सामग्रीमा जानुहोस्

लक्ष्मण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लक्ष्मण
श्रीवैकुण्ठनाथ पेरुमल मन्दिरमा रहेको लक्ष्मणको मूर्ति
आबद्धशेषनागको अवतार
वासस्थानअयोध्या, वैकुण्ठ, क्षीर सागर
अस्त्रधनुष-वाण, छुरी
वंशावली
अवतारको जन्मअयोध्या, कोसल (वर्तमान उत्तर प्रदेश, भारत)
अवतारको अन्त्यसरयू नदी, अयोध्या, कोसल
अभिभावकहरू
भाइबहिनीहरूशत्रुघ्न (भाइ), राम (सौतेनी दाजु), भरत (सौतेनी दाजु)
जीवनसाथीउर्मिला
सन्तानहरूअङ्गद, चन्द्रकेतु
वंशरघुवंश - सूर्यवंश

लक्ष्मण जसलाई लखन, सौमित्ररामानुज नामले पनि चिनिन्छ, हिन्दु महाकाव्य रामायणमा रामका कान्छा भाइ हुन्। उनलाई नागहरूका राजा शेषनागको अवतार मानिन्छ।[] लक्ष्मणको विवाह उर्मिलासँग भएको थियो र उनी रामप्रतिको आफ्नो निष्ठा र समर्पणका लागि प्रसिद्ध छन्।[][]

लक्ष्मणको जन्म अयोध्याका राजा दशरथ र रानी सुमित्राको कोखबाट भएको थियो। शत्रुघ्न उनका जुम्ल्याहा भाइ हुन्। रामले सीतासँगको स्वयंवरमा विवाह गरेपछि लक्ष्मणको विवाह उर्मिलासँग भएको थियो। लक्ष्मणले बाल्यकालदेखि नै आफूलाई रामको सेवामा समर्पित गरेका थिए र चौध वर्षको वनवासको समयमा राम र सीताको सेवा गर्दै उनीहरूसँगै गएका थिए। उनले रावणविरुद्धको युद्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै मेघनादको वध गरेका थिए। हिन्दु धर्ममा लक्ष्मणलाई भारत र नेपालका विभिन्न स्थानहरूमा राम र सीतासँगै पूजा गरिन्छ।[]

जन्म र प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]
दशरथका चार पुत्रहरूको जन्म

अयोध्याका राजा दशरथका कौशल्या, सुमित्राकैकेयीगरि तीन रानीहरू थिए। पुत्र प्राप्तिका लागि उनले अश्वमेध यज्ञ गर्छन् र त्यसको फलस्वरूप उनका रानीहरू गर्भवती हुन्छन्।[] सुमित्राबाट लक्ष्मण र उनका भाइ शत्रुघ्नको जन्म हुन्छ भने कौशल्या र कैकेयीबाट क्रमशः रामभरतको जन्म हुन्छ।[]

पुराणहरूमा लक्ष्मणलाई शेषनागको अवतारको रूपमा वर्णन गरिएको छ,[] जो हजार टाउको भएका नाग हुन् र जसमाथि भगवान विष्णु निवास गर्छन्। रामलाई विष्णुको अवतार मानिन्छ।[] जब ऋषि विश्वामित्रले रामलाई वनमा राक्षसहरूको वध गर्न आग्रह गरेका कारण लक्ष्मण पनि उनीहरूसँगै जान्छन् र उनीहरूसँगै मिथिला पुग्छन्। विश्वामित्रले उनीहरूलाई 'बला' र 'अतिबला' जस्ता दिव्य अस्त्रहरूको ज्ञानका साथै धर्मको शिक्षा दिन्छन् र ताड्का, मारीचसुबाहु जस्ता शक्तिशाली राक्षसहरूलाई मार्न मार्गदर्शन गर्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Agarwal, Shubhi (२० अप्रिल २०२२), LakshmiLa : The Eternal Love Story, Om Books International, आइएसबिएन 978-93-92834-21-9
  2. www.wisdomlib.org (२०१२-०६-२९), "Lakshmana, Lakṣmaṇa, Lakṣmaṇā: 34 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-२३
  3. MacFie, J. M. (१ मे २००४), The Ramayan Of Tulsidas Or The Bible Of Northern India, Kessinger Publishing, आइएसबिएन 978-1-4179-1498-2
  4. Moor, Edward (१८१०), The Hindu Pantheon (अङ्ग्रेजीमा), J. Johnson, पृ: 316।
  5. "The Ramayana in Sanskrit: Book 1: Chapter 15"
  6. Mani, Vettam (१९७५), Puranic Encyclopaedia: A Comprehensive Dictionary With Special Reference to the Epic and Puranic Literature, Delhi: Motilal Banarsidass, पृ: 448–9, आइएसबिएन 978-0-8426-0822-0
  7. Śrīgargasaṃhitā: Kīrtibhāṣāsārasahitā (संस्कृतमा), Vyāsa Bālābakṣa Śodhasaṃsthāna, २०००।
  8. aravamudan, krishnan (२०१४-०९-२२), Pure Gems of Ramayanam (अङ्ग्रेजीमा), PartridgeIndia, आइएसबिएन 978-1-4828-3720-9
  9. "Rama and Lakshmana Slay the mighty tataka", The New Indian Express, मूलबाट ५ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०९-०५ अभिलेखिकरण २०२०-०८-०५ वेब्याक मेसिन

बाह्य कडीह्यरू

[सम्पादन गर्नुहोस्]