आँबुखैरेनी गाउँपालिका
आँबुखैरेनी | |
---|---|
![]() आँबुखैरेनी गाउँपालिकाको वडा विभाजन | |
देश | ![]() |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | तनहुँ जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
क्षेत्रफल | |
• जम्मा | १२८ किमी२ (४९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २०,७६८ |
• घनत्व | १६०/किमी२ (४२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६५ |
केन्द्र | साविकको आँबुखैरेनी नगरपालिकाको कार्यालय |
स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ मा २६ वटा नयाँ नगरपालिका थप्दा तनहुँ जिल्लाको आँबुखैरेनीलाई नगरपालिका घोषणा गरेको थियो ।[१][२] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा साविकको आँबुखैरेनी नगरपालिकामा छिम्केश्वरी र देउराली गाउँ विकास समितिहरूलाई समेटेर आँबुखैरेनी गाउँपालिका घोषणा गरिएको हो ।[३][४][५] आँबुखैरेनी गाउँपालिकाको केन्द्र साविक आँबुखैरेनी नगरपालिकाको कार्यालय रहको छ ।[६]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
प्रदेश नं. ४ स्थित तनहुँ जिल्ला साविकको आँबुखैरेनी नगरपालिकामा छिम्केश्वरी र देउराली गाविसहरूलाई मिलाएर आँबुखैरेनी गाउँपालिका बनाइएको हो । राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर आँबुखैरेनी गाउँपालिकाको जनसङ्ख्या २०,७६८ रहेको छ ।[७][८]
भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]
आँबुखैरेनी गाउँपालिकामा ६ वडाहरू रहेका छन । आँबुखैरेनीको कुल क्षेत्रफल १२८ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा चितवन र गोरखा जिल्ला पर्दछन् भने पश्चिममा बन्दीपुर र देवघाट गाउँपालिका छ । यसको उत्तरी भागमा बन्दीपुर गाउँपालिका र गोरखा जिल्ला छ भने दक्षिणी क्षेत्रमा देवघाट गाउँपालिका र चितवन जिल्ला पर्दछन् ।[९]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "तनहुँमा दुई नगरपालिका थपिए भानु र आँबुखैरेनी नगरपालिका", सेतीमादी, १ असोज, २०७२, अन्तिम पहुँच १ असोज।[dead link]
- ↑ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
- ↑ "तनहुँका दुई नगरपालिका गाउँपालिका निर्धारण", कारोबार, २४ पौष, २०७३, अन्तिम पहुँच २४ पौष, २०७३।[dead link]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३।
- ↑ "२६ नगरपालिका थप", नागरिक दैनिक, २ असोज, २०७२, अन्तिम पहुँच २ असोज, २०७२।
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१७ मिति
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।