सामग्रीमा जानुहोस्

करिश्मा मानन्धर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
करिश्मा मानन्धर
जन्म (1972-08-16) अगस्ट १६, १९७२ (उमेर ५३)
ललितपुर, नेपाल
राष्ट्रियतानेपाल नेपाली
शिक्षाशुभतारा स्कुल ( SLC )
पेशाअभिनेत्री
कार्यकाल१९८८ २०१२
जीवनसाथीबिनोद मानन्धर
सन्तानकविता मानन्धर (छोरी)

करिश्मा मानन्धर (केसी) (जन्म १९७१, ललितपुरमा) नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री र तथा चलचित्र र्निमात्री हुन्।[][][][] उनी नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिन्छिन । करिश्मा अहिले फिल्म निर्माणमा समेत सक्रिय छिन् । उनको पहिलो चलचित्र वि.सं. २०४२ सालमा बनेको सन्तान हो । त्यसबेला उनी मात्र १४ वर्षकी थिइन् । त्यस फिल्ममा उनले भुवन केसीसँग काम गरेकी थिइन् ।

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

कस्तुरी चलचित्रमा काम गरेपछि उनले चर्चित चलचित्र निर्देशक बिनोद मानन्धरसँग विवाह गरिन् । विवाह पश्चात् उनी चर्चाको शिखरमा पुगिन् यसै कारण उनलाई करिश्मा केसी भन्दा करिश्मा मानन्धरकै नामले चिनिन्छिन् । उनको एउटी छोरी (कविता मानन्धर) पनि छिन् ।

करिश्माले आफ्नो SLC सम्म शुभतारा स्कुलमा पढिन् । सन् २००७ को नोभेम्बरमा उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत प्राप्त गरिन् । केही स्रोतअनुसार उनको बाल्यकाल गरिबी र अभावमा बितेको थियो । उनको जीवन गरिबी मा बितेको कारण उनकै पारिवार र सदस्य अन्जली श्रेष्ठ र प्रकाश अधिकारीको सुझावमा फिल्ममा प्रबेश गरे ।।उनको जीवन को पहिलो फिल्म सन्तान हो।।उनको पिताको नाम चित्र बहादुर केसी हो भने माताको नाम कोमल हो उनको असली नाम बुनु केसी हो।।उनिले इन्डिया मधुमती संग नृत्य सिक्ने क्रममा चोरी कि बारात हिन्दी फिल्ममा काम गरेकी थिइन् ।।जब उनलाइ सुनिल अग्निहोत्री को चंद्रकान्ता ओफ्फर आउदा नखेलेर नेपाल आए।।प्रकाश थापा जस्ता निर्देशक संग काम गरेर फिल्म सन्तान बाट कदम राखेर २ दशक भन्दा बढी राज गरे।।उनी फिल्म अल्लारे बाट यिन्को र राजेश हमाल को जोडि ले धूम मचाए पछी सिनेमा तर्फ जनता ध्यान बढाउन यी दुई को जोडि नै हिट मानिथ्यो।।रातो टीका निधारमा गीतले लोकप्रिय त्यो समय खुब बढयो येहि गीत जनमाझ आजसम्म लोकप्रिय पुग्न पुगेको छ ।। करिश्माको जीवन को पहिलो सुपरहिट फिल्म मायालु हो।।येहि पछी स्टारडम पाइन् फिल्म को ओफ्फेर आयो।।90 दशक सबैभन्दा सफल नाइका को कारण महानाइका उपाधी का साथै सुन्दर रूप को कारण सदाबहार अभिनेत्री को पहिचान पायो।।करिश्मा शिव श्रेष्ठ , राजेश हमाल , भुवन केसी देखि लिएर दिलिप रायमाझी ,निखिल उप्रेती को जोडि समेत देखिन्।।

उनी केही वर्षको लागि लक्स साबुनको ब्रान्ड एम्बास्डर (दुत) पनि बनेकी थिइन् ।

केही चलचित्रहरू

[सम्पादन गर्नुहोस्]
वर्षचलचित्रभूमिका
१९८८सन्तानकान्ता
1989दंगा फसाद (हिन्दी)
1994भाउजू
2000रणभूमि
1989मायालु
2000बसन्तीवसन्ती
2000ढुकढुकी
2000पन्छी
2002बाबुसाहेब
1992ट्रक ड्राइभर

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

■ रेखा थापा

■ झरना थापा

■ निरुता सिंह