लव (रामायण)
| अयोध्याका राजा | |
| कोशलका महाराज | |
|---|---|
| पूर्वाधिकारी | राम |
| उत्तराधिकारी | अतिथि |
| जीवनसाथी | सुमति (आनन्द रामायणका अनुसार) |
| वंश | सूर्यवंश |
| बाबु | राम |
| आमा | सीता |
लव र उनका जेठा जुम्ल्याहा दाजु कुश, हिन्दु धर्मग्रन्थहरूका अनुसार राम र सीताका सन्तान हुन्। उनीहरूको कथा हिन्दु महाकाव्य, रामायण र यसका अन्य संस्करणहरूमा वर्णन गरिएको छ।[१] उनको वर्ण उनकी आमा जस्तै श्वेत-सुनौलो थियो, भने कुशको वर्ण उनका पिता जस्तै श्याम भएको बताइन्छ।
जन्म र बाल्यकाल
[सम्पादन गर्नुहोस्]

रामायणको पहिलो अध्याय, बालकाण्ड मा वाल्मीकिले आफ्ना शिष्यहरू लव र कुशलाई रामायण सुनाएको उल्लेख छ। तर उनीहरूको जन्म र बाल्यकालको कथा अन्तिम अध्याय उत्तरकाण्डमा उल्लेख गरिएको छ, जसलाई वाल्मीकिको मौलिक कृति मानिँदैन।[२][३] पौराणिक कथा अनुसार, सीताले आफ्नो पवित्रताका बारेमा राज्यका मानिसहरूको कुरा सुनेपछि आफूलाई राज्यबाट निर्वासित गर्छिन् र उनले स्वयं निर्वासन रोज्दै तमसा नदीको किनारमा रहेको वाल्मीकिको आश्रममा शरण लिन्छिन्।[४] लव र कुशको जन्म सोही आश्रममा हुन्छ भने उनीहरूले ऋषि वाल्मीकिको रेखदेखमा शिक्षा र सैनिक कौशलको प्रशिक्षण प्राप्त गर्छन्। यसै समयमा उनीहरूले रामको कथा पनि सिक्छन्।

ऋषि वाल्मीकि, लव र कुश तथा भेष बदलेकी सीता रामद्वारा आयोजित अश्वमेध यज्ञमा सहभागी हुन्छन्।
महाकाव्यका केही संस्करणहरूमा, लव र कुशले राम र विशाल जनसमूहको उपस्थितिमा रामायण वाचन गरेका थिए। लव र कुशले सीताको निर्वासनको बारेमा सुनाउँदा, राम अत्यन्तै दुखी बन्न पुग्छन् र वाल्मीकिले सीतालाई उपस्थित गराई उनको निर्दोषताको प्रमाण दिन्छन्। सीताले लव र कुश आफ्ना छोरा भएको र आफ्नो पतिप्रतिको निष्ठा घोषणा गर्छिन्। रामले उनीसँग पुनर्मिलन गर्ने इच्छा व्यक्त गरेपछि, सीताले आफ्नी माता पृथ्वी (भूमि) लाई आफूलाई ग्रहण गर्न पुकार्दै जमिन फाटेपछि उनी त्यसमा विलीन हुन्छिन्। आफ्नी पत्नीको विछोडमा विलाप गर्दै गर्दा रामले आफ्ना छोराहरूलाई स्वीकार्दै उनीहरूको साथ रोज्छन्।[५]
केही संस्करणहरूमा भने, लव र कुशले यज्ञको घोडा समात्छन् र रामका भाइहरू (लक्ष्मण, भरत र शत्रुघ्न) र उनीहरूको सेनालाई पराजित गर्छन्। जब राम उनीहरूसँग युद्ध गर्न आउँछन्, सीताले हस्तक्षेप गरी पिता र छोराहरूलाई मिलाउँछिन्।
पछिल्लो जीवन
[सम्पादन गर्नुहोस्]आफ्ना पिता रामले क्रमशः लवपुरी र कसुर सहरहरूको स्थापना गरेपछि लव र कुश शासक बनेका थिए। कोशलका राजा राघव रामले आफ्ना छोरा लवलाई श्रावस्ती र कुशलाई कुशावतीमा स्थापित गरेका थिए।[६]
आनन्द रामायणका अनुसार, लवकी सुमति नामकी पत्नी थिइन्,[७] र सो दम्पतीले लवपुरी सहर र श्रावस्ती राज्यमा शासन गरेका थिए।
लोकप्रिय संस्कृतिमा
[सम्पादन गर्नुहोस्]लवलाई लवपुरी[८] (आधुनिक समयको लाहोर सहर) स्थापना गरेको मानिन्छ,[९] जुन सहरको नाम उनकै नामबाट राखिएको थियो।[१०]
लाहोरको शाही किल्ला भित्र लव (वा लोह) सँग सम्बन्धित एउटा हिन्दु मन्दिर रहेको छ।[११]
रामायण महाकाव्यमा उल्लेख भए अनुसार लवपुरी कोशल राज्यको एउटा सहर थियो। कोशलका राजा रामले आफ्ना छोरा लवलाई लवपुरी श्रावस्तीमा स्थापित गरेका थिए र उनलाई लव मन्दिर नामक मन्दिरमा पूजा गरिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Chandra Mauli Mani (२००९), Memorable Characters from the Rāmāyaṇa and the Mahābhārata, Northern Book Centre, पृ: 77–, आइएसबिएन 978-81-7211-257-8।
- ↑ "Uttara Kanda of Ramayana was edited during 5th century BCE - Puranas", BooksFact - Ancient Knowledge & Wisdom (en-USमा), २०२०-०४-२६, अन्तिम पहुँच २०२०-०७-०७।
- ↑ Rao, T. S. Sha ma; Litent (२०१४-०१-०१), Lava Kusha (अङ्ग्रेजीमा), Litent।
- ↑ Vishvanath Limaye (१९८४), Historic Rama of Valmiki, Gyan Ganga Prakashan।
- ↑ Valmiki, The Ramayana, पृ: 615–617।
- ↑ Nadiem, Ihsan N (२००५), Punjab: land, history, people, Al-Faisal Nashran, पृ: १११, आइएसबिएन 9789695034347, अन्तिम पहुँच २००९-०५-२९।
- ↑ Ānanda Rāmāyaṇa: Sāra-kāṇḍa, Yātra-kāṇḍa, Yāga-kāṇḍa, Vilāsa-kāṇḍa, Janma-kāṇḍa, Vivāha-kāṇḍa (अङ्ग्रेजीमा), Parimal Publications, २००६, पृ: 425, आइएसबिएन 978-81-7110-283-9।
- ↑ Bombay Historical Society (१९४६), Annual bibliography of Indian history and Indology, Volume 4, पृ: २५७।
- ↑ Baqir, Muhammad (१९८५), Lahore, past and present, B.R. Pub. Corp, पृ: 19–20, अन्तिम पहुँच २००९-०५-२९।
- ↑ Masudul Hasan (१९७८), Guide to Lahore, Ferozsons।
- ↑ Ahmed, Shoaib. "Lahore Fort dungeons to re-open after more than a century." Daily Times. 3 November 2004.