सहिद लखन गाउँपालिका
सहिद लखन | |
---|---|
![]() सहिद लखन गाउँपालिकाको वडा विभाजन | |
देश | ![]() |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | गोरखा जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | रमेश थापा (नेपाल कम्युनिष्ट पार्टी) |
• उपाध्यक्ष | इन्दिरा तिवारी (नेपाल कम्युनिष्ट पार्टी) |
• अधिकृत | युवराज अधिकारी |
क्षेत्रफल | |
• जम्मा | १४८.९७ किमी२ (५७.५२ वर्ग माइल) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २७,५५५ |
• घनत्व | १८०/किमी२ (४८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६४ |
केन्द्र | साविकको घैरूङ गाविसको कार्यालय |
सहिद लखन गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका बुङकोट, नाम्जुङ, घैरूङ, बक्राङ, ताक्लुङ र मनकामना गाउँ विकास समितिहरूलाई समेटेर सहिद लखन गाउँपालिका घोषणा गरिएको हो ।[४][५]
भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]
सहिद लखन गाउँपालिकाको क्षेत्रफल १४८.९७ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या २७,५५५ रहेको छ । यसको सीमाना पूर्वमा भीमसेन, गण्डकी गाउँपालिका र धादिङ जिल्ला, पश्चिममा गोरखा नगरपालिका र तनहुँ जिल्ला, उत्तरमा गोरखा नगरपालिका र भीमसेन गाउँपालिका र दक्षिणमा गण्डकी गाउँपालिका, चितवन र तनहुँ जिल्लासँग जोडिएको छ ।[६][७]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "नगरपालिका/गाउँपालिका का प्रमुख/उपप्रमुख तथा कार्यकारीहरूको विवरण", जिससको कार्यालय गोरखा, नेपाल, अन्तिम पहुँच १५ जुन २०१७।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "गोरखा जिल्ला स्थित रहेका स्थानीय तहहरूको संक्षिप्त विवरण", जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, अन्तिम पहुँच १५ जुन २०१७।
- ↑ "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।