मन्दोदरी
| मन्दोदरी | |
|---|---|
| पञ्चकन्याको सदस्य | |
राजा रवि वर्माले बनाएको मन्दोदरीको चित्र | |
| आबद्ध | राक्षसी पञ्चकन्या |
| वासस्थान | लङ्का |
| धर्मग्रन्थ | रामायण र यसका संस्करणहरू |
| वंशावली | |
| अभिभावकहरू | |
| भाइबहिनीहरू | मायावी, दुन्दुभी र व्योमासुर (दाजुभाइहरू) |
| रानी | रावण, र पछि विभीषण |
| सन्तानहरू | सीता, मेघनाद, अहिरावण, अतिकाय, अक्षयकुमार (छोराहरू) |
मन्दोदरी[१] हिन्दु महाकाव्य रामायणका अनुसार लङ्काका राजा रावणकी रानी थिइन्। रामायणले उनलाई सुन्दर, धर्मी र न्यायप्रिय महिलाको रूपमा वर्णन गरेको छ। उनलाई पञ्चकन्या मध्ये एकको रूपमा सम्मान गरिन्छ, जसको नाम जप गर्दा पाप नाश हुने विश्वास गरिन्छ।
मन्दोदरी असुरहरूका राजा मयासुर र अप्सरा हेमाकी छोरी थिइन्। उनले रावणसँग विवाह गरेकी थिइन् र उनका मेघनाद, अहिरावण, अतिकाय र अक्षयकुमार गरि चार छोराहरू थिए। आफ्ना पतिको दोषहरू भए तापनि, मन्दोदरीले उनलाई माया गर्थिन् र सधैँ धर्मको मार्ग अपनाउन सल्लाह दिन्थीन्। उनले पटक-पटक रावणलाई सीतालाई रामकहाँ फिर्ता गर्न आग्रह गर्छन्, तर रावणले उनको सल्लाहलाई बेवास्ता गर्छन्। रामायणमा रावणप्रतिको उनको प्रेम र निष्ठाको प्रशंसा गरिएको छ।
रामायणको एक संस्करण अनुसार, हनुमानले उनलाई छल गरेर त्यो जादुमयी वाणको स्थान पत्ता लगाउन लगाएका थिए, जसको प्रयोग गरेर रामले रावणको वध गरेका थिए। रामायणका धेरै संस्करणहरूमा यो पनि उल्लेख गरिएको छ कि रावणको मृत्युपछि, रावणका भाइ विभीषण (जो रामको पक्षमा थिए) ले मन्दोदरीकै सल्लाहमा कार्यहरू गरेका थिए।
जन्म र प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]रामायण को उत्तर काण्ड मा उल्लेख भए अनुसार मयासुरले स्वर्गको भ्रमण गरेका थिए, जहाँ देवताहरूले उनलाई अप्सरा हेमा प्रदान गरेका थिए। तिनीहरूका दुई छोराहरू मायावी र दुन्दुभी, र एक छोरी मन्दोदरी थिइन्। पछि, हेमा स्वर्ग फर्किएपछि मन्दोदरी र उनका दाजुभाइहरू बुबासँगै बसेका थिए।[२]
मन्दोदरीको जन्मका सम्बन्धमा विभिन्न विवरणहरू पाइन्छन्। तेलुगु ग्रन्थ उत्तर रामायण अनुसार मयासुरको विवाह हेमासँग हुन्छ। तिनीहरूका दुई छोराहरू थिए, तर छोरीको इच्छाले तिनीहरूले भगवान शिवको तपस्या गर्न थाल्छन्। यसैबीच, मधुरा नामकी एक अप्सरा शिवको दर्शन गर्न कैलाश पर्वत पुग्छिन्। पार्वतीको अनुपस्थितिमा शिव र मधुराबीच सम्बन्ध कायम हुन्छ। पार्वती फर्किएपछि शिवको शरीरको खरानी मधुराको स्तनमा देखेपछि क्रुद्ध भई मधुरालाई बाह्र वर्षसम्म इनारमा भ्यागुता भएर बस्न सराप दिइन्छ। शिवले मधुरालाई बाह्र वर्षपछि उनी पुनः सुन्दरी बन्ने र एक पराक्रमी पुरुषसँग विवाह हुने सान्त्वना दिन्छन्। बाह्र वर्षपछि, मधुरा पुनः सुन्दरी भई इनारबाट ठूलो स्वरले रुन्छिन्। नजिकै तपस्या गरिरहेका मयासुर र हेमाले उनलाई भेट्टाउँछन् र मन्दोदरीको रूपमा धर्मपुत्री बनाउछन्।[३] यस संस्करणमा, रावणका छोरा मेघनाद मन्दोदरीको शरीरमा रहेको शिवको अंशबाट जन्मिएको मानिन्छ।

सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Rāmopākhyāna: the story of Rāma in the Mahābhārata p.429
- ↑ Manmathnath Dutt (१८९१), Ramayana - Uttara Kanda।
- ↑ George Williams (2008) [2003], A Handbook of Hindu Mythology, Oxford University Press, ISBN 978-0195332612, pages 208-9
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
मन्दोदरीसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
विकिकथनमा मन्दोदरी सम्बन्धित भनाइहरू रहेका छन्
