रेखा थापा
रेखा थापा | |
---|---|
जन्म | रेखा थापा २१ अगस्ट १९८२ सलकपुर, मोरङ, कोशी, नेपाल |
वासस्थान | काठमाडौँ, नेपाल |
राष्ट्रियता | नेपाली |
अन्य नाम |
|
पेशा | अभिनेत्री, मोडल, निर्माता, सामाजिक कार्यकर्ता |
कार्यकाल | वर्तमान |
उचाइ | १.६ मिटर [१] |
राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी[२] |
धर्म | हिन्दु[३] |
जीवनसाथी | [४] |
मातापिता | प्रेम थापा (बुबा) सरस्वती थापा (आमा)[५] |
पुरस्कार | "सीजी डिजिटल फिल्म अवार्ड" (२०१०) "नेफ्टा फिल्म अवार्ड" (२०११) |
वेबसाइट | www |
रेखा थापा (जन्म विसं २०३९ भाद्र ५) नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् ।[६] २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् ।[७] दर्जनौ सुपरहिट चलचित्र "काली" र "हिम्मतवाली" पछि २०७० चैत-२६ मा चलचित्र "रामप्यारी" लिएर आएकि थिइन् ।
सुरुवाती जीवन
[सम्पादन गर्नुहोस्]उनको जन्म बगाले थापा परिवारमा भएको थियो ।[८]
चलचित्र यात्रा
[सम्पादन गर्नुहोस्]मेडिया क्षेत्रमा
[सम्पादन गर्नुहोस्]कोटेश्वर मा एकीकृत नेकपा (माओवादी) को पार्टी मुख्यालय कार्यालयको एक सार्वजनिक कार्यक्रम बीच एक शीर्ष राजनीतिक दल एकीकृत नेकपा (माओवादी) मा उनको प्रवेशले उनको प्रशंसकहरूले केही आलोचना गरिएको थियो ।[९] नोभेम्बर २००९ मा, थापाले दरबार स्क्वायरमा, ए.ने.क.पा. माओवादीको सरकार मुख्यालय घेराउ कार्यक्रमको सभामा प्रचण्डसँग नृत्य गरेकी थिईन् ।[१०] डिसेम्बर २००९ मा, रेखा थापा संसारको सबैभन्दा छोटो मानिस चुम्बन देखेको थियो ।[११]
जुन २०१३मा रेखा थापा पूर्णतया नयाँ अवतार मा वेव म्यागजिनको बाहिरी पृष्ठमा देखिएकी थिई ।[१२]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]राजनिती जीवन
[सम्पादन गर्नुहोस्]रेखा थापाचलचित्र बाहेक राजनीतिक मा पनि सम्लग्न छिन् । रेखा थापा ए.ने.क.पा.माओवादीको सदस्य थिइन् । उनी संबिधानसभा निर्वाचनमा सभासदका लागि उमेद्वारी दिने खवरले पनि चर्चामा आएकी थिईन् । [९]
हाल उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा सम्लग्न छिन् । २०७८ को महाधिवेशनमा उनी राजेन्द्र लिङ्देनको पक्षबाट महामन्त्रीको उम्मेदवारी हुन् ।[१३] उनै थापा हाल (२०७९ मंसिर ४) राप्रपाबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएकी छिन् । उनी एमालेका भानुभक्त ढकाल र नेपाली कंग्रेसका सुनिल शर्मा वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-१३ मितिसँग प्रतिस्पर्धा गर्दैछिन् ।
अभिनित चलचित्रहरु
[सम्पादन गर्नुहोस्]रेखा थापा द्वारा अभिनित केहि चलचित्रहरु
- हीरो
- वरमाला
- सहारा
- मेरो एउटा साथी छ
- दमदार
- कवच
- हाम्रो माया जुनी जुनीलाई
- साथी म तिम्रो
- ए पण्डित बाजे
- मितिनी
- जीवन रेखा
- हामी तिन भाई
- क्रोध
- नसिब आफ्नो
- बाटुली
- किस्मत
- बाटो मुनिको फूल
- तोड
- कसले छोयो मेरो मन
- हिफाजत
- खुशी
- इसारा(चलचित्र)
- मेरो जीवन साथी
- अन्दाज
- लंका(चलचित्र)
- रावण(चलचित्र)
- कलि
- भिर(चलचित्र)
- हिम्मतवाली
- तथास्तु
रेखाको फिल्मलाई रेनशाले निर्देशन गर्ने
