सामग्रीमा जानुहोस्

सिरानचोक गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिरानचोक गाउँपालिका
{{{official_name}}}को अवस्थिति
सिरानचोक गाउँपालिका गोरखा जिल्ला-को अवस्थिति
सिरानचोक गाउँपालिका
सिरानचोक गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
सिरानचोक गाउँपालिका
सिरानचोक गाउँपालिका नेपाल-को अवस्थिति
सिरानचोक गाउँपालिका
निर्देशाङ्क: २८°०५′०८″ उत्तर ८४°३६′०९″ पूर्व / २८.०८५६५३° उत्तर ८४.६०२४७३° पूर्व / 28.085653; 84.602473
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लागोरखा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षज्ञानेन्‍द्र गुरुङ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षरिता देवकोटा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२१.६६ किमी२ (४६.९७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,७१९
 • घनत्व१६०/किमी२ (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०६४
केन्द्रसाविक छोप्राक गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सिरानचोक गाउँपालिका गोरखा जिल्लाका ९ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका श्रीनाथकोट, थालाजुङ, केराबारी, छोप्राक, हर्मी, गाङ्खु र जौबारी गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिरानचोक गाउँपालिकाको कुल जनसङ्ख्या १९,७१९ रहेको छ भने यहाँ ५,९५८ घरधुरी रहेका छन्।[२]

सिरानचोक गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१केराबारी१,७८०१४.१२१२६.०६
२थालाजुङ२,१८७१७.३१२६.४२
३हर्मी२,५७०१२.१२१२.४०
४छोप्राक (७-९)२,४९५८.४९२९३.८७
५छोप्राक (१-६)२,६१२१४.४१८१.३९
६गाङ्खु२,९५३१५.११९५.५६
७श्रीनाथकोट२,३०३१९.७११६.९०
८जौबारी२,८१९२०.४१३८.१९
कुल१९,७१९१२१.५९१६२.१७

भौगोलिक अवस्थिति

[सम्पादन]

सिरानचोक गाउँपालिकाको क्षेत्रफल १२१.६६ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा बारपाक सुलिकोट गाउँपालिका, पश्चिममा पालुङटार नगरपालिका र लमजुङ जिल्ला, उत्तरमा अजिरकोट गाउँपालिका र लमजुङ जिल्ला तथा दक्षिणमा गोरखा नगरपालिकासँग जोडिएको छ।[४][५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।
  4. ↑ "गोरखा जिल्ला स्थित रहेका स्थानीय तहहरूको संक्षिप्त विवरण", जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, मूलबाट २०१७-०६-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुन २०१७।
  5. ↑ "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, मूलबाट २०१९-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७३ फाल्गुण २७।

बाह्य कडीहरू

[सम्पादन]