काशीराम थापा
स्वरूप
श्री काजी काशीराम थापा | |
---|---|
नुवाकोटको उमराव | |
व्यक्तिगत विवरण | |
मृत्यु | सन् १७४६ गौरीघाट, काठमाण्डौमा प्राणदण्ड |
सैन्य सेवा | |
निष्ठा | कान्तिपुर |
श्रेणी | काजी |
लडाई/युद्धहरू | नुवाकोटको युद्ध (गोरखा राज्यको विरूद्ध) |
काशीराम थापा कान्तिपुरका राजा जयप्रकाश मल्लका सेनापति थिए । राजा जगज्जय मल्लले उनलाई नुवाकोटको उमराव (प्रमुख प्रशासक) पदमा खटाएका थिए । उनी पलाञ्चोक जिल्लाका बगाले थापा हुन् ।[१] उनलाई राजा जयप्रकाश मल्लले नुवाकोटको सुरक्षाका निम्ति पृथ्वीनारायण शाहका गोरखाली सेनामाथि हमला गर्न पठाएका थिए । उक्त युद्ध हारेबापत उनलाई गोरखासँग मिलिमतो गरेको आरोपमा जयप्रकाश मल्लले विसं १८०३ मा गौरीघाटमा जनैपूणिर्मा को पर्वमा पितृतर्पण ,ऋषितर्पण गर्न लागेको बेलामा काट्न लागाएर प्राणदण्ड दिएका थिए।[२] उनका भाइ पर्शुराम थापाले दाजुको हत्या पश्चात कान्तिपुर त्यागी गोरखाली सेनामा गए ।[३]
स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ https://books.google.com.np/books?id=bmJDAAAAYAAJ&q=Kashiram+thapa&dq=Kashiram+thapa&hl=en&sa=X&redir_esc=y
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १५३, आइएसबिएन 99933-2-406-X।
- ↑ लेखक:महेशचन्द्र रेग्मी, पुस्तक:रेग्मी रिसर्च सिरिज