सामग्रीमा जानुहोस्

गोरखा राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोरखा राज्य
वि.सं १६१६–वि.सं १८२४
गोरखा राज्यको क्षेत्रफल, विस्तार र सिमान्त राज्यहरू।
गोरखा राज्यको क्षेत्रफल, विस्तार र सिमान्त राज्यहरू।
वस्तु-स्थितिमहासङ्घ[] पछि अधिराज्य
राजधानीगोरखा
आम भाषाहरूखस (पछि नेपाली)
नेवारी[][][][]
धर्म
हिन्दु
सरकारराजा
महाराजधिरान 
• वि.सं. १६१६ - १६२७
द्रव्य शाह (प्रथम)
• वि.सं. १७७९ - १८२५
पृथ्वीनारायण शाह (अन्तिम)
सरदार 
• वि.सं. १८२४–१८२८
रामकृष्ण कुँवर (प्रथम र अन्तिम)
इतिहास 
• स्थापित
वि.सं १६१६
• विस्थापित
वि.सं १८२४
मुद्रामोहर
पूर्ववर्ती
उत्तरवर्ती
खस राज्य
नेपाल अधिराज्य
अचेलनेपाल

गोरखा राज्य, जसलाई वा गोरखा साम्राज्य, हिमालयभारतीय उपमहाद्वीपको सङ्गममा अवस्थित चौबीसी राज्यहरू मध्ये एक राज्य थियो। वि.सं १८०० मा, राज्यले सैन्य विस्तारको अभियान सुरु गर्दै, धेरै छिमेकी राज्यहरूहरूलाई कब्जा गरेको थियो र वर्तमान नेपालको जग बसालेको थियो।

मगरहरूले शासन गर्ने मगरत राज्यको विघटन पछि, यो क्षेत्र सुदूरपश्चिममा बाइसे राज्यहरू र मध्य नेपालमा चौबीसी राज्यमा विभाजित भएको थियो।[]

गोरखा राज्य पश्चिममा मर्स्याङ्दी नदीसम्म फैलिएको थियो, जसले लमजुङ राज्यसँग यसको सिमाना बनाएको थियो। पूर्वमा, यो राज्य त्रिशूली नदीसम्म फैलिएको थियो, जसले नेपाल मण्डलसँग यसको सिमाना बनाएको थियो।[] गोरखा राज्यको स्थापना वि.सं १६६० मा लमजुङका राजा यशोब्रह्म शाहका दोस्रो छोरा राजकुमार द्रव्य शाहले गरेका थिए। द्रव्य शाहले मगर राजा मानसिंह खड्का मगरलाई प्रतिस्थापन गरेका थिए जसले पहिले यस क्षेत्रमा शासन गर्ने गर्दथे।[]

उत्पत्ति र इतिहास

[सम्पादन गर्नुहोस्]

गोरखा राज्यको स्थापना वि.सं १६६० मा हाल पश्चिमी नेपालमा रहेको पहाडी राज्य लमजुङका राजा यशोब्रह्मा शाहका कान्छा छोरा द्रव्य शाहले गरेका थिए।

त्यस समयमा, लिगलिग र गोरखा वरपरको क्षेत्र स्थानीय मगर राजाहरू, विशेष गरी लिगलिगकोटका राजा दलशुर घले मगर र गोरखाका राजा मानसिंह खड्का मगरले शासन गर्दथे। यी क्षेत्रहरू ऐतिहासिक मगरत राज्यको हिस्सा थिए।

द्रव्य शाहले गङ्गाराम राना मगर लगायत प्रभावशाली स्थानीय मगरहरूको सहयोगमा लिगलिगकोटको सत्ता प्राप्त गरेका थिए।[] लिगलिगकोट कब्जा गरेपछि उनले मानसिंह खड्का मगरबाट गोरखाकोट विजय गरेर १६६० मा गोरखा राज्यको स्थापना गरेका थिए।[]

गोरखा नाम योगी साधु गोरखनाथबाट आएको विश्वास गरिन्छ, जसले द्रव्य शाहको सत्तारोहणमा आशीर्वाद दिएको भनाइ छ।[१०] उनको प्रभाव अहिले पनि क्षेत्रमा पूजनीय छ, जसमध्ये गोर्खामा रहेको गोरखनाथ मन्दिर पनि पर्दछ।

