रावण
| रावण | |
|---|---|
| देवनागरी | रावण |
| वर्ग: | राक्षस |
| वासस्थान: | लंका |
| जीवनसाथी: | मन्दोदरी |
| वाहन: | पुष्पक विमान |
रावण रामायणको एक पात्र हुन । रावणको दश शिर थिए । दसवटा टाउकाको कुरा प्रतीकात्मक हो - उसमा दस मनुष्यों को जति बुद्धि थियो र दसजना मान्छे को जति बल थियो | उनी लंकाभन्ने देशका राजा थिए ।[१] रावण सृष्टिकर्ता ब्रम्हाका पनाति, पुलस्त्यका नाति र विस्रवाऋषिका छोरा हुन् । उनी शिवका परम भक्त तथा नारायणका कट्टर विरोधी हुन् । शिव विजयी रावण वैदिक १० विषय वेदवेदांग(४ वेद र ६ शास्त्र) का विद्वान थिए । तर पनि अभिमान र नारीको अपमान गरेकाले उनको पतन भयो । विश्रवा की दोस्रो पत्नी सुमाली की पुत्री 'कैकसी'बाट रावण आदि सन्तान को जन्म भयो । रावण का मामाहरु प्रहस्त, अकम्पन, विकट, कालिकामुख, धूम्राक्ष, दण्ड, सुपार्श्व, संह्रादि, प्रघस र भासकर्ण हुन् ।

रावण को उदय
[सम्पादन गर्नुहोस्]रावणको वास्तविक नाम दशानन् हो। सङै महादेव र पार्वतीलाई लंका हाल श्रीलङ्का लान खोज्दा पर्वतले किचेर पिडादाई रोदनको आवाजलाई लक्षित गरी महादेवले रावण नाम राखिदिएको कथा छ।

पद्मपुराण, श्रीमद्भागवत पुराण, कूर्मपुराण, रामायण, महाभारत, आनन्द रामायण, दशावतारचरित आदि ग्रंथहरूमा रावण को उल्लेख भएको पाइन्छ । रावण को जन्म को विषयमा भिन्न-भिन्न ग्रंथहरूमा भिन्न-भिन्न प्रकार को उल्लेख भेटिन्छ ।
वाल्मिकि द्वारा लिखित रामायण महाकाव्यमा रावण लंकापुरी महानगरको सबभन्दा शक्तिशाली तमिल राजा थियो ।
- पद्मपुराण तथा श्रीमद्भागवत पुराण को अनुसार हिरण्याक्ष एवं हिरण्यकशिपु पुनर्जन्म भएर रावण र कुम्भकर्णको रूपमा जन्मेका हुन् ।
- वाल्मीकि रामायणको अनुसार रावण पुलस्त्य मुनि को नाति थियो अर्थात् उनको पुत्र विश्वश्रवा को पुत्र थियो । विश्वश्रवा की वरवर्णिनी र कैकसी नामक दुई पत्नि थिए । वरवर्णिनीले कुबेरलाई जन्माए पछि सौतिने डाह वश कैकसीले कुबेला (अशुभ समय - कु-बेला) मा गर्भ धारण गरेको कारण रावण तथा कुम्भकर्ण जस्ता क्रूर स्वभाव भएका भयंकर राक्षस उत्पन्न भए ।
- तुलसीदासजी को रामचरितमानस मा रावणको जन्म श्रापको कारण भएको लेखिएको छ । नारद एवं प्रतापभानुको कथालाई रावणको जन्म कारण मानिन्छ ।
रावण र राक्षस कुल
[सम्पादन गर्नुहोस्]= रावणको बिवाह मन्दोदरीसँग भएको थियो ।
= पिताको नाम विश्वश्रवा र आमाको नाम कैकसी थियो ।
= रावणका दुई भाइ कुम्भकर्ण र बिभिषण थियो ।
= रावणको बहिनी सुपनखा थियो ।
= साथै ठूलो आमा (पिताको पहिलो श्रीमती) बाट भाइ कुबेर थिए ।[२]
= साथै ऐरावण, खर र दुषण पनि भाइहरू थिए ।
= कुम्भिनी बहिनी पनि थिए ।
= दम्भमालिनी रावणको दोस्रो पत्नी हुन् ।
= छोराहरू मेघनाथ ( ईन्द्र जित), अक्षकुमार, अदित्या, त्रिसरा, प्रस्ता, देवता र नाराणतका हुन् ।
= रावण पुल्स्यका नाति हुन् ।
= रावणका मामाहरू मारिच् र सुबाहु हन् ।
= रावणका भाइ बिभिषणको छोरीको नाम त्रिजता हुन् ।
= रावणको भाइ बुहारी बज्रज्वाला हन्, कुम्भकर्णको पत्नी ।
रावण द्वारा महादेव को स्तुति
[सम्पादन गर्नुहोस्]एक पटक फेरि नारद जी लंका फर्किए, र रावणले उनको राम्रो सेवा गरे। नारद जी ले भने, "मैले सुनेको छु कि तपाईंले महादेवबाट शक्ति प्राप्त गर्नुभएको छ।" रावणले जवाफ दिए, "हो, तपाईं सही हुनुहुन्छ।" नारदले सोधे, "कति शक्ति?" रावणले जवाफ दिए, " त्यो त् थाहा भएन , तर यदि मैले चाहे भने, म पृथ्वी हल्लाउन सक्छु।" नारदले जवाफ दिए, "त्यसो भए तपाईंले त्यो शक्तिको परीक्षण गर्नुपर्छ, किनभने व्यक्ति लाई आफ्नो शक्तिको जानकारी हुनै पर्छ।" रावणलाई नारदको सुझाव मन पर्यो र सोचेपछि भने, "महर्षि, यदि मैले महादेवलाई कैलाश पर्वतसँगै लंकामा उठाएर ल्याए भने कस्तो हुन्छ? त्यसरी, मसँग कति शक्ति छ भनेर पनि थाहा पाउनेछु।"
नारद जी ले " विचार नराम्रो छैन " भनि जवाफ दिए र फर्किए । एक दिन, आफ्नो भक्ति र शक्तिको बलमा , रावणले महादेवलाई कैलाश पर्वतसँगै लंका ल्याउने प्रयास गरे। उनले कैलाश पर्वतलाई आफ्नो हातमा उठाए लगतै , देवी सती चिप्लिन थालिन र "पर्खनुहोस्, पर्खनुहोस्!" भनि ठूलो स्वरमा कराइन्।
यसपछि उनले महादेवलाई सोधे, "प्रभु, यो कैलाश किन हल्लिरहेको छ?" महादेवले भने कि रावणले उनीहरूलाई लंका लैजान खोजिरहेको छ । जब रावणले महादेवसहित कैलाश पर्वत लाई आफ्नो हातमा उठाए, उनमा अभिमान भयो कि यदि उनले महादेवसँगै कैलाश पर्वत उठाउन सक्छन् भने, उनको लागि अब अरू केही असम्भव छैन। र रावणले एक पाइला मात्र के अगाडि बढाएक थिए , उनको सन्तुलन बिग्रियो, तर त्यसपछि पनि उनले आफ्नो प्रयास जारी राखे। यसैबीच, देवी सतीले रावणलाई श्राप दिइन्, "हे अहंकारी रावण, आजदेखि, तिमी राक्षसहरूमा गनिनेछौ किनभने तिम्रो स्वभाव राक्षसहरूको जस्तै भएको छ र तिमी अहंकारी भएका छौ।"
रावणले अझै पनि देवी सतीको कुरामा ध्यान दिएनन्। त्यसपछि भगवान शिवले आफ्नो तौल बढाउन थाले, र रावणले बढ्दो भार धान्न नसकेर बिस्तारै कैलाश पर्वतलाई सोहि ठाउँमा राख्न थाले। अधिक भारले उनको एउटा हात कुल्चियो , जसले गर्दा उनी पीडाले चिच्याए। उनी चिच्याएको आवाज स्वर्गसम्म सुनियो, र उनी केही समयको लागि बेहोस भए। होशमा आएपछि, उनले भगवान महादेवको सुन्दर स्तुती द्वारा प्रशंसा गरे।
”जटाटवीगलज्जलप्रवाहपावितस्थले गलेऽवलम्ब्य लम्बितां भुजंगतुंगमालिकाम्... स्तुतिबाट प्रसन्न भएर भगवान शिवले भन्नुभयो, "रावण, म रिसाएको बेला मात्र नाच्छु, जसकारण संसारले क्रोधमा गरिएको नृत्यलाई ताण्डव नृत्यको रूपमा जान्दछन् । तर आज, यो सुन्दर स्रोत र तपाईंको सुन्दर गायनले मलाई आनन्दले नाच्न मन लाग्यो।"
रावणले रचेको र गाएको यो स्रोतलाई शिव ताण्डव स्रोत भनिन्छ किनभने भगवान शिवको नृत्यलाई ताण्डव भनिन्छ, तर त्यो नृत्य क्रोधमा गरिन्छ। यद्यपि, यस स्रोतमा भगवान आनन्दमा नाच्नुहुन्छ। यसबाट प्रसन्न भएर भगवान शिवले रावणलाई चन्द्रहास नामक तरवार दिनुभयो, जुन हातमा भएसम्म , ती व्यक्तिलाई तिन लोकमा युद्धमा कसैले पनि पराजित गर्न सक्दैनथ्यो ।
रावण को अत्याचार
[सम्पादन गर्नुहोस्]रावण का गुण
[सम्पादन गर्नुहोस्]रावण को अवगुण
[सम्पादन गर्नुहोस्]जैन मत
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ Mani, Vettam (१९७५), Puranic Encyclopaedia: A Comprehensive Dictionary With Special Reference to the Epic and Puranic Literature, Delhi: Motilal Banarsidass, पृ: ३५४, आइएसबिएन 978-0-8426-0822-0।
- ↑ "YouTube", www.youtube.com (ne-NPमा), अन्तिम पहुँच २०२५-०५-२४।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
