राक्षस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
हिन्दू धर्मको प्रशिद्ध राक्षस, रावण

राक्षसहरु (अङ्ग्रेजी: Rakshasa) पनि मानवेतर प्राणी हुन् । यिनलाई मुख्यतः आसुरी सम्पदा प्रधान भनिन्छ । हिन्दू धर्ममा राक्षस जस्तो चीजको कुनै अस्तित्व छैन, किनकी संसारमा पाप र दुःख मानव आफै आफ्नो कर्म र आफ्नो अज्ञानद्वारा उत्पन्न गर्दछ । ईसाई, इस्लाम र यहूदी धर्मको अनुसार राक्षस (सैतान) पहिले ईश्वरको एक राम्रो साथी थियो, जसले ईश्वरसँग बेइमानी गर्यो र यसको बदलामा ईश्वरले उसलाई स्वर्गबाट निकाली दिएका थिए। राक्षस पृथ्वीमा मानवहरूलाई पापको लागी उक्साउँछ अथवा उत्साहित गर्छ । धेरैले राक्षलाई नरकको राजा हो भन्ने मानेका हुन्छन्। राक्षस शब्द अन्य दुष्ट भूत-प्रेत र दुष्ट देवताहरूको लागि पनि प्रयुक्त हुन्छ । राक्षसी धर्ममा राक्षसको पूजा गरिन्छ । राक्षस भन्नाले भयंकर डर लाग्दो र क्रुर व्याक्ती भन्ने बुझिन्छ । हुनत पौराणिक कथाहरूमा राक्षसहरूको वर्णन गरिएको पाइन्छ तर यो कुरा विज्ञानले सावित गरेको छैन।

परिचय[सम्पादन गर्ने]

बाइबलमा यस शब्दको अर्थमा क्रमिक विकास भएको हो । इब्रानी पूर्वार्धमा यसको अर्थ हो - अभियोक्ता, विरोधी, आक्रामक । प्रारम्भमा यसको प्रयोग कुनै पनि मानवीय विरोधीको लागी भएको हो । इय्योब नामक काव्यग्रन्थमा राक्षस एक पारलौकिक सत्व हो यो ईश्वरको दरबारमा इय्योबमा पाखण्डके आरोप लगाउँछ । यहूदिहरूको निर्वासनकालपछी (छैठौं शताब्दी ई. पू.) राक्षस एक पतित देवदूत हो जो मनुष्यलाई पाप कर्म गर्नको लागी प्रलोभन दिन्छ । बाइबलको उत्तरार्धमा राक्षस खराबीको समष्टिगत अथवा व्यक्तिगत सत्ताको नाम हो । उसलाई पतित देवदूत, ईश्वरको विरोधी, दुष्ट, प्राचीन सर्प, परदार नाग (ड्रैगन), गर्जने सिंह, इहलोकको नायक आदि भनिएको छ । जहाँ मसीह अथवा उनको शिष्य जान्छ, वहाँ राक्षस अधिक सक्रिय बन्छ किनकी मसीह उसलाई पराजित गर्दछन् र उसको प्रभुत्व मेटी दिन्छन् । किंतु मसीहको त्यो विजय संसारको अन्तमा पूर्ण हुन पाउँछ । यत्तीमा राक्षसलाई मसीह र उसलाई मुक्तिविधानको विरोध गर्नेलाई छुटाइन्छ । दुष्ट मनुष्य स्वेच्छाबाट राक्षेसको सहायता गर्दछन् । संसारको अन्तमा जोख्रिस्त विरोधी (ऐंटी क्राइस्ट) प्रकट हुन्छ त्यो राक्षसको कठपुतली नै हो । त्यसबेला राक्षसको विरोध अत्यन्त सक्रिय रूप धारण गर्दछ किंतु अन्तमा त्यो सधैंकोलागी नर्कमा हालिन्छ । ईसामा आफ्नो विश्वासको कारण ईसाई राक्षसको सफलतापूर्वक विरोध गर्नमा समर्थ बुझिन्छ ।

बाइबलको उत्तरार्ध तथा चर्चको शिक्षाको अनुसार राक्षस प्रतीकात्मक शैलीको कल्पना मात्र होइन; पतित देवदूतहरूको अस्तित्व असंदिग्ध छ । अर्को तिर निश्चित रूपले ईश्वरद्वारा एक सृष्ट सत्व मात्र हो जो ईश्वरको मुक्तिविधानको विरोध गर्दा जसरी भए पनि तरिकाले ईश्वरको समकक्षमा नहीं राख्न सकिदैन ।

हिन्दू धार्मीक ग्रंथहरू जस्तै महाभारत, रामायण आदी ग्रन्थमा राक्षसहरूको वर्णन गरेको पाइन्छ । यि ग्रन्थहरूमा संस्कृतमा राक्षसलाई असुर अथवा दैत्य भनेर पनि वर्णन गरेको पाइन्छ । हिन्दू धर्ममा राक्षस (असुर) र देवता (सुर) कस्यप ऋषिका संतान भनेर भनिएको छ । कस्यप ऋषिका दुईवटी पत्नीमा दिती नामकी पत्नीपट्टीका संतानहरू राक्षस थिए भने अदिती नामकी पत्नीका सन्तानहरू देवता भएका हुन्छ भन्ने लेखिएको छ । राक्षसहरू पनि देवता जस्तै आकाशमा उड्ने, पानी भित्र लुकेर बस्न सक्ने, इछ्छित रुप धारण गर्न सक्ने, आदी देवताको जस्तै शक्ती भएका हुन्छन् । त्यसैले राक्षस र देवता भन्ने एकै साखा सन्तानका हुन् यिनीहरूको शक्ती पनि एकै प्रकारको छ । फरक यतीमात्र छ देवता र राक्षसमा देखिने गुण, दोष, व्यवहार, आदी । [१]

राक्षस र देवतामा फरक[सम्पादन गर्ने]

हिन्दू धर्म लगायत सबै धर्मावलम्बीहरूले फरक फरक नाम दिएता पनि राक्षसलाई नराम्रो दृष्टीले हेर्दछन् भने । राक्षसी धर्ममा राक्षसको पूजा गर्नहरूले पनि राक्षसलाई खुसी पारेर फल प्राफ्त गर्नको लागी नभएर राक्षसबाट हुने बाह्य प्रकोपबाट बच्नकोलागी पूजा गरेको पाइएको छ । हुनत राक्षस र देवता कुनै अलग संसारका प्राणी होइनन् । राक्षस र देवता भन्ने मानवहरूको स्वभावमा पर्ने फरकताबाट छुट्टयाउन सकिन्छ । सबैसँग नराम्रो व्यवहार गर्ने, समाजमा उछ्रिङकल उत्पात र आतंक मचाउने, बढी पाप कर्म गर्ने, यदी धार्मीक कर्म गरे पनि स्वार्थकोलागी गर्ने, मांश मदिरा जस्ता असन्तुलीत भोजन गर्ने आदी व्यववहारहरू राक्षसी गुण भएको मान्छेमा पाईन्छन् भने देवतामा यसको ठिक उल्टो गुणहरू पाइन्छन्

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. महाभारत

बाहिरी कडीहरू[सम्पादन गर्ने]