द्रव्य शाहका सन्तानहरूले अन्ततः अहिलेको नेपालभित्रको धेरै भागलाई पृथ्वीनारायण शाहको नेतृत्वमा एकत्रित गरेका थिए जसले १८औँ शताब्दीमा नेपालको एकीकरणको सुरुवात गरेका थिए।

राजाहरूको सूची

[सम्पादन गर्नुहोस्]
खस, गोरखाको प्रमुख जाति
राजा जन्म मृत्यु राज्यारोहण शासन अन्त्य द्रस्टव्य वंश
द्रव्य शाह वि.सं. १५७० वि.सं. १६१६ वि.सं. १६२७ यशोब्रह्म शाहका छोरा शाह
पुरेन्द्र शाह वि.सं. १६६२ वि.सं. १६२७ वि.सं. १६६२ द्रव्य शाहका छोरा शाह
छत्र शाह वि.सं. १६६३ वि.सं. १६६२ वि.सं. १६६३ पूर्ण शाहका जेठा छोरा शाह
राम शाह वि.सं. १६९० वि.सं. १६६३ वि.सं. १६९० पूर्ण शाहका दोस्रो छोरा

स्वस्ती श्री गिरिराजको उपाधि ग्रहण गरेका

शाह
डम्बर शाह वि.सं. १६९९ वि.सं. १६९० वि.सं. १६९९ राम शाहको छोरा शाह
श्रीकृष्ण शाह वि.सं. १७१५ वि.सं. १६९९ वि.सं. १७१५ डम्बर शाहका छोरा शाह
रूद्र शाह वि.सं. १७२६ वि.सं. १७१५ वि.सं. १७२६ कृष्ण शाहका छोरा शाह
पृथ्वीपत्ति शाह वि.सं. १७७३ वि.सं. १७२६ वि.सं. १७७३ रुद्र शाहका छोरा शाह
नरभूपाल शाह वि.सं. १७९९ वि.सं. १७७३ वि.सं. १७९९ पृथ्वीपति शाहका नाति र राजकुमार वीरभद्र शाहका छोरा शाह
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह वि.सं. १७७९ वि.सं. १८३१ वि.सं. १७९९ वि.सं. १८३१ नरभूपाल शाहका छोरा शाह

विस्तार अभियान

[सम्पादन गर्नुहोस्]

गोरखा राज्य राजा नरभूपाल शाहको नेतृत्वमा विस्तार हुन थालेको थियो यद्यपि धेरैजसो महत्त्वपूर्ण विजयहरू उनका छोरा पृथ्वीनारायण शाहको शासनकालमा मा सुरु भएका थिए। उनका अभियानहरू पछि उनका कान्छा छोरा बहादुर शाहले पनि अभियान जारी राखेका थिए। समयसँगै, उनीहरूले गोरखाको पूर्व र पश्चिममा ठूला क्षेत्रहरूमा आफ्नो नियन्त्रण विस्तार गरेका थिए।

उनीहरूको सबैभन्दा महत्त्वपूर्ण अधिग्रहणहरूमध्ये काठमाडौँ उपत्यकामा केन्द्रित नेपाल मण्डलको धनी नेवार सङ्घ थियो। वि.सं १८१६ देखि, गोरखालीहरूले उपत्यकाका राज्यहरूलाई कमजोर पार्न नाकाबन्दी लगाएका थिए। प्रतिक्रियामा, मल्ल राजाहरूले ब्रिटिस इस्ट इन्डिया कम्पनीलाई सहयोगको लागि अपील गरेका थिए। वि.सं १८२३ मा, कम्पनीले क्याप्टेन जर्ज किनलोचको नेतृत्वमा एक अभियान पठाएको थियो जुन काठमाडौँ पुग्नु अघि असफल भएको थियो।

वि.सं १८२४ र १८२५ को बीचमा तीन नेवार राजधानीहरू - काठमाडौँ, ललितपुर र भक्तपुर गोर्खालीहरूको कब्जामा परेका थिए। त्यसपछि पृथ्वीनारायण शाहले काठमाडौँलाई आफ्नो एकीकृत राज्यको नयाँ राजधानी घोषणा गरेका थिए।