[सम्पादन गर्नुहोस्]नायिका रेखा थापाले नयां चलवित्र निर्माण गर्न थालेकी छिन् । नेपाल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम फाइनल गरिएको छैन । चलचित्रको लागि रेखाले निर्देशकको रूपमा रेनशा वान्तवा राइमाई फाईनल गरेकी छिन् । रेखा र रेनशा बिच कागजी सम्झौता भएको हो । रेनशाले निर्देशन गरेको पहिले चलचित्र इन्टु पिन्टु लण्डनमा बक्स अफिसमा औषत भएपनि उनको कामले भने तारिफ पाएको थियो । रेनेशा अहिले दोस्रौ चलचित्र 'आइ एम ट्वान्टीवान ' निर्देशन गर्ने तयारीमा छिन् । यही बिचमा उनले रेखाको ब्यानरमा काम गर्न लागेकी हुन् । यो चलचित्रको अहिले कथामा धमाधम काम भइरहेको छ । चमचित्रमा मल्टिस्टार कलाकार हुने बुझिएको छ । चलचित्रको छायाङ्कन माघदेखी सुरू गर्ने तयारी देखिएको छ । नायिका रेखा थापाले मालिका चलचित्र असफल भएपछि नयां चलचित्रका लागि लामै समय होमवोर्क गरेकी छिन् । [१४]
अवार्ड र छनोट
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- रेखा थापा(वेब पेज) वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१५ मिति
- रेखा थापा(फेसबुक पेज)
- रेखा थापा(छोटो बायो)
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Rekha Thapa Height, Weight, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrity Measurements, अन्तिम पहुँच २०१५-१०-३१।
- ↑ "नायिका रेखा थापा राजेन्द्र लिङ्देनको प्यानलमा" (नेपालीमा), Setopati, २०२१-११-२६।
- ↑ Rekha Thapa (अप्रिल २१, २०१०), "Rekha Thapa Biograpgy Details", Rekha Thapa, पृ: ९३, अन्तिम पहुँच डिसेम्बर ७, २०१५। वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ९, २०१५ मिति
- ↑ "Rekha Thapa married to Balaram Shahi", My Republica, अन्तिम पहुँच २ मार्च २०२२।
- ↑ "Nepali Actress Rekha Thapa", facemeu.com, सेप्टेम्बर ११, २०१४, अन्तिम पहुँच डिसेम्बर ७, २०१५। वेब्याक मेसिन अभिलेखिकरण मार्च ५, २०१६ मिति
- ↑ Participants 1999 वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०८ मिति, Miss Nepal official website, retrieved 16 February 2014
- ↑ Anand Nepal (२० मार्च २०११), "Movie Awards in Nepali Film Industry and NEFTA Film Awards", xnepali.net, अन्तिम पहुँच १९ अप्रिल २०१५।
- ↑ http://www.onlinekhabar.com/2016/12/512647/
- ↑ ९.० ९.१ Rekha Thapa and Urmila Aryal join UCPN (Maoist). Nepal.FM. Retrieved on 1 February 2014.
- ↑ "Prachanda dances while Rekha Thapa sings | Nepali Movies, Nepali Films", Xnepali.net, अन्तिम पहुँच ९ मे २०१३।
- ↑ "Khagendra proposed and kissed Rekha Thapa | Nepali Movies, Nepali Films", Xnepali.net, अन्तिम पहुँच ९ मे २०१३।
- ↑ "Rekha Thapa in New Avatar on Wave Magazine", Nepal.FM, अन्तिम पहुँच १३ जुन २०१३।
- ↑ कान्तिपुर संवाददाता, "अभिनेत्री रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने", कान्तिपुर, अन्तिम पहुँच २०२१-१२-०१। একের অধিক
|accessdate=
र|access-date=
উল্লেখ করা হয়েছে (सहायता) - ↑ फिल्मलाई रेनशाले निर्देशन गर्ने "रेखाको अंकमालले बदलेको छविको मनस्थिती", अनलाइनखबर, अन्तिम पहुँच २३ जनवरी २०२०।