जयप्रकाश मल्ल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जयप्रकाश मल्ल
कान्तिपुरका राजा
Prakash Malla.Nepal.JPG
जयप्रकाश मल्लको तस्विर
शासनकालवि सं १७९२ - वि सं १८२५
पुर्वाधिकारीजगज्जय मल्ल
उत्तराधिकारीपृथ्वीनारायण शाहद्वारा नेपालमा गाभियो
जीवनसाथीरानी दयावती
सन्तानज्योति प्रकाश मल्ल
वंशमल्ल वंश
पिताजगज्जय मल्ल
आमा-
जन्मकान्तिपुर दरबार
मृत्यु१८२६
आर्यघाट
धर्महिन्दू

जयप्रकाश मल्ल नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध तथा कान्तिपुरका (काठमाडौंका) अन्तिम मल्ल राजा थिए।

सङ्घर्ष[सम्पादन गर्ने]

राजा जगज्ज्य मल्लको वि सं १७९२ मा मृत्यु भए पछि उनका छोरा जयप्रकाश मल्ल राजा भए । तर परिस्थिति उनको अनुकुल भएन । उनी राजा हुने बित्तिकै राज्यमा आन्तरिक कलह सुरु भयो, भाइभारादार मा गुटबन्दी सुरु भयो । त्यसको कारण जयप्रकाश मल्ल माहिला हुनुले पनि हो तापनि उनका जेठा दाजुको मृत्यु भैसकेको थियो ।

यिनको पालामा पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरी गोरखा राज्य नेपालमा गाभेका थिए । काठमाडौंको युद्धमा गोरखाली फौज विजय भएको थियो । उक्त समयमा कान्तिपुरमा क्षत्रिय सैनिक अधिकारी जस्तै सरदार अटल थापा[१], काजी रणभीम थापा, काजी काशीराम थापापर्शुराम थापा खटिएका थिए [२]। त्यस्तै मगर सेनापति जयन्त राना मगर पनि खटिएका थिए । उनले पर्वते सेनापतिहरू माथि अविश्वासको भावना राखेर मधेसी सेनाको निर्माण पनि गरेका थिए । [३]

जयप्रकाशलाई कान्तिपुरको राजा बनाउने विषयमा दरबारका भारदारबीच सुरुमै मतभिन्नता थिए । जयप्रकाश राजा बनेर पनि लगातार भारदारहरुका षड्यन्त्रबाट आक्रान्त भइरहे । दरबारी षड्यन्त्रकै कारण उनी झन्डै चार वर्ष गद्दीच्युत भएर उपत्यकाका विभिन्न ठाउँमा भौँतारिनु परेको थियो । जयप्रकाशको शासनकालको अर्को प्रमुख चुनौती उपत्यकाका अरु दुई राज्य थिए– ललितपुर र भक्तपुर । एकअर्कासँगको ईष्र्या, शक्तिको भोक र सत्तासंघर्षका कारण जयप्रकाश र अरु दुई राज्यबीच खुट्टा तान्ने जालसाजी भइरहे । यी दुई चुनौतीसँगै उनका लागि सबभन्दा खतरनाक चुनौती बनेको थियो– गोर्खाली राज्य विस्तार अभियान ।[४]

नुवाकोटको लागि लडाइँ[सम्पादन गर्ने]

वि सं १७९६ मा गोरखाका राजा नरभूपाल शाहले नुवाकोटमाथि आक्रमण गरे । राजा जय प्रकाश मल्लले गोरखालाई हराइदिए । बाह्य आक्रमणका साथसाथै आन्तरिक विद्रोहको सामना गर्नु परेकाले जयप्रकाश मल्ल सतर्क रहनुपर्ने हुन्थ्यो । एक पटक आफ्ना भाइ राज्यप्रकाश मल्ललाई केही भारदारहरूले भड्काएर विरोधी बनाए तापनि भाइ पाटन तिर भागे । [५]

गोरखाका राजा पृथ्वीनारायण शाहले भक्तपुर सँग सम्पर्क बढाएका थिए । वि सं १७९९ मा गोरखाले नुवाकोट माथी गरेको आक्रमण कान्तिपुर ले विफल पारिदियो । तर अर्को वर्ष नुवाकोट गोरखाले लियो । जयप्रकाश मल्लले पलाञ्चोके भारदार काशीराम थापालाई त्यसको जिम्मेवारी ठानी गौरीघाटमा श्राद्ध गर्ने बेलामा मार्न लगाए ।