वि.सं १८४४ मा, गोर्खालीहरूले आफ्नो ध्यान उत्तरतिर मोडे र तिब्बतमाथि आक्रमण गरेका थिए जसबाट उनीहरूले केरुङकुती सहरहरू कब्जा गरेका थिए र तिब्बती सरकारलाई कर तिर्न बाध्य पारेका थिए। तिब्बतले भुक्तानी बन्द गरेपछि, गोर्खाहरूले वि.सं १८४७ मा दोस्रो आक्रमण सुरु गरेका थिए जसको क्रममा उनीहरूले सिगात्सेमा रहेको टासिलहुन्पो गुम्बा लुटेका थिए। प्रतिक्रियामा, चीनको चिङ वंशले नेपालमा सेना पठाएको थियो। चिनियाँ सेनाहरू नुवाकोटतिर अघि बढे तापनि कडा प्रतिरोधका कारण रोकिएका थिए।

गोरखाका बहादुर शाहले १० तोपहरू सहित बेलायतीहरूसँग सैन्य सहयोगको लागि अनुरोध गरेका थिए तर हतियार सम्झौता असफल भएको थियो। अन्ततः, शान्ति वार्ता हुँदै वि.सं १८४९ मा बेत्रावती सन्धिमा हस्ताक्षरसँगै चीन-नेपाल युद्ध समाप्त भएको थियो।

पछिको द्वन्द्व, अन्तिम नेपाल तिब्बत युद्ध (वि.सं १९१०-१९११),मा नेपाल विजय भएको थियो र थापाथली सन्धिमा हस्ताक्षरको सहित युद्ध समाप्त भएको थियो जसले नेपाललाई आर्थिक क्षतिपूर्ति र व्यापारिक विशेषाधिकार प्रदान गरेको थियो।

१९औँ शताब्दीको सुरुतिर, गोरखाको प्रभुत्व पश्चिममा कुमाउँगढवालदेखि पूर्वमा सिक्किमसम्म फैलिएको थियो। यद्यपि, नेपाल अङ्ग्रेज युद्ध (१८ कात्तिक १८७१ – २४ फागुन १८७२) मा उनीहरूको पराजय पछि, गोरखालीहरू सुगौली सन्धिमा हस्ताक्षर गर्न बाध्य भएका थिए र ठुला क्षेत्रहरू ब्रिटिस इस्ट इन्डिया कम्पनीलाई सुम्पिएका थिए जसले गर्दा राज्य हालको सिमानामा खुम्चिएको थियो।

गोरखा देखि नेपाल

[सम्पादन गर्नुहोस्]
वि.सं १९६४ मा गोरखा सरकारले जारी गरेको हुलाक टिकट
गोरखापत्र मिति १९८९ पुस २६

२०औँ शताब्दीको सुरुवातसम्म गोरखा राज्यलाई असल हिन्दुस्तान भनेर पनि चिनिन्थ्यो। ऐतिहासिक रूपमा, 'नेपाल' नामले मुख्यतया नेवारहरूको मातृभूमि काठमाडौँ उपत्यकालाई जनाउन्थ्यो। वि.सं १९९० देखि, राज्यले यसलाई सम्पूर्ण देशलाई जनाउन प्रयोग गर्न थालेको थियो र 'नेपाल खाल्डो' (नेपाल उपत्यका) 'काठमाडौँ उपत्यका'मा परिणत भएको थियो।[११][१२] गोरखा सरकार नाम पनि नेपाल सरकारमा परिवर्तन गरिएको थियो।

त्यसैगरी, वि.सं १९९० मा गोरखा भाषालाई नेपाली नाम दिइएको थियो।[१३] "श्रीमान् गम्भीर" शीर्षकको पूर्व राष्ट्रिय गानमा गोरखाली शब्दलाई २००७ मा नेपालीमा परिवर्तन गरिएको थियो।[१४] वि.सं १९५७ मा सुरु भएको सरकारी पत्रिका अझै पनि गोरखापत्र भनेर चिनिन्छ।

शाह वंशले वि.सं २०६५ सम्म नेपाल अधिराज्यमा शासन गरेको थियो र दोस्रो जनआन्दोलन पछि देश गणतन्त्र बनेको थियो।[१५] हाल, गोरखा जिल्ला, लगभग पुरानो राज्यसँग मिल्दोजुल्दो, नेपालको ७७ प्रशासनिक जिल्लाहरू मध्ये एक हो।

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]
  1. नेवारी शाह वंशमा आधिकारिक प्रयोगमा रहेको थियो, जुन १८३२ मा तिब्बतसँग भएको सन्धिले देखाएको छ जसलाई नेवारीमा लेखिएको थियो। नेवारी १९औँ शताब्दीको सुरुवातसम्म नेपालको प्रशासन र आधिकारिक भाषाको रूपमा रहेको थियो। पछि वि.सं १९६२ देखि, नेवारीमा लेखिएका आधिकारिक कागजातहरू अवैध घोषित गरिएको थियो। त्यसबेलादेखि प्रशासन र साहित्यिक उद्देश्यका लागि भाषाको प्रयोग निषेध गरिएको थियो।[]

सन्दर्भ साम्रगीहरू

[सम्पादन गर्नुहोस्]
  1. Hamilton, Francis Buchanan (१८१९), An Account of the Kingdom Of Nepal and of the Territories Annexed to This Dominion by the House of Gorkha, Edinburgh: Longman, मूलबाट १३ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जनवरी २०१३  Page 237.
  2. Nepal Bhasa Sahityaya Itihas: History of Nepalbhasa Literature.Tuladhar, Prem Shanti (2000). Kathmandu: Nepal Bhasa Academy. आइएसबिएन ९९९३३-५६-००-X. Page 37: "The early new rulers cultivated Newari language. Kings Prithvi Narayan Shah, Rana Bahadur and Rajendra Bikram Shah composed poetry and wrote many plays in Newari".
  3. Levy, Robert I. (1990) Mesocosm: Hinduism and the Organization of a Traditional Newar City in Nepal. Delhi: Motilal Banarsidass Publishers. आइएसबिएन ८१-२०८-१०३८-४. Page 15:"Following the advent of the Shahs, the Gorkhali language became the court language, and Newari was replaced as the language of administration".
  4. Malla, kamal. History of the Nepal. Kathmandu, Nepal: Rolwaling press. p. 155
  5. Lienhard 1992, पृष्ठ 3.
  6. ६.० ६.१ Kirkpatrick, Colonel (१८११), An Account of the Kingdom of Nepaul, London: William Miller, अन्तिम पहुँच १२ जनवरी २०१३  Page 123.
  7. Marie Lecomte-Tilouine (Senior Researcher, Anthropology) CNRS, Paris, France, "The Enigmatic Pig: On Magar Participation in the State Rituals of Nepal, pp. 81-120 in M. Lecomte-Tilouine: Hindu Kingship, Ethnic Revival and Maoist Rebellion in Nepal. Delhi: Oxford University Press, "Collected Essays", 2009, 294 p", Oxford University Press  - Page 85, p.95
  8. महर्जन, वसन्त (२६ पुस २०७७), "गोरखा राज्य विस्तारकाे अनौठो अभ्यासः भौगोलिक विजय, सांस्कृतिक पराजय !", हिमालखबर, अन्तिम पहुँच १६ आषाढ २०७९ 
  9. कैनी, सुदीप (६ माघ २०७४), "द्रव्यशाहको सालिक अनावरण", रेडियो कान्तिपुर, अन्तिम पहुँच १६ आषाढ २०७९ 
  10. तामाङ, राम (१४ असार २०७४), "गोरखाल्याण्डको नामाकरण र गोरखा शब्दको उत्पत्ति", अनलाइनखबर, अन्तिम पहुँच १६ आषाढ २०७९ 
  11. Planet, Lonely, "History of Nepal - Lonely Planet Travel Information", www.lonelyplanet.com, मूलबाट २०१७-०९-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०५-०८ 
  12. Bindloss, Joseph (२०१०-०९-१५), Nepal 8 (अङ्ग्रेजीमा), Lonely Planet, आइएसबिएन 9781742203614 
  13. Lienhard, Siegfried (१९९२), Songs of Nepal: An Anthology of Nevar Folksongs and Hymns, New Delhi: Motilal Banarsidas, पृ: ३, आइएसबिएन 81-208-0963-7 
  14. "The kings song", Himal Southasian, जुन २००३, मूलबाट २५ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २०१२  वेब्याक मेसिन अभिलेखिकरण २५ अक्टोबर २०१२ मिति
  15. "Nepal's Gorkha kingdom falls", The Times of India, २ जुन २००८, मूलबाट ११ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ फेब्रुअरी २०१३  = Archive.today अभिलेखिकरण ११ अप्रिल २०१३ मिति