बाइबल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
युरोपको पहिले छापिएका किताबमध्ये यो बाइबल हो ।

बाइबल इसाईहरूको पवित्र किताब हो । धर्मशास्त्रलाई धेरै इसाईहरू यसमा भगवानका पवित्र शब्दहरू रहेको मान्दछन् ।

बाइबलका धेरै नामहरू छन्; कोही पवित्र लेख भन्दछन्, कोही राम्रो किताब मात्र पनि भन्दछन् । यो धेरै बर्ष पहिले हिब्रु, एरमेइक र ग्रीक भाषामा लेखिएको हो । पछि यो अन्य भाषामा पनि अनुवाद गरियो । अहिले यो २००० भन्दा पनि बढी भाषाहरूमा अनुबाद भइसकेको छ ।

पहिले इसाई धर्मशास्त्रलाई पवित्र पुस्तक (ग्रिक भाषामा τὰ βιβλία τὰ ἅγια ता बिब्लिया ता हागिया) भनिन्थ्यो । अनुबाद नगरीकन बिब्लिया भन्ने शब्द अङ्ग्रेजीमा पस्यो । उच्चारणको परिवर्तन भएर, बाइबल भयो । अङ्ग्रेजीबाट नेपालीमा पस्यो ।

वास्तवमा बाइबल धेरै किताबहरूको समिश्रणबाट बनेको छ । यसको पहिलो भागलाई पुरानो नियम भनिन्छ । यसमा चहीं जम्मा ३९ किताबहरूको समिश्रण गरिएको छ, जसले इजरायलीहरूलाई कसरी भगवानले "आफ्ना मान्छेहरू " भनेर भने - भन्ने बारेमा लेखिएको छ । यहुदीहरू पनि यसलाई धर्मशस्त्र मान्दछन् ।

यसको दोस्रो भागलाई नयाँ नियम भनिन्छ । यो २७ किताबहरूको संग्रह हो, जसमध्ये प्रायजसो पहिले पहिले ग्रीक भाषामा लेखिएका थिए । यो किताबको मुख्य भागमा यशुको जीवनको वारेमा लेखिएको छ । यसमा सुसमाचार नाम भएका चार भागहरू छन् । नयाँ नियममा पुराना इसाईहरूले लेखेका चिट्ठीहरू पनि छन्, प्रायजसो पावलद्वारा लेखीएका चिट्ठीहरू छन् ।

बाइबलमा धेरै थरीका किताबहरू छन् । कुनैमा यशुका इतिहास, कुनैमा यशु र यहुदीहरूमा कथाहरू छन् । कुनैमा विद्धानहरूका भनाइहरू छन् । कुनैमा भगवानले आफ्ना मान्छेहरूलाई गर्न भनेका कुराहरू छन् । कुनैमा भगवानको गुनगान भएका भजनहरू छन् । कुनै आकाशवाणीका किताबहरू छन्, जसमा भगवानले आफ्ना छानिएका मान्छेलाई दिएका सन्देशहरू छन् ।

इतिहास[सम्पादन गर्ने]

इसाई बाइबल विद्वानहरूले बाइबलको विश्वस्तता देखाउनलाई बाइबलका पाण्डुलिपिहरूको “सप्रमाणताको जाँच” लाई प्रमुख आधारशिलाको रूपमा औंल्याउने गरेका छन् । सप्रमाणताको जाँच (Authenticity Test) अनुसार कुनै लेखोटको सकलीपन, मूल हस्तलिखित गुरुकापीबाट उतारिएका प्रतिलिपिहरूको संख्या, मूल गुरुकापी तथा प्रतिलिपिहरूका बीचको समयावधि र प्रतिलिपिहरूका बीचको असङ्गतिको परिमाणको आधारमा निर्धारण गरिन्छ । यस जाँचअनुसार दौंतरी लेखोटहरूको तुलनामा बाइबलको नयाँ नियम सबभन्दा सकली लेखोट ठहर्दछ । हालसम्म नयाँ नियमका २०,००० हस्तलिखित प्रतिलिपिहरू अस्तित्वमा रहेका छन् भने पाण्डुलिपि संख्यामा नयाँ नियमपछि दोस्रो स्थान ओगट्ने होमरको इलियदको मात्र ६४३ प्रतिलिपिहरू छन् । अझ, नयाँ नियम पाण्डुलिपिहरूमध्ये सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचना गरिएको समयको अत्यन्तै नजिकका छन् । साथै पाण्डुलिपिहरूबीच मात्र २% भिन्नता रहेको पाइन्छ जुनचाहिँ अधिकांशरूपमा हिज्जे र बिराम चिन्ह (punctuation) जस्ता सामान्य कुरामा सीमित छन्! पाण्डुलिपिहरूबीचको कुनै पनि अन्तरले इसाई विश्वासको एउटै पनि आधारभूत बुँदालाई फेरफार गर्दैन । यसैकारण ब्रिटिश म्युजियम (सङ्ग्रहालय) का भूतपूर्व निर्देशक तथा नयाँ नियम लेखोटका विद्वान, सर फ्रेडरिक जी केन्यनले यसरी भनेका छन्:

मौलिक रचना र त्यसको सबभन्दा पुरानो प्रमाणका मितिहरूबीचको समयावधि यति सानो छ कि त्यो वास्तवमै नगण्य छ जसको कारण पवित्र शास्त्र हामीकहाँ दुरुस्तै आइपुगेको छ भन्ने तथ्यमाथि उठ्न सक्ने शंकाको रहलपहल अंश समेत अब हटिसकेको छ । नयाँ नियमका पुस्तकहरूको सप्रमाणता र साँचोपना (integrity) दुवै अपरिवर्तनीयरूपमा स्थापित भएको मान्न सकिन्छ ।

तसर्थ, सप्रमाणताको जाँचले बाइबलको नयाँ नियमलाई प्राचीन उत्कृष्ट साहित्यमा सबभन्दा विश्वसनीय लेखोटको रूपमा रहेको प्रमाण दिन्छ! तर अन्य प्रतिष्ठित साहित्यको पाण्डुलिपिहरूलाई हेर्दा उल्लेखनीय अन्तर पाउँदछौं । उदाहरणको लागि, ट्यासीटसको एनल्स (Tacitus’s Annals) को सबभन्दा पुरानो प्रतिलिप त्यसको मौलिक रचनाभन्दा १,००० वर्ष पछिको छ अनि जम्मा प्रतिलिपिहरू संख्यामा आज २० ओटा मात्र छन् । त्यस्तै गरी सुटोनीयसको द ट्वेल्भ सिजर्स (Suetonius’s The Twelve Ceasars) को सबभन्दा पुरानो प्रतिलिपि त्यसको मौलिक रचनाभन्दा ८०० वर्ष पछिको छ अनि प्रतिलिपिहरू संख्यामा जम्मा ८ ओटा मात्र छन् । तुलनामा नयाँ नियमका सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचनाको ५० वर्षभित्रै लेखिए अनि पाण्डुलिपिहरूको जम्मा संख्या आज झण्डै २४,००० पुगिसकेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]