सामग्रीमा जानुहोस्

पालुङटार नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पालुङटार नगरपालिका
पालुङटार नगरपालिका को गण्डकी प्रदेश मा अवस्थिति
पालुङटार नगरपालिका
गण्डकी प्रदेशको नक्सामा पालुङटार नगरपालिकाको अवस्थिति
पालुङटार नगरपालिका को नेपाल मा अवस्थिति
पालुङटार नगरपालिका
पालुङटार नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°०३′N ८४°३०′E / 28.05°N 84.50°E / 28.05; 84.50
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लागोरखा
स्थापित२०७१ मङ्सिर १६
सरकार
  नगरप्रमुखविवस चिन्तन (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखवन्दना पाण्डे (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१५८.६२ किमी (६१.२४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३७,४०९
  घनत्व२४०/किमी (६१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०६४
केन्द्रसाविक पालुङटार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पालुङटार नगरपालिका गोरखा जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका च्याङली, गाईखुर, पालुङटारआँपपिपल गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा धुवाकोट, मिरकोट, खोप्लाङ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पालुङटार नगरपालिकाको कुल जनसङ्ख्या ३७,४०९ रहेको छ भने यहाँ ११,०७२ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार पालुङटार नगरपालिकाको कुल जनसङ्ख्या ३७,४०९ रहेको छ। यस नगरपालिकालाई १० वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

पालुङटार नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
खोप्लाङ (४-९)३,३२६१३.४०२४८.२१
खोप्लाङ (१-३) र आँपपिपल (५-९)३,४३०१८.५०१८५.४१
आँपपिपल (१-३) पालुङटार (१-३)२,६८२१६.१०१६६.५८
गाईखुर (७-९) पालुङटार (४-८४,३९०१५.४०२८५.०६
पालुङटार (९)४,८७१५.९०८२५.५९
च्याङ्ली (१-३) गाईखुर (१-६)४,२९९१९.७०२१८.२२
च्याङ्ली (४-९)५,४७८२१.८०२५१.२८
धुवाकोट (१-६)२,८०६११.२०२५०.५४
धुवाकोट (७-९) र मिरकोट (५,८)४,१८५२२.१०१८९.३७
१०मिरकोट (१-४,६,७,९)१,९४२१४.५०१३३.९३
जम्मा / औसत३७,४०९१५८.६०२३५.८७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]