कुँवर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुँवर/कँवर (गोरखाली क्षत्री)
जम्मा जनसङ्ख्या
८२,१४९ नेपालमा (राणा कुँवरबाहेक)[१][२]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्म और मष्टो धर्म
सम्बन्धित जातीय समूह
थापा, बस्नेत, बिष्ट

कुँवर वा कँवर नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो । ऐतिहासिक रूपमा कुँवर 5 पुस्त्यौनी काजी परिवारहरू मध्ये एक हो । अन्य तीन परिवारहरू बस्नेत वंश , Bista र थापा वंश हुन् ।

यिनीहरू वत्स गोत्रका हुन् ।[३] सरदार रामकृष्ण कुंवर पृथ्वीनारायण शाहको सेनाका सरदार थिए। त्यस्तै बलभद्र कुँवर पनि कुँवर वंशजका वीरपुरूष थिए। बालनरसिंह कुँवर, बलराम कुँवर र रेवन्त कुँवरका सन्तानहरूले पछि गएर राणा थर लिएका थिए । त्यसबेला बालनरसिंहका छोरा जंग बहादुर राणा प्रधानमन्त्री थिए।

पूर्वज[सम्पादन गर्नुहोस्]

लेखक कृष्टोफर बायर्सका अनुसार कुँवर (राणापक्ष)हरूको वंशज कास्कीका काजी रत्नजीत कुँवरसम्म पुग्दछ।[४] नेपालका राणाहरूले दाबी गरे अनुरूप कुँवरहरूको पहिलो व्यक्ति भारतको चितौडगढका राजवंशबाट नेपाल पसेका कुम्भ करण सिंह हुन्[५] । तर केही सबुत नभएको र चितौडी राजाहरूको गोत्र पनि सम्पूर्ण भिन्न रहँदा यो दाबी झुटो साबित हुन गएको छ। साथै उक्त सिसोदिया राजवंशमा कुँवर राणा लगायत शाहवंश र अन्य ठकुरीहरू सबैको दाबी छ भने गोत्र कुनै थरीसँग पनि मिल्दैन। Tara Khabatadi Basnyat haru Sanga Mewar Kaa Sisodia Raja haruko Gotra Milcha, Sisodia haru Kaushik Gotriya Kshetriya hun.

संख्या[सम्पादन गर्नुहोस्]

नेपालको पश्चिमी भेग, काठमाण्डौ उपत्यका र नेपालभरिका विशेष गढाचौकीहरूमा कुँवरहरूको बसोबास छ।

==कुँवरले मान्ने विशेष पर्वहरू== कुलायन पुजा, ईष्ट देवता पुजा, दशै, तिहार, सम्पुर्ण हिन्दु सम्बन्धीत चाड पर्ब।

स्रोत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]