सामग्रीमा जानुहोस्

भरत (रामायण)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भरत
भरतले सिंहासनमा रामको पादुका (खराउ) राख्दै।
अयोध्याका राजकुमार भरत।
गान्धार र कम्बोज क्षेत्रका राजा।
आबद्धभगवान विष्णुको पाञ्चजन्य शङ्खको अवतार
धर्मग्रन्थहरूरामायण र यसका अन्य संस्करणहरू
वंशावली
अवतारको जन्मअयोध्या, कोसल (वर्तमान उत्तर प्रदेश, भारत)
अवतारको अन्त्यसरयू नदी, अयोध्या, कोसल
अभिभावकहरू
भाइबहिनीहरू
जीवनसाथीमाण्डवी
सन्तानहरू
वंशरघुवंश - सूर्यवंश

भरत हिन्दु महाकाव्य रामायणमा रामका भाइ र रामको वनवासको समयमा अयोध्याका प्रतिनिधि शासक हुन्। भरतलाई भगवान विष्णुको पाञ्चजन्य शङ्खको अवतार मानिन्छ र उनको विवाह माण्डवीसँग भएको थियो।[]

भरत आफ्ना दाजु रामप्रतिको भक्ति र समर्पणका लागि सम्मानित छन्। उनले आफ्नी आमाको इच्छा विपरित गएर, दाजु राम वनवासमा रहेको बेला अयोध्याको सिंहासन अस्विकार गरेका थिए। भरतले पनि राम, सीता र लक्ष्मण अयोध्या नफर्कुञ्जेल नन्दिग्राममा एक तपस्वीको जस्तै जीवन बिताएका थिए। उनको पूजा मुख्यतया भारतको केरल राज्यमा गरिन्छ।[] उनले गान्धार र कम्बोज क्षेत्रमा शासन गरेका थिए।


पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

जन्म र प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

अयोध्याका राजा दशरथका कौशल्या, कैकेयीसुमित्रा गरि तीज रानीहरू थिए। भरतको जन्म कैकेयीबाट भएको थियो भने रामको जन्म कौशल्याबाट र लक्ष्मण तथा शत्रुघ्नको जन्म सुमित्राबाट भएको थियो।[] रामायणमा उनलाई भगवान विष्णुको पाञ्चजन्य शङ्खको अवतारका रूपमा वर्णन गरिएको छ। लक्ष्मण रामका भक्त थिए भने उनका जुम्ल्याहा भाइ शत्रुघ्न भरतका भक्त थिए।[]

माण्डवीसँगको विवाह

[सम्पादन गर्नुहोस्]
भरत र माण्डवीको विवाह समारोह

रामले सीताको स्वयंवर जितेपछि उनीहरूको विवाह तय हुन्छ। राजा दशरथ छोराको विवाहका लागि मिथिला पुगेका बेला उनले लक्ष्मणको उर्मिलाप्रतिको भावना बुझछन्। तर परम्परा अनुसार लक्ष्मणभन्दा जेठा भएकाले भरतको विवाह पहिले हुनुपर्ने हुन्छ।[] त्यसैले दशरथले भरतको विवाह माण्डवीसँग र शत्रुघ्नको विवाह श्रुतकीर्तिसँग गराइदिन्छन्, जसले गर्दा लक्ष्मणको विवाह उर्मिलासँग हुन सम्भव हुन्छ। अन्ततः चार दिदीबहिनीको विवाह चार दाजुभाइसँग हुन्छ, जसले दुई राज्यबीचको सम्बन्धलाई अझ मजबुत बनाउँछ भरत र माण्डवीका तक्षपुष्कल नामक दुई छोराहरू थिए।[]

राम र शत्रुघ्नका साथमा भरतले पनि सरयू नदीमा डुबेर समाधि (जल-समाधि) लिन्छन्। पछि, उनी पुन: भगवान विष्णुको अंश वा स्वरूपमा विलीन हुन्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Ramayana – Conclusion, translated by Romesh C. Dutt (1899)
  2. Naidu, S. Shankar Raju; Kampar, Tulasīdāsa (१९७१), "A comparative study of Kamba Ramayanam and Tulasi Ramayan", Shank (University of Madras), पृ: 44,148, अन्तिम पहुँच २१ डिसेम्बर २००९
  3. Mani, Vettam (१९७५), Puranic Encyclopaedia: A Comprehensive Dictionary With Special Reference to the Epic and Puranic Literature, Delhi: Motilal Banarsidass, पृ: 448–9, आइएसबिएन 978-0-8426-0822-0
  4. Śrīgargasaṃhitā: Kīrtibhāṣāsārasahitā (संस्कृतमा), Vyāsa Bālābakṣa Śodhasaṃsthāna, २०००।
  5. Praśānta Guptā (१९९८), Vālmīkī Rāmāyaṇa, Dreamland Publications, पृ: 32, आइएसबिएन 9788173012549
  6. Debroy, Bibek (२००५), The History of Puranas (अङ्ग्रेजीमा), Bharatiya Kala Prakashan, आइएसबिएन 978-81-8090-062-4
  7. Dalal, Roshen (१८ अप्रिल २०१४), Hinduism: An Alphabetical Guide (अङ्ग्रेजीमा), Penguin UK, पृ: 285, आइएसबिएन 978-81-8475-277-9

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]