काजी
काजी एक नेपाली प्रशासनिक एवम् सैनिक मर्यादाको पद वा उपाधि हो। काजी पदको सुरूवाती पदभार मुगल साम्राज्यको देवान र बेलायती परम्पराको प्रधानमन्त्री सरह थियो । कालान्तरमा ४ काजीको नियुक्ति हुन थाल्यो । फ्रान्सिस बुचानन ह्यामिल्टन तथा डिल्ली रमण रेग्मीका अनुसार नेपालको भारदारी सभामा ४ काजी हुने गर्दथे ।[१] त्यसपछि तिनीहरूमध्ये एक मूलकाजी छानिन्थ्यो । राजा रणबहादुर शाहले नाबालक छोरा गीर्वाणयुद्ध विक्रम शाहको निम्ति गद्दी त्याग गर्दा काजीहरूको सङ्ख्या बढेको थियो ।[१]
काजी र क्षेत्री जाति
[सम्पादन गर्नुहोस्]विशेषतः क्षेत्री परिवारका सदस्यलाई दिइने यस उपाधि अन्य जातहरूमा पनि दिइन्थ्यो। पाँच थरका पुरूषहरूलाई भने यो उपाधि वंशाणुगत रूपमा दिइएको थियो। ती ५ काजी खलकका थरहरूः
- १) थापा वंश
- २) बोहरा परिवार
- ३) बस्न्यात परिवार
- ४) पाँडे वंश
- ५) कुँवर
- 6) विष्ट
थप: भण्डारी परिवारलाई पनि दरबारिया खलकसम्म मानिएको थियो।
अन्य थरीहरू पनि उक्त पदबाट सम्मानित थिए। यो पद विशेषतः प्रशासनिक वा सैनिक क्षेत्रका उच्च ओहोदाका जो कोही व्यक्तिलाई दिइन्थ्यो।
काजीहरूको सूची
[सम्पादन गर्नुहोस्]गोरखा राज्य, नेपाल अधिराज्य तथा अन्य राज्यहरूका काजीहरूको सूची:
मानसिङ खड्का (kaji of gorkha)
- गणेश पाँडे (Kaji of Gorkha)
- कालु पाँडे (Kaji of Gorkha)
- गुरू बोहरा (Kaji of Bajhang)
- शिवराम सिंह बस्न्यात (Senapati Kaji)
- वीरभद्र थापा (Kaji Jethabudha)
- चन्द बहादुर बोहरा (Kaji)
- रामकृष्ण कुँवर (Kaji Jethabudha)
- काशीराम थापा (Kaji of Kantipur)
- वंशराज पाँडे (Dewan Kaji)
- केहरसिंह बस्न्यात (Kaji)
- अभिमान सिंह बस्न्यात (Mulkaji)
- नयन सिंह बोहरा (Sanukaji)
- स्वरुप सिंह कार्की (Mulkaji)
- वीर सिंह बोहरा (Kaji)
- अमरसिंह थापा (Badakaji)
- ढक्रे बोहरा (Kaji of Bajhang)
- दामोदर पाँडे (Mulkaji)
- डम्मर सिंह बोहरा (Kaji)
- कीर्तिमान सिंह बस्न्यात (Mulkaji)
- भीम सिंह बोहरा (Mulkaji)
- बख्तावर सिंह बस्न्यात (Mulkaji)
- अमरसिंह थापा (सानुकाजी) (Sanukaji)
- रणजीत सिंह बोहरा (Kaji of Gorkha)
- भीमसेन थापा (Kaji later Mukhtiyar)
- रणजीत पाँडे
- रणध्वज थापा (Kaji)
- नैनसिंह थापा (Kaji General)
- बालनरसिंह कुँवर (Kaji)
- रणवीर सिंह थापा (Kaji General)
- रणजङ्ग पाँडे (Kaji later Mukhtiyar)
- माथवरसिंह थापा (Kaji later Mukhtiyar)
- गगन सिंह भण्डारी (Kaji)
- जङ्गबहादुर राणा (Kaji later Prime Minister)
पुस्तक
[सम्पादन गर्नुहोस्]- Joshi, Bhuwan Lal; Rose, Leo E. (१९६६), Democratic Innovations in Nepal: A Case Study of Political Acculturation, University of California Press, पृ: 551।
- Pradhan, Kumar L. (२०१२), Thapa Politics in Nepal: With Special Reference to Bhim Sen Thapa, 1806–1839, New Delhi: Concept Publishing Company, पृ: 278, आइएसबिएन 9788180698132।
- Karmacharya, Ganga (२००५), Queens in Nepalese Politics: an account of roles of Nepalese queens in state affairs, 1775-1846, Nepal: Educational Publishing House, आइएसबिएन 9789994633937।
- Regmi, Dilli Raman (१९७५), Modern Nepal, आइएसबिएन 9780883864913।
- Shrestha, Tulsi Narayan (२००५), Nepalese administration:a historical perspective, आइएसबिएन 9789993304784।
- Wright, Daniel (१८७७), History of Nepal, आइएसबिएन 9788120605527।
- Regmi, Mahesh Chandra (१९७९), Regmi Research Series, Nepal।
- Khatri, Shiva Ram (१९९९), Nepal Army Chiefs:Short Biographical Sketches, University of Michigan: Sira Khatri।
- Paodel, Prabha Krishna (२००३), The founder of Modern Nepal Prithvinarayan Shah।
स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Pradhan 2012, पृष्ठ 8.