सामग्रीमा जानुहोस्

विभीषण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विभीषण
लङ्काको राजा
चिरञ्जीविको सदस्य
लक्ष्मणद्वारा विभीषणलाई लङ्काको राजाको रूपमा राज्याभिषेक
आबद्धवैष्णव धर्म
पूर्ववर्तीरावण
वासस्थानलङ्का
धर्मग्रन्थहरूरामायण र यसका विभिन्न संस्करणहरू
वंशावली
अभिभावकहरू
भाइबहिनीहरूरावण, कुम्भकर्ण, सूर्पणखा
रानीसरमा
मन्दोदरी
सन्तानहरूतरणिशेन, नील (छोराहरू), सनन्दा, त्रिजटा र अनल्ते (छोरीहरू)
वंशराक्षस

विभीषण[] प्राचीन भारतीय महाकाव्य रामायणमा लङ्काका राजा रावणका कान्छा भाइ र आठ चिरञ्जीविहरू मध्ये एक हुन्।[] स्वयम् एक राक्षस भए तापनि, विभीषणले आफ्नो धर्मका कारण रावणको साथ छोडेर रामको पक्षमा लागेका थिए।[] रामले रावणलाई पराजित गरेपछि, अयोध्या फर्किनु अघि राजकुमार विभीषणलाई लङ्काको राजाको रूपमा राज्याभिषेक गरिदिएका थिए।

विभीषणले (बायाँ) राम र लक्ष्मणलाई पुष्पक विमान देखाउँदै
राम र सीता रामेश्वरममा शिवको पूजा गर्दै, साथमा विभीषण (दायाँ), लक्ष्मण, तुम्बुरुनारद

प्रारम्भिक जीवन र ब्रह्माबाट वरदान

[सम्पादन गर्नुहोस्]

राजकुमार विभीषणलाई महाकाव्यमा धर्मात्मा र शुद्ध हृदयको रूपमा चित्रण गरिएको छ। ब्रह्माबाट वरदान प्राप्त गर्न तपस्या गरेपछि, उनले देवतासँग आफ्नो मन सधैँ धार्मिकताको मार्गमा रहोस् भन्ने मात्र इच्छा राखेका थिए।[] उनको धार्मिकताबाट प्रसन्न भई ब्रह्माले उनलाई अमरताको वरदान दिए।[]

विभीषण राक्षसी कैकसी र ऋषि विश्रवाका कान्छा छोरा थिए। विश्रवा स्वयम् प्रजापतिहरू मध्येका एक ऋषि पुलस्त्यका पुत्र थिए। विभीषण लङ्काका राजा रावणका कान्छा भाइ र कुम्भकर्णका दाजुभाइ थिए। राक्षस कुलमा जन्मेको भए तापनि उनी भक्त र गुणवान् थिए र सधैँ धर्मका मूल्यहरू पालन गर्दथे।

रामको भक्त र लङ्का युद्ध

[सम्पादन गर्नुहोस्]
विभीषणले रामलाई शत्रु सेनाको बारेमा स्पष्ट पार्दै

रावणसँगको मतभेद र सीताको अपहरणको विरोध गरेका कारण उनले लङ्का छोडेका थिए। उनकी आमा कैकसीले उनलाई रामको सेवा गर्न सल्लाह दिइन्, जो त्यस समयमा रावणलाई हराउन र आफ्नी पत्नीलाई फिर्ता ल्याउन सेना भेला गर्दै थिए। फलस्वरूप, उनले रावणको सेनाका रहस्यहरू प्रकट गर्दै ठूलो युद्धमा रामको विजय सुनिश्चित गरेका थिए। रामले विभीषणको निष्ठा स्वीकार गरेर रावणको मृत्युपछि उनलाई लङ्काको राजाका रूपमा राज्याभिषेक गरिदिएका थिए। महाकाव्यका केही संस्करणहरूमा उनले आफ्ना दिवङ्गत दाजुकी रानी मन्दोदरीलाई दोस्रो पत्नीको रूपमा स्वीकार गर्छन्, भने अन्य संस्करणहरूमा उनले आफ्नो राज्याभिषेकको समयमा केवल उनको आशीर्वाद लिन्छन्।[]