गोरखाले लगातार साँखु, महादेवपोखरी, दहचोक, खड्पुजस्ता ठाउँ कब्जा गरेको बेलामा कान्तिपुरकि रानी दयावतीले आफ्नो छोरा ज्योतिप्रकाश मल्लालाई गद्दीमा बसाली जयप्रकाश मल्ललाई गद्दीच्युत गराइन् । विसं १८०९ मा उनलाई पक्री कैद गर्न भनी गएको सेनाले आफ्नो समर्थन गराई गद्दी हात लगाई रानी दयावतीलाई कैद गरे। उनका भाइले पाटनमा शरण लिएका बेलामा त्यहीँका राजा भए तर प्रधान (भारदार)ले उनका आँखा फोरी अन्धो बनाइदिए ।

कान्तिपुर गोर्खामा विलय[सम्पादन गर्ने]

बीस १८२५ आश्विन १४ गते (इ. १७६८ सेप्टेम्बर २६) का राति पृथ्वीनारायण शाहले राजज्योतिष कुलानन्द ढकालको साइत अनुसार कान्तिपुरमा आक्रमण गरे।काजी वंशराज पाण्डे, तुलाराम पाण्डे, केहरसिंह बस्न्यातसाथ पृथ्वीनारायण शाहले १००० गोर्खाली तालिमे सिपाही लिएर कान्तिपुर किल्लाको ढोका फोरी एक दल नरदेवीतिरबाट, एक दल भीमसेनस्थान तिरबाट र तेश्रो दल टुँडिखेलतिरबाट हनुमानढोका तर्फ अघि बढे। राजा जयप्रकाश मल्ल खुसीसाथ इन्द्रजात्र मनाइरहेको समयमा गोरखाली आक्रमण हुँदा हतप्रद भए। अत: ४ घण्टासम्म अव्यवस्थित युद्ध लडि ३०० अङ्गरक्षक साथ जयप्रकाश मल्ल तलेजुमा सेतो बारुद ओछ्याई पाटनतिर भागे । गोर्खाली सेना तलेजुमा प्रसन्नताका साथ विजयोन्मादमा प्रवेश गर्दा बारुद जल्दा तुलाराम पाण्डे केही सिपाही साथ पिल्सिएर मरे। उता पृथ्वीनारायण शाह कान्तिपुर राजदरबार हनुमानढोका राजगद्दीमा बसे।

पाटनमा शरण[सम्पादन गर्ने]

जयप्रकाश मल्ल भागेर ललितपुर पुगी शरण लिए र प्रधानहरूसँग भेटी षड्यन्त्रपूर्वक आत्मसमर्पण गर्न नहुने बताए । तर पृथ्वीनारायण शाहले दस दिनपछि केहरसिंह बस्न्यातलाई ललितपुर हान्न पठाए। उनले पनि १४ दिनमा पूर्णत ललितपुरलाई गोरखामा मिलाइदिए। ललितपुर पनि गोरखाको अधिनमा परेको हुनाले राजा जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल भक्तपुरका राजा रणजीत मल्लकहाँ शरण लिन पुगे । उनीहरू पहिले भक्तपुर राज्यस्थिन दत्तात्रेयको मन्दिरमा पसे ।

भक्तपुरमा शरण[सम्पादन गर्ने]

भक्तपुरको लडाइँ[सम्पादन गर्ने]

मृत्यु[सम्पादन गर्ने]

योगदान[सम्पादन गर्ने]

  • विश्वकै सबैभन्दा सानो मुद्रा यिनले प्रचलनमा ल्याएको "जावा" हो ।
  • स्वर्ण मुद्रा प्रयोगमा ल्याउने राजा हुन् ।
  • बालाजुका २१ धारा र गोकर्णेस्वरमा मन्दिर बनाएका थिए।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

जय प्रकाश मल्ल अन्तिम मल्ल राजा का रूपमा परिचित राजा हुन |

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. https://books.google.com.np/books?id=BnkKmKqsh2sC&pg=PA118&lpg=PA118&dq=atal+thapa&source=bl&ots=NYjrz601ug&sig=eKk80xc7kIaDmafSszlvyqDO-2I&hl=en&sa=X&ved=0ahUKEwjj_tW8-_XSAhVKQo8KHRCEDKQQ6AEISDAN#v=onepage&q=atal%20thapa&f=false
  2. https://books.google.com.np/books?id=jSVwAAAAMAAJ&q=Kashiram+thapa&dq=Kashiram+thapa&hl=en&sa=X&redir_esc=y
  3. लेखक:महेशचन्द्र रेग्मी, पुस्तक:रेग्मी रिसर्च सिरिज
  4. हारेका राजाको इतिहास
  5. Tulsi Ram Vaidya,Jaya Prakash Malla,the Brave Malla King of Kantipur (New Delhi:Anamol Publications,1966) PP.33-101.