गोरखा नगरपालिका
गोर्खा नगरपालिका | |
![]() | |
पृथ्वीनारायण नगरपालिकामा अवस्थित गोरखा दरबार | |
स्थापना : | वि.सं. २०३९ वैशाख १५ गते |
---|---|
अञ्चल: | गण्डकी |
जिल्ला: | कास्की |
क्षेत्रफल: | ४४ दशमलव २६ बर्ग कि.मी. |
जनसंख्या: | 58,549 |
वडा संख्या: | 12 |
भौगोलिक अवस्थिति: | प्रदेश नं.4 |
मेयर: | |
टेलिफोन कोड: | 061 |
वेबसाईट: | http://pokharalekhnathmun.gov.np/ |
पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने गोरखा नेपाल निर्माता राजा पृथ्वीनारायण शाहको गोरखा राज्यको राजधानी हो। पृथ्वीनारायण कै नामबाट यस नगरपालिकाको नाम पृथ्वीनारायण नगरपालिका राखिएको थियो। पछि यसको नाम गोरखा नगरपालिका राखिएको हो। ऐतिहासिक गोरखा दरबार बजारको माथिल्लो टाकुरामा अवस्थित छ। तल्लो दरबार, संग्राहलय, बजार छेउको तल्लो दरबारमा छ। गोरखा जिल्लाको सदरमुकाम समेत रहेकाले यहाँ सबै जिल्ला स्तरीय कार्यालय रहेका छन्। गोरखामा द्रव्यशाह बहुमुखी क्याम्पस, गोरखा क्याम्पस लगायतका क्याम्पस तथा विद्यालयहरू रहेका छन्। गोरखा अस्पताल लगायत केही निजी स्वास्थ्य संस्था पनि रहेका छन्, गोरखा शहरमा झन्डै ३५ हजार मानिस बसोबास गर्दछन। गोरखा जिल्लाको टेलिफोन कोड नं. ०६४ हो।
इतिहास[सम्पादन गर्ने]
प्राचीन गोरखा राज्य खडा भएको स्थान नै अहिलेको गोरखा नगरपालिका हो। द्रव्य शाहद्वारा वि.सं. १६१६ मा स्थापना भएको गोरखा राज्य भविष्यमा बृहत् नेपाल राज्य निर्माणको केन्द्रविन्दु बन्नपुग्यो। गोरखा राज्यको बिस्तारबाट नै कालान्तरमा नेपालको एकीकरण हुनपुग्यो। नेपाल एकीकरणको सूत्रपातस्थल वर्तमानको गोरखा नगरपालिका नै हो।
भौगोलिक स्थिति[सम्पादन गर्ने]
वीर गोरखाली भनी विश्व रंगमञ्चमा नेपाली जातिको परिचय गराउन सफल गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं. दुई अन्तर्गत १४ वडामा विभाजित गोरखा नगरपालिकाको पूर्वमा शहिद लखन र भिमसेन गा.पा, पश्चिममा पालुङ्टार न.पा., उत्तरमा सिरानचोक गा.पा. तथा दक्षिणमा शहिद लखन गा.पा. र तनहुँ जिल्ला छन्। साथै नेपाल सरकार को मिति २०७१ साल मसिंर १६ को निर्णय अनुसार साविक फिनाम र नारेश्वर गा.वि.स तथा मिति २०७३ मंसिर २० को निर्णय अनुसार ताप्ले र देउराली गाविस थप गरी यस न.पा.ले कुल १३१.८६ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ । उक्त नगरपालिका समुद्री सतहबाट ३२८ देखि १५२२ मिटरको उचाइमा छ।
जनसङ्ख्या[सम्पादन गर्ने]
पाँच हजार ५ सय ८८ घरधुरी तथा ५ हजार ३५ परिवार संख्या भएको नगरपालिकामा १३ हजार ४ सय २ महिला तथा १२ हजार ३ सय १ जना पुरूष गरी कुल जनसङ्ख्या २५ हजार ७ सय ८३ छ। उक्त नगरपालिकामा सबैभन्दा बढी जनसङ्ख्या मगरको, दोस्रो क्षेत्रीको, तेस्रोमा नेवारको तथा चौथो ब्राह्मणको छ। सबैभन्दा कम ७ जना महतो र ९ जना कुसुले जातिको घरधुरी १/१ रहेको उक्त नगरपालिकामा सार्की, कुमाल, कामी,योगी, गुरुङ, दमै, तामाङ्ग, घर्ती, कसाई, गाइने, लामा, दराई, घले, मियाँ, वादी, शाह, शाक्य, सुनार, हमाल, गिरी, ठकु्री, लिम्बु आदि २८ जातिको बसोवास छ। यी जातिको भिन्ना-भिन्नै धर्म, संस्कृति, रीतिरिवाज एवं रहनसहन र चाडपर्व भएता पनि नगरपालिकामा नेपाल र नेपालीको प्रमुख चाडपर्व तथा मौलिक संस्कृति र सामाजिक रहनसहनमा खासै परिवर्तन छैन।
नगर[सम्पादन गर्ने]
२०५४ सालमा भएको नगरपालिका निर्वाचनबाट नगरप्रमुखमा विश्वेश्वरप्रसाद कट्टेल र उप-प्रमुखमा रामशरण बस्न्यात (नेकपा एमाले) विजयी भएका थिए।
गोरखा दरबार[सम्पादन गर्ने]
गोरखा जिल्लाको मुख्य केन्द्र नै गोरखा दरबार हो ।
स्रोत[सम्पादन गर्ने]