बाबुराम भट्टराई

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बाबुराम भट्टराई
Bhattarai Pm.jpg

पद बहाली
भाद्र ११, २०६८
राष्ट्रपति : रामवरण यादव
अग्रज : झलनाथ खनाल
व्यक्तिगत जानकारी
जन्म (१९५४-०६-१८)१८ जुन १९५४तदनुसार ४ असार २०११ शुक्रबार[१]
बेलबास, खोप्लाङ, गोरखा, नेपाल
राजनीतिक दल अहिले कुनैमा आवद्ध छैनन्
जीवनसाथी हिसिला यमी
बच्चा मानुषी यमी भट्टराई
अलमा मेटर अमृत साइन्स कलेज
चण्डिगढ कलेज अफ् आर्किटेक्चर
स्कूल अफ प्लानिङ एण्ड आर्किटेक्चर
जवाहरलाल नेहरू विश्वविद्यालय

बाबुराम भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका पूर्व केन्द्रीय उपाध्यक्ष र नेपालको ३५ औ‌ प्रधानमन्त्री हुन्।संविधान सभामा सबैभन्दा बढ्ता मत र मतअन्तरले जित्ने माओवादी सभासद् डा.बाबुराम भट्टराईले कांग्रेसका प्रत्यासी आफ्नै मामा पर्ने चन्द्रप्रसाद न्यौपानेलाई ४० हजारको अन्तरले हराएका थिए। उनले ४६ हजार २ सय ७२ मत प्राप्त गरेका थिए। यसैगरी प्रत्यक्ष चुनावमा दम्पती नै संविधानसभामा पुग्ने ४ जोडी मध्ये एक जोडी भट्टराई जोडी पनि एक हो। उनकी श्रीमती हिसिला यमी पनि माओवादीकी शक्तिशाली केन्द्रीय सदस्य हुन। उनले काठमाडौंबाट चुनाव जितेकी हुन।

बाल्यकाल[सम्पादन गर्ने]

नेपालको मध्य पहाडी क्षेत्रमा रहेको गोर्खा जिल्लामा बाबुराम भट्टराईको जन्म भयो, बाबु भोजप्रसाद भट्टराई र आमा धर्मकुमारी भट्टराईको कोखबाट। उहाँ बाबुआमाका दोस्रा सन्तान हुनुहुन्छ। उहाँका एक दिदी, एक भाइ र एक बहिनी छन्।

बाल्यकालमा बाबुराम भट्टराईले अनौपचारिक शिक्षा गाउँकै सेवानिवृत्त सैनिक भक्तबहादुर भुजेलबाट हासिल गर्नुभयो। उहाँले औपचारिक शिक्षा सन् १९६३मा अमर ज्योति हाइस्कूलबाट शुरु गर्नुभयो। लुईंटेल गाउँमा रहेको यो स्कूल जान बेलबास गाउँबाट दुई घन्टा हिँड्नुपर्छ। यो विद्यालय युनाइटेड मिसन टु नेपाल संस्थाले खोलेको थियो। यो विद्यालय बिदेशी लगानीमा सन्चालित थियो। बाबुराम शुरुमा नै तीन कक्षामा भर्ना हुनुभयो। उहाँ सन् १९७०मा एसएलसीमा बोर्डफस्ट हुनुभयो।

अध्ययन[सम्पादन गर्ने]

डा.बाबुराम भट्टराई

भट्टराईको बाल्यकालको नाम मुक्तिप्रसाद हो। उनले द नेचर अफ अण्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल विषयमा विद्यावारिधि गरेका छन ' उनलाई भारतबाट विद्यावारिधि गर्न भारतका लागि तत्कालिन् नेपाली राजदूत बेदानन्द झाले सहयोग गरेका थिए। उनले डिजाइन गरेका रामेछापको मन्थली तथा दाङको लमही लगायतका सहर हुन।

काठमाडौंं र राजनीतिसँग बाबुराम[सम्पादन गर्ने]

२०२७/२०२८ तिर राजनैतिक दलहरू प्रतिवन्धित थिए। राजनैतिक गतिविधि भनेका विद्यार्थी गतिविधि मात्रै थिए। कम्युनिष्ट पार्टीहरू पनि फुटेका थिए। काँग्रेस नेताहरू प्रवास तिरै थिए। शेरबहादुर देउवाको नेतृत्वमा नेविसङ्घ भरखरै गठन भएको थियो। अखिल पनि भरखरै गठन भएको थियो। विद्यार्थीहरू अखिल र ने.वि.सङ्घ भनेर चुनाव लडथे। अमृत क्याम्पसमा भने प्यानल सहित चुनाव हुन्थेन। तर वामपन्थी प्रभाव भने थियो। बाबुरामको राजनैतिक चेतना त्यतिवेला राजतन्त्र विरोधी मात्रै थियो। काँग्रेस वा कम्यूनिष्ट थिएन।यिनि आफुलाई मुलत साम्यबादि भन्दा पनि राजतन्त्र बिरोधि भनेर चिनाउन मन पराउछ्न्। कमूनिजमलाई सत्ता प्राप्तिको मध्यम् बनाउन उनी सफल् भए।

भारतमा अध्ययन र राजनीति[सम्पादन गर्ने]

एसएलसी र आईएस्सीमा सर्वप्रथम भएपछि उनी कोलम्बो प्लानमा इन्जिनियरिङ्ग पढन चण्डिगढ गए। चण्डिगढको राम्रो वातावरणमा उनले कलेजको अध्ययन मात्रै हैन स्वअध्ययन पनि गरे। भारतका पुर्वप्रधानमन्त्री मनमोहन सिंह उति वेला चण्डिगढमा पढाउथे। कार्ल मार्क्सको कम्यूनिष्ट घोषणा पत्र त कोर्षमा नै थियो। गान्धीदेखि चे सम्मका जीवनी पढदा उनलाई सबै भन्दा वढी चेको जीवनीले प्रभावित पार्‍यो। बाबुरामलाई कम्यूनिष्ट विचार प्रति आकषिर्त हुने गरि तत्कालिन् भारतका लागि नेपालि राजदूत बेदानन्द झाले जे एन् यूमा प्रबेष गराएका थिए। यो खबरले बिपि कोइराला निकै दुखित् भएको कुरा बिजय गच्छदारलाई राम्रोसँग थाह छ। बेदानन्द झाले १९५१ इस्विसम्बतमा नेपाली काग्रेसबाट फुटाएर 'नेपाल तराइ काङ्ग्रेस' नामको दल खोलेका थिए जसले तराइको स्वायत्तता र हिन्दि भाषा माग गरेको थियो।

नेपाली मजदुर, कुल्लीका बीचमा[सम्पादन गर्ने]

भारतको पञ्जाव विश्वविद्यालय र जवाहरलाल नेहरू विश्वविद्यालयमा पढेका बाबुरामले आफ्नो अध्ययनलाई पुस्तकमा मात्रै सिमित राखेनन्। उनले आफ्नो ज्ञान र भावनालाई भारत स्थित नेपाली विद्यार्थी, मजदुर र जागीरदारहरूबीच पनि साट्न थाले। उनी पुस्तक भित्रको दर्शन मात्र होइन जीवन दर्शन पनि बुझ्न विद्यार्थी र मजदुरबीच झन् भिड्न थाले।

प्रकाशनमा उनको रुची थियो[सम्पादन गर्ने]

बाबुरामको बामपंथी सुझावका कारण माक्र्सवादी कोणबाटै बढी व्याख्या विश्लेषण भएका रचना छापिन्थे। बाबुरामको विधावारिधिको शोधपत्र पनि नेपाल भारत सम्बन्ध बिषयमा नै केन्द्रीत र भारतीय विस्तारवादी उत्पीडनवाट मुक्त नभै नेपालको दिगो विकास सम्भव छैन भन्ने त्यसको निष्कर्ष छ।

बाबुराम नेपाल फर्के[सम्पादन गर्ने]

२०४२ सालमा उनी काठमाडौंं फर्के। संयुक्त जनमोर्चा नेपालले बाबुराम भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालिन देउवा सरकारसँग राखेर ससस्त्र युद्धमा जाने घोषणा गर्‍यो। र युद्धमा उनीहरू सामेल भए। माओबादीयुद्धकालमा करिब बीस हजार मानिसको ज्यान गएको थियो। २०५२ देखि २०६३ सम्म चलेको जनयुद्धमा बाबुराम चार महिना वार्तामा बस्दा बाहेक सबै समय भूमिगत वसे।


तमामा आरोपका बाबजुत बाबुराम भट्टराई समकालिन नेपाली राजनीतिककर्मिहरुका माझ क्षमता भएका नेतामा गनिन्छन्। अब्बल पढाई, दृढ चाहाना र अर्थमन्त्री हुँदा देखाएका संकेतहरुका कारण उनीबाट धेरै मानिसहरु आशवादी छन्। बाबुरामका २१ सबल पक्ष

जनतासँग प्रधानमन्त्री[सम्पादन गर्ने]

डा. बाबुराम भट्टराईले जनतासँग प्रधानमन्त्री नामक रेडियो कार्यक्रम मार्फत प्रत्यक्ष जनतासँग अन्तरक्रियाको आरम्भ गरे। भट्टराईले जनताका चासो अपेक्षा गुनासो तथा सरोकारबारे जनतासँगै प्रत्यक्ष रूपमा रेडियो नेपाल मार्फत संवाद गरे। २०६८ असोज १५ गते राति आठ बजेको अङ्ग्रेजी समाचारपछि राष्ट्रिय प्रसारण रेडियो नेपालको केन्द्रीय स्टुडियोबाटै प्रधानमन्त्रीले जनतासँग प्रत्यक्ष अन्तरकि्रया गर्नुका साथै आफ्ना भावी योजनाबारे पनि जानकारी दिए। प्रधानमन्त्री र जनताबीच प्रत्यक्ष कुराकानीका निम्ति सोही समयमा रेडियो नेपालको फोन नम्बर ४२११७२१ अथवा ४२११७३६मा फोन गर्न सकिने व्यवस्था मिलाईएको थियो। प्रधानमन्त्रीको अनुकूल समय पारेर सो कार्यक्रमलाई प्रत्येक महिना सञ्चालन गरिने रेडियो नेपालले जनाएको छ। [२]

पूर्वाधिकारी
झलनाथ खनाल
नेपालको प्रधानमन्त्री
११ भदौ २०६८ देखि ३१ फागुन २०६९ सम्म
उत्तराधिकारी 
खिलराज रेग्मी

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिंक[सम्पादन गर्ने]