लङ्का युद्धमा, लङ्काका रहस्यहरूको बारेमा विभीषणको ज्ञान रामका लागि अमूल्य साबित हुन पुग्यो।[] विभीषणले स्वतन्त्र रूपमा धेरै रहस्यहरू बताएका थिए जुन रामको आक्रमणको सफलताको लागि महत्वपूर्ण बनेको थियो। यसका साथै उनले पुलस्त्य वंशको कुल देवता निकुम्बलाको मन्दिर जाने गोप्य मार्गको खुलासा पगरेका थिए।[] राम र रावण बीचको निर्णायक युद्धमा जब रामले रावणलाई मार्न सकिरहेका थिएनन्, तब उनले रावणको अभेद्यताको रहस्य रामलाई बताएका थिए। उनले रामलाई रावणको नाइटोमा अमृत रहेको र त्यसलाई सुकाउन आवश्यक रहेको जानकारी दिएका थिए। यसै ज्ञानको मद्दतले रामले अन्ततः रावणको वध गर्न सफल भएका थिए।[] उनकी त्रिजटा नामकी छोरी थिइन्।

जब राम आफ्नो शासनको अन्त्यमा अयोध्या छोड्न लाग्दा, उनले आफ्नो वास्तविक विष्णु स्वरूप धारण गरेर विभीषणलाई पृथ्वीमा रहेर मानिसहरूको सेवा गर्न र उनीहरूलाई सत्य र धर्मको मार्गमा डोऱ्याउन आज्ञा दिएका थिए। त्यसैले, विभीषणलाई अमरहरू मध्ये एक, अर्थात् चिरञ्जीवी मानिन्छ।[१०] विष्णुले विभीषणलाई सूर्यवंशको कुल देवता रङ्गनाथको पूजा गर्न पनि आदेश दिएका थिए।[११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. www.wisdomlib.org (२०१२-०६-२४), "Vibhishana, Vibhīṣaṇa, Vibhīṣaṇā: 28 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-२८ 
  2. "Ravana | King Ravana - Viral Sri Lanka", ३ जनवरी २०२०, मूलबाट ४ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ जनवरी २०२०  वेब्याक मेसिन अभिलेखिकरण ४ अगस्ट २०१८ मिति
  3. Buck, William (२०००), Ramayana (अङ्ग्रेजीमा), Motilal Banarsidass Publ., आइएसबिएन 978-81-208-1720-3 
  4. Saraswati, Smt T. N. (२०१९-०३-०२), Vibhishana (अङ्ग्रेजीमा), Bharatha Samskruthi Prakashana, आइएसबिएन 978-93-89020-78-6 
  5. "The Mahabharata, Book 3: Vana Parva: Draupadi-harana Parva: Section CCLXXIII", sacred-texts.com, अन्तिम पहुँच २०२५-०१-१८ 
  6. Shashi, S. S. (१९९८), Encyclopaedia Indica: India, Pakistan, Bangladesh., 21–35, Encyclopaedia Indica, पृ: 222। 
  7. Ranganayakamma, RAMAYANA The Poisonous Tree (अङ्ग्रेजीमा), Sweet Home Publications। 
  8. Maheshwari, Vipul; Maheshwari, Anil (२०२०-१०-१८), Ramayana Revisited: An Epic through a Legal Prism (अङ्ग्रेजीमा), Bloomsbury Publishing, आइएसबिएन 978-93-89351-07-1 
  9. Keshavadas, Sadguru Sant (१९८८), Ramayana at a Glance (अङ्ग्रेजीमा), Motilal Banarsidass Publ., पृ: 200, आइएसबिएन 978-81-208-0545-3 
  10. Ramesh, M. S. (१९९७), 108 Vaishnavite Divya Desams (अङ्ग्रेजीमा), T.T. Devasthanams, पृ: 262। 
  11. Saraswati, Smt T. N. (२ मार्च २०१९), Vibhishana (अङ्ग्रेजीमा), Bharatha Samskruthi Prakashana, आइएसबिएन 978-93-89020-78-6, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]