1509)
- राणा साङ्गा (संग्राम सिंह) (1509-1527)
- राणा रतन सिंह (1527-1531)
- राणा विक्रमादित्य सिंह (1531-1537)
- राणा उदय सिंह द्वितीय (1537-1572)
- महाराणा प्रताप सिंह (1572-1596)
- राणा अमर सिंह (1596-1607)
- राणा सुग्र (1607-1615)
- राणा करण (1620-1628)
- राणा जगत सिंह (1628-1652)
- राणा राज सिंह (1652-1680)
- राणा जय सिंह (1680-1699)
- राणा अमर सिंह द्वितीय (1699-1711)
- राणा संग्राम सिंह द्वितीय (1711-1734)
- राणा जगत सिंह द्वितीय (1734-1752)
- राणा प्रताप सिंह द्वितीय (1752-1754)
- राणा राज सिंह द्वितीय (1754-1761)
- राणा अरि सिंह (1761-1771)
- राणा हम्मीर द्वितीय (1771-1777)
- महाराणा भीम सिंह (1777-1828)
- महाराणा जवान सिंह (1828-1838)
- महाराणा सरदार सिंह (1838-1842)
- महाराणा सरूप सिंह (1842-1861)
- महाराणा शम्भू (1861-1874)
- महाराणा सुज्जन सिंह (1874-1884)
- महाराणा फतेह सिंह (1884-1930)
- महाराणा भूपाल सिंह (1930-1955).
- महाराणा भागवत सिंह (1955-1985)
- महाराणा महेन्द्र सिंह (1984 - )
- महाराणा अरविन्द सिंह (वर्तमान राणा)
नेपालको राणाहरू प्रधानमन्त्री
[सम्पादन गर्नुहोस्]- जंगबहादुर राणा
- रणोद्दिप सिँह बहादुर राणा
- वीर शमशेर जङ्गबहादुर राणा
- देव शमशेर जङ्गबहादुर राणा
- चन्द्र शमशेर जङ्गबहादुर राणा
- भिम शमशेर जङ्गबहादुर राणा
- जुद्ध शमशेर जंगबहादुर राणा
- पद्म शमशेर जङ्गबहादुर राणा
- मोहन शमशेर जङ्गबहादुर राणा
- सुवर्ण शमशेर राणा
पूर्वज
[सम्पादन गर्नुहोस्]यिनीहरूको पूर्वज कुँवरहरू हुन्। आजका राणाहरूको पुर्ख्यौली ३ दाजुभाइ बालनरसिंह कुँवर, बलराम कुँवर र रेवन्त कुँवरमा पुग्दछ। जंगबहादुर राणाले सत्तामा आउनासाथ धारण गरेको वा पाएको उपाधि राणालाई थर बनाइयो। त्यसरी कुँवरबाट राणा अलग्गिएका हुन्।[१]
संख्या
[सम्पादन गर्नुहोस्]राणाहरू नेपालमा निम्नसङ्ख्यक छन् । उनीहरूको बसोबास काठमाण्डौ उपत्यकामा विशेष छ ।
वर्तमानमा "राणा" थर लेख्ने को को
[सम्पादन गर्नुहोस्]राणा थर लेख्ने राजपुत मात्र नभएर वैश्य र थारुहरू पनि भेटिन्छन । यसैकारण थरले सम्पूर्ण परिचय खुल्दैन । हेरौ तालिका र बुझौ वास्तविकता के के छ हाम्रो समाजमा
क्रम -स | पूर्खाको थर | बर्तमानमा लेख्ने गरेको थर | गोत्र | बसोबास | कुलदेवता | पहिचान | कैफियत |
---|---|---|---|---|---|---|---|
१ | रावल | राणा | वैशमपायान | भारतको मेवाड | ------? | राजपुत /ठाकुर | राजपुत |
२ | ----? | राणा | भारद्वाज | उत्तराखण्ड जागेश्वर | दण्डश्वर महादेव | राजपुत /ठाकुर | राजपुत |
३ | कुँवर | राणा | वत्स | काठमाण्डौ / नेपालगञ्ज | --------? | क्षत्री राणा महाराज | -------? |
४ | राना | राणा | धनन्जय | डोटी /बैतडी /कैलाली | खडायत | वैश्य | क्षत्री खस |
५ | राना | राणा | ----- ? | भारतको उत्तरप्रदेश | ------? | वैश्य/थारु | थारु |
राणाले मान्ने विशेष पर्वहरू
[सम्पादन गर्नुहोस्]स्रोत
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोला
[सम्पादन गर्नुहोस